Tag Archives: ह्वावे

स्पेनको रक्षा मन्त्रालयद्धारा ह्वावेका डिभाइस प्रयोगमा प्रतिबन्ध, सर्भर सिस्टम पहुँचमा रोक लगायो

काठमाडौं । अमेरिकी प्रतिबन्धमा परेको चिनियाँ टेलिकम्यूनिकेसन कम्पनी ह्वावे थप समस्यामा परेको छ । ह्वावेका उत्पादनहरु अब स्पेनमा पनि प्रतिबन्धमा पर्ने भएका हुन् । अमेरिका र चीनबिचको व्यापार युद्धको बिचमा चेपिएको जायन्ट कम्पनी ह्वावेलाई अब स्पेनको डिफेन्स मिनिस्ट्रिले पनि प्रतिबन्ध लगाएको हो । अमेरिकाको जस्तै स्पेनले पनि उस्त कारण देखाउँदै ह्वावेलाई आफ्ना सिस्टममा प्रयोग हुने उपकरणहरुमा प्रयोगमा रोक लगाएको हो ...

Read More »

ह्वावेले आफ्नै म्यापिंग सर्भिस विकास गर्दै, गूगलको म्यापिंग सर्भिसलाई चुनौती हुनसक्ने

काठमाडौं ।ह्वावेले आफ्नै म्यापिंग सर्भिस विकास गरिरहेको छ । कम्पनीले सफ्टवेयर डेभलपर्सकालागि भनेर नेभिगेसन वा राइड हेलिंग सर्भिसहरुले प्रयोग गर्न सक्नेगरि सो म्यापिंग सर्भिस विकास गरिरहेको हो । चाइना डेलीकाअनुसार ह्वावेका अधिकारीकाले सो म्यापिंग सर्भिस जसलाई म्याप किट पनि भनिन्छ, डेभलपर्सलाई स्ट्रीट नेभिगेसन सिस्टममा उनीहरुलाई प्रयोग गर्न वा उनीहरुले बनाएको एप्समा यूजर्सको रियल टाइम ट्राफिकको अवस्था देखाउनका लागि उपलब्ध गराईने ...

Read More »

ह्वावेले सिक्सजी टेक्नोलोजी विकास गर्न अनुसन्धान शुरु गर्यो, सन् २०३० पछि मात्र आउनसक्ने

काठमाडौं । विश्वभर नयाँ आउने मुख्य प्रविधिहरुको लागि लामो अनुसन्धान र विकास गर्ने गरिन्छ र त्यसपछि मात्र त्यसलाई बजारमा ल्याउने गरिन्छ । हाल विश्वभर नयाँ पुस्ताको ५जी टेक्नोलोजी भर्खर शुरुवात भईरहेको छ । तर कम्पनीहरुले भने त्यो भन्दा अगाडिको बारेमा सोच्न थालेका छन् । हालै ह्वावेले क्यानाडाको ओटावामा रहेको ल्याबमा सिक्सजी नेटवर्क टेक्नोलोजीको बारेमा अनुसन्धान तथा विकास गर्न शुरु गरेको ...

Read More »

ह्वावे वाई सेभेन२०१९ नेपाली बजारमा, मूल्य १९ हजार ९ सय ९० रुपैयाँ

काठमाडौं । ह्वावे कम्पनीको वाई सेभेन २०१९ अब नेपाली बजारमा उपलब्ध भएको छ । वाई सिरिज अन्तर्गतको पछिल्लो स्मार्टफोन ह्वावे वाई सेभेन २०१९ पनि सबैपक्षमा सर्वोत्कृष्ट स्मार्टफोन मानिएको कम्पनीको भनाई छ । यो स्मार्टफोन तीनवटा रंगहरूमा उपलब्ध छ-ओरोरा ब्लू, मिडनाइट ब्ल्याक र कोरल रेड । नेपाली बजारमा ह्वावेको वाई सेभेन २०१९ को मूल्य कम्पनीले १९ हजार ९ सय ९० रुपैयाँ ...

Read More »

ह्वावे विरुद्ध अमेरिकाले लगायो आपराधिक मुद्धा, व्यवसायीक योजना चोरेको आरोप

काठमाडौं । चिनियाँ टेलिकम्यूनिकेसन कम्पनी ह्वावेलाई अमेरिकी न्याय मन्त्रालयले अपराधिक मुद्धा लगाएको छ । अमेरिकाले चिनियाँ मोबाइल जायन्ट ह्वावेलाई व्यवसायीक सूचना चोरी गरेको आरोपसहित अपराधिक मुद्धा लगाएको हो । यसअघि पटक पटक यो बारेमा अमेरिकामा अनुसन्धान हुँदै आएको रिपोर्टहरु बाहिर आएका थिए । अमेरिकी न्याय मन्त्रालयले सोमबार ह्वावेको विरुद्ध दुई मुद्धाहरु दायर गर्दै टी मोबाइलको व्यापारीक सूचना चोरी गरेको आरोप ...

Read More »

ह्वावेकी सीएफओ मेङ पक्राउ प्रकरणमा चीनका लागि क्यानाडेली राजदूत बर्खास्त

काठमाडौं । चिनियाँ टेलिकम्यूनिकेसन कम्पनी ह्वावेकी प्रमुख आर्थिक अधिकृत (सीएफओ) मेङ वानजाउको पक्राउ प्रकरणमा चीनका लागि क्यानाडेली राजदूतलाई सरकारले बर्खास्त गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनका लागि राजदूत रहेका जोन म्याककलमलाई शुक्रबार बर्खास्त गरेका हुन्। ट्रुडोले विज्ञप्ति जारी गर्दै म्याककलमलाई बर्खास्त गरिएको जानकारी दिएका छन् तर स्पष्ट कारण खुलाएका छैनन्। राजदूत म्याककलमले जनवरी २४ मा चिनियाँ मिडियाहरुसँग कुरा ...

Read More »

भोडाफोनको कोर नेटवर्कहरुमा ह्वावेका उपकरण प्रयोग रोकियो

काठमाडौं । विश्वको दोस्रो ठूलो मोबाइल अपरेटर कम्पनी भोडाफोनले ह्वावेलाई रोकेको छ । भोडाफोनले शुक्रबार ह्वावेको उपकरणहरु आफ्नो यूरोपको कोर नेटवर्कहरुमा प्रयोगका लागि हालका लागि स्थगित गरेको छ । यसको कारणमा चिनियाँ टेलिकम कम्पनी ह्वावेको वरिपरि रहेको राजनीतिक अनिश्चितता रहेको छ । यो ह्वावेको लागि पछिल्लो चेतावनी हो, जसले बिगत केहि दिनदेखि विभिन्न देशका सरकारहरुबाट त्यसका प्रविधिहरुमार्फत चीनले गुप्तचरी गरिरहेको ...

Read More »

अमेरिकाले ह्वावे र जेडटिईलाई प्रतिबन्ध लगाउन सक्ने, नयाँ विधेयक प्रस्तावित

काठमाडौं । अमेरिकी कानून निर्माताहरुले चिनियाँ टेलिकम्यूनिकेसन्स कम्पनीहरु प्रतिबन्ध लगाउन सक्ने किसिमको नयाँ विधेयक प्रस्तावित गरेका छन् । सो विधेयकअनुसार कुनैपनि अमेरिकी चीप तथा अन्य उपकरणहरु ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेड, जेडटिई कर्प र अन्य चिनियाँ टेलिकम्यूनिकेसन्स कम्पनीहरुलाई बिक्रीका लागि रोक लगाउने छ । यस्तो रोक अमेरिकी प्रतिबन्धहरु तथा निर्यात नियन्त्रण कानूनहरुको उलंघन गर्ने कम्पनीहरुका लागि लागू हुनेछ । अमेरिकी सिनेटरहरुले ...

Read More »

चिनियाँ टेलिकम ह्वावेलाई नर्वेमा पनि फाइभ जी पूर्वाधार बनाउन प्रतिबन्ध लाग्न सक्ने

काठमाडौं । चिनियाँ टेलिकम्यूनिकेसन्स कम्पनी ह्वावेको (Huawei) समस्या निरन्तर बढिरहेको छ । कम्पनीका उपकरण तथा सेवाहरुमा एक पछि अर्को प्रतिबन्ध लागिरहेको रिपोर्टहरु आईरहेका छन् । यसैबिच नर्वेले पनि ह्वावेका उपकरणहरु प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । पछिल्लो समयमा फाइभ जी मोबाइल फोन नेटवर्क बिस्तारको काम विभिन्न मुलुकहरुमा तिब्र गतिमा भईरहेको छ। जसलाई विश्वभर महत्वका साथ लिँदै आईएको छ। टेलिकम कम्पनीहरुले ...

Read More »

स्मार्टफोन निर्माता ह्वावेका ग्लोबल चीफ फाइनान्सियल अफिसर पक्राउ, यस्तो छ पक्राउको कारण

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी ह्वावेको ग्लोबल चीफ फाइनान्सियल अफिसर क्यानाडामा गिरफ्तार भएकी छिन् । क्यानाडाको भ्यानकुभरमा समातिएका ग्लोबल चीफ फाइनान्सियल अफिसर मेन्ग वानझाउ जो कम्पनीको भाइस चेयर्समध्येकी एक हुन र ह्वावेका फाउण्डर रेन झेंगफाईका छोरी पनि हुन । डिसेम्बर १ तारिखमा समातिएकी उनलाई शुक्रबार अदातलमा पेश गरिने क्यानाडियन जस्टिस डिपार्टमेन्टले बुधबार पुष्टि गरेको मिडिया रिपोर्टमा उल्लेख छ । ...

Read More »