अपटेड समाचार

Tag Archives: फ्रिक्वेन्सी अक्सन

नर्वेमा ७०० मेगाहर्ज ब्याण्डको अक्सनमा ७५ मिलियन यूरो उठ्यो, तीन कम्पनीले पाए स्पेक्ट्रम

काठमाडौं । नर्वेले ७०० मेगाहर्ज र २.१ गीगाहर्ज ब्याण्डको मोबाइल स्पेक्ट्रमको अक्सन सम्पन्न गरेको छ । नर्वेले राखेको अक्सनमा मोबाइल अपरेटर आइसले सबैभन्दा धेरै बीड गरेको छ भने टेलिनोर र टेलियाले पनि फ्रिक्वेन्सी पाएका छन् । आइसले दुबै ब्याण्डमा फ्रिक्वेन्सी लिएको छ भने टेलिनोर र टेलियाले ७०० मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सी पाएका छन् । ७०० मेगाहर्ज ब्याण्डको अक्सनमा कुल ७३५ मिलियन ...

Read More »

रोकियो फ्रिक्वेन्सी अक्सन प्रकृया, सहभागी दुबै कम्पनीको देखियो बाँकी बक्यौता

अनुज राज । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पहिलो पटक अक्सनमार्फत बेच्ने भनिएको फ्रिक्वेन्सी अक्सन प्रकृया रोकिएको छ । यसअघि अदालतमा मुद्धा परेर रोकिएको फ्रिक्वेन्सी अक्सनको प्रकृया पुन शुरु भएपनि फेरी अक्सन प्रकृया रोकिएको हो । दूरसंचार प्राधिकरणको बोर्डमा पुगेको फ्रिक्वेन्सी अक्सनको प्रकृयामा सहभागी नेपाल टेलिकम र एनसेल दुबै कम्पनीहरु प्राविधिकरुपमा योग्य भएपनि दुबै कम्पनीको नाममा सरकारी बाँकी बक्यौता रकम ...

Read More »

९०० र २१०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सी अक्सनको लागि फेरी सूचना

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले ९०० र २१०० मेगाहर्ज फ्रिक्वेन्सी अक्सनको लागि पुन सार्वजनिक सूचना जारी गरेको छ । प्राधिकरणले सोमबार सूचना प्रकाशित गर्दै ९०० र २१०० फ्रिक्वेन्सी अक्सनमा सहभागी हुन चाहने कम्पनीहरुको लागि समयावधि थप गरेको हो। प्राधिकरणले यसअघि फागुन २३ गतेसम्मको म्याद राखेर ९००, १८०० र २१०० मेगाहर्ज ब्याण्डहरुको लागि निवेदन माग गरेकोमा १८०० मेगाहर्ज ब्याण्डको लागि मात्र ...

Read More »

१८०० मेगाहर्जमा मात्र फ्रिक्वेन्सी अक्सन, कति मूल्यमा बिक्री होला ?

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले गरेको फ्रिक्वेन्सी अक्सनमा हाल १८०० मेगाहर्जको मात्र अक्सन हुने भएको छ।बिहिबार अक्सनमा निवेदन दिने अन्तिम दिन दुई कम्पनीहरुले निवेदन दिएका छन् ।तर १८०० मेगाहर्ज ब्याण्डका लागि मात्र दुई कम्पनीको निवेदन परेपछि सो ब्याण्डमा मात्र अक्सन हुने भएको हो । दूरसंचार प्राधिकरणका उप निर्देशक रोजाकिरण बासुकलाले १८०० मेगाहर्जका लागि मात्र दुई कम्पनिको निवेदन परेको बताईन् । ...

Read More »

फ्रिक्वेन्सी अक्सनको प्रकृया पुन: शुरु, अक्सनको फ्रिक्वेन्सी कुन कम्पनीले लग्ला ?

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले फ्रिक्वेन्सी अक्सनको रोकिएको प्रकृया पुन: शुरु गरेको छ । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै सर्वोच्च अदालतको अन्तरिम आदेशद्धारा रोकिएको र पुनः सर्वोच्चको आदेश बमोजिम खुला गरिएको फ्रिक्वेन्सी अक्सनको प्रकृया शुरु गरेको हो । प्राधिकरणले यसअघि पुन ४ गते सार्वजनिकरुपमा सूचना जारी गर्दै ९००/१८००/२१००/ मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सी बढाबढ प्रकृयाद्धारा दिने तयारी गरेको थियो । तर ...

Read More »

सिजीको पक्षमा जारी अन्तरिम आदेश सर्वोच्चद्धारा खारेज, फ्रिक्वेन्सी अक्सन सुचारु हुने

काठमाडौं । सर्वोच्च अदालतले नेपाल दुरसंचार प्राधिकरण र सिजी कम्यूनिकेसन प्रालि बीचको मुद्धामा दूरसंचार प्राधिकरणको पक्षमा फैसला गरेको छ । सर्वोच्चले यसअघि सिजी कम्यूनिकेसन प्रालिको पक्षमा जारी गरेको अन्तरिम आदेश खारेज गर्दै प्राधिकरणको पक्षमा फैसला दिएको हो । बिहिबार सर्वोच्चका प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले सो मुद्धाको सुनुवाई गर्दै यसअघि पुस ८ गते जारी गरेको अन्तरिम ...

Read More »

सिजी कम्यूनिकेसन र दूरसंचार प्राधिकरणलाई छलफलमा बोलायो सर्वोच्चले, अन्तरिम आदेश निरन्तर

काठमाडौं । सर्वोच्च अदालतले नेपाल दूरसंचार प्राधिकरणको विरुद्ध सिजी कम्यूनिकेसन प्रालिको पक्षमा यसअघि जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । सिजीले सर्वोच्चबाट जारी गराएको अन्तरिम आदेशको विरुद्धमा नेपाल दूरसंचार प्राधिकरणले दायर गरेको भ्याकेट निवेदनको सुनुवाई गर्दै सर्वोच्चले दूरसंचार प्राधिकरण र सिजी कम्यूनिकेसन दुबै पक्षलाई छलफलका लागि बोलाएको छ। सिजी कम्यूनिकेसनले सर्वोच्च अदालतबाट जारी गराएको अन्तरिम आदेश खारेजको माग गर्दै ...

Read More »

सिजी टेलिकम प्रकरणमा दूरसंचार प्राधिकरणको ‘भ्याकेट’ दर्ता

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सिजी टेलिकमद्धारा दायर मुद्धामा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश विरुद्धमा भ्याकेट दर्ता गरेको छ । सिजी टेलिकमले ९००/१८०० र २१०० मेगाहर्ज ब्याण्डमा गर्न लागिएको फ्रिक्वेन्सी अक्सनको प्रकृया रोक्न माग गर्दै प्राधिकरणको विरुद्धमा दायर गरेको मुद्धामा सर्वोच्चले यहि पुस १० गते अन्तरिम आदेश जारी गरेर सो अक्सन रोक्न भनेको थियो । सो मुद्धामा सरकारले सर्वोच्चको त्यस्तो ...

Read More »

दूरसञ्चार प्राधिकरणले रोक्यो फ्रिक्वेन्सी अक्सनको प्रक्रिया

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सी अक्सनको प्रक्रिया स्थगित गरेको छ । प्राधिकरणले सर्वोच्च अदालतको आदेश बमोजिम यसअघि शुरु गरेको ९००/१८००/२१०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी अक्सन प्रक्रिया अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेको हो । फ्रिक्वेन्सी अक्सन स्थगित भएको बारेमा प्राधिकरणले सार्वजनिक सूचना नै जारी गरेर सो निर्णय गरिएको जनाएको छ । यसअघि प्राधिकरणले पुस ४ गते फ्रिक्वेन्सी अक्सन गर्ने सार्वजनिक ...

Read More »

दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाको दाबी- तीन वटा टेलिकम सेवाप्रदायक भए पुग्छ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगरम्बर झाले नेपालमा तीन वटा टेलिकम सेवा प्रदायक भए पुग्ने बताएका छन् । उनले अहिले सेवा प्रदायकहरुको संख्या धेरै भएपनि ती कम्पनीहरुको सेवाग्राही भने धेरै नभएको बताएका हुन् । राजधानीमा बुधवार आयोजित रिपोर्टस क्लबको कार्यक्रममा अहिलेसम्म ६ वटा सेवाप्रदायक रहेको सुनाउँदै झाले तीमध्ये नेपाल टेलिकम र एनसेलबाहेक अरुको धेरै सिम वा उपभोक्ता नभएको स्पष्ट ...

Read More »