Tag Archives: संचार तथा सूचना प्रविधि मन्त्रालय

दूरसंचार सेवा प्रदायकले समयमा रोयल्टी नबुझाए २ प्रतिशत थप दस्तुर लाग्ने, समयावधि पनि थपिँदै

काठमाडौँ । दूरसंचार सेवा प्रदायक कम्पनीहरुले अब सरकारलाई तिर्नुपर्ने रोयल्टी बापतको दस्तुर समयमा नबुझाएमा थप दस्तुर सरकारलाई तिर्नुपर्ने भएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले दूरसंचार नियमावलीमा संसोधन गर्दै रोयल्टीमा पनि थप दस्तुरको प्रावधान लागू गरेको हो । मन्त्रालयले दूरसंचार नियमावली, २०७४ लाई संसोधन गरि दूरसंचार सातौं (संसोधन) नियमावली, २०७५ जारी गर्दै रोयल्टीमा पनि थप दस्तुरको व्यवस्था गरेको हो ...

Read More »

विकास समितिले सोध्यो- दूरसंचार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाई नै किन नियुक्त गरियो ?

काठमाडौँ । संसदको विकास समितिले नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष दिगम्बर झालाई नियुक्ती गर्नाको कारणहरुको बारेमा प्रश्न उठाएको छ । बिहिबार बसेको विकास समितिको बैठकले दूरसंचार प्राधिकरणको अध्यक्षमा झालाई नियुक्ती गर्नाको बारेमा १५ दिनभित्र जवाफ दिन संचार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । वैठकमा सांसदहरुले संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई सो बारेमा सोधेका थिए । जसमा मन्त्री बाँस्कोटाले उनको ...

Read More »

दूरसंचार प्राधिकरणका अध्यक्ष झाले भने-सम्झनुस्, म केहि महिनाको लागि विदेश गएको थिएँ

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणमा नियुक्त अध्यक्ष दिगम्बर झाले प्राधिकरणका कर्मचारीहरुको तलब खाने बाटो खोलेका छन् । अध्यक्ष झाले प्राधिकरणमा पदबहाली गर्दै गत आर्थिक वर्षको प्रशासनिक खर्चको २५ प्रतिशतसम्म रकम निकासा गर्नसक्ने अधिकार प्रयोग गरेर कर्मचारीहरुको रोकिएको तलब तथा अन्य सामान्य खर्चहरु निकासाको निर्णय गरेको प्राधिकरणका एक अधिकारीले जानकारी दिए । प्राधिकरणमा अध्यक्ष पद खाली भएपछि बोर्ड बैठक बस्न नसक्दा ...

Read More »

दूरसंचार प्राधिकरणको अध्यक्ष बन्ने हो ? त्यसोभए यी योग्यता पुरा गरेर आवेदन दिनुस्

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि सरकारले खुला आवेदन माग गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले शनिवार गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेर अध्यक्ष पदको आवेदन माग गरेको हो । योग्यता पुगेका व्यक्तिहरुले सो सूचनाअनुसारको विबरणहरुसहित मन्त्रालयमा आवेदन दिन सक्नेछन् । यस्तो छ आवश्यक योग्यता सरकारले माग गरेको दरखास्तअनुसार आवेदक ३० वर्षमाथिको र ६५ वर्ष ननाघेको ...

Read More »

ईमेल सेवा स‌ंचालनको प्रकृया सरकारी निकायमा शुरु, कर्मचारीलाई दुई प्रकारको ईमेल दिईने

काठमाडौं । सरकारी अधिकारीहरुलाई ईमेल सेवा दिने प्रकृया शुरु गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्वमा सरकारले मन्त्रालयसहितका २५ सरकारी निकायहरुलाई ईमेल सेवा दिन शुरु गरेको हो । सरकारले ईमेल सेवा संचालनका लागि ‘सरकारी निकायहरुमा विद्युतीय पत्राचार(ईमेल) व्यवस्थापन सम्बन्धी निर्देशिका २०७५’ जारी गर्ने तयारी गरेको छ । सो निर्देशिकाको आधारमा नै सरकारी निकायहरुले आधिकारिक ईमेल सेवा संचालन गर्नुपर्ने ...

Read More »

टेलिकम प्रबन्ध निर्देशक कामिनीले बुझाईन् स्पष्टिकरणको जवाफ, के छ जवाफको विवरण ?

काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले आइतवार स्पष्टिकरण पत्रको जवाफ पेश गरेकी छिन् । टेलिकम प्रबन्ध निर्देशक राजभण्डारीले शुक्रबार सरकारले सोधेको स्पष्टिकरणसहितको प्रश्नको जवाफ संचार तथा सूचना प्रविधि मन्त्रालयमार्फत बुझाएकी हुन् । उनले सरकारले सोधेको प्रश्नको जवाफसहित स्पष्टिकरणको पत्र बुझाएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए । ‘उहाँले आज मन्त्रालयमा स्पष्टिकरण पत्रको जवाफ बुझाउनुभएको छ, सो ...

Read More »

नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनीलाई अन्तिम मौका, सरकारले फेरी सोध्यो स्पष्टिकरण

अनुज राज । काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई सरकारले पुन स्पष्टिकरण सोधेको छ । सरकारले प्रबन्ध निर्देशक राजभण्डारीलाई पदबाट किन नहटाउने भनेर ३ दिने स्पष्टिकरण सोधेको हो। सरकारको तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्रालयले प्रबन्ध निर्देशक राजभण्डारीलाई स्पष्टिकरण पत्र पठाउँदै तपाईँलाई पदबाट किन नहटाउने भन्ने प्रश्न सोधेको हो। सरकारले यसअघि दिएको ११ बुँदे निर्देशनसहितको जिम्मेबारी सन्तोषजनक नभएपछि ...

Read More »

तयार भयो डिजिटल नेपालको फ्रेमवर्क, ५ वर्षे योजनाबारे छलफल हुँदै

काठमाडौं । सरकारले डिजिटल नेपाल बनाउने अवधारणाअनुसार डिजिटल नेपाल कन्फ्रेन्स आयोजना गर्ने भएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले फ्रस्ट एण्ड सुलिभानसँगको सहकार्यमा डिजिटल नेपालको खाका तयार पारिरहेको र सो बारेमा विस्तृतमा कन्फ्रेन्स आयोजना गर्न लागेको हो । शुक्रबार आयोजना हुने सो कन्फ्रेन्समा फ्रन्ट एण्ड सुलिभानले तयार पारेको डिजिटल नेपालको प्रस्तावित फ्रेमवर्कको बारेमा जानकारी दिईनेछ । सो कार्यक्रममा डिजिटल ...

Read More »

इन्टरनेट सेवामा बढेको मूल्य फिर्ता, ग्राहकसँग मर्मत शुल्क उठाउन पाउने सहमति

काठमाडौं । इन्टरनेट सेवामा बढेको मूल्यलाई समायोजन गरेर फिर्ता गर्ने सहमति भएको छ । सरकारले इन्टरनेटको लागतको बारेमा अध्ययन गर्नको लागि बनाएको कार्यदलमा बढेको मूल्य फिर्ता गर्ने सहमति भएको हो । सरकारले चालू आर्थिक वर्षदेखि इन्टरनेटमा पनि दूरसंचार सेवा शुल्क लगाएपछि इन्टरनेटमा १४.६५ प्रतिशतसम्मको शुल्क वृद्धि भएको थियो । सरकारले गठन गरेको इन्टरनेट सेवाको मूल्य समायोजन सिफारिश गर्न गठित समितिको ...

Read More »

अधिकांश सरकारी निकायका वेबसाइट असुरक्षित, ह्याक हुने वा डाटा चोरी हुने संभावना

काठमाडौं । तपाईँ हामी हरेक दिन कम्प्यूटर, ल्यापटप वा स्मार्टफोनबाट कुनै न कुनै वेबसाइट हेर्ने वा सर्च गर्ने गर्दछौं । तर ती मध्ये कयौं वेबसाइटहरु असुरक्षित हुन्छन जसले तपाईँको विभिन्न डाटा तथा जानकारीहरु संकलन गर्ने वा त्यसमार्फत तपाईँको व्यक्तिगत डाटा चोरी हुने संभावना रहन्छ । यस्ता वेबसाइटहरुमार्फत ह्याकरहरुले तपाईँको डाटाहरु चोर्ने र त्यसको दूरुपयोग गर्ने खतरा रहन्छ । विश्वभरका वेबसाइटहरु ...

Read More »