Tag Archives: नेपाल दूरस‌ञ्चार प्राधिकरण (एनटिए)

यी पाँच जिल्लाका स्थानिय तहहरुमा ब्रोडब्याण्ड नेटवर्क बिस्तार गर्दै दूरसंचार प्राधिकरण

NTA_Nepal Telecommunications Authority_NTA

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पाँच जिल्लाका स्थानिय तहमा ब्रोडब्याण्ड कनेक्टिभिटी पुर्याउन टेण्डर आव्हान गरेको छ । प्राधिकरणले दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुर जिल्लाका स्थानिय तहहरुमा ब्रोडब्याण्ड नेटवर्क बिस्तार गर्न लागेको हो । ती जिल्लाहरुमा अप्टिकल फाइबर तथा माइक्रोवेभ टेक्नोलोजीमार्फत ब्रोडब्याण्ड पुर्याउनका लागि इन्टरनेट सेवा प्रदायकहरुबाट प्रस्ताव आव्हान गरेको छ । तोकिएका ५ जिल्लाहरुका नगरपालिका, गाउँपालिका, वडा कार्यालयहरु, स्वास्थ्य ...

Read More »

सामाजिक संजालमा खपत हुने डाटाको अडिट गर्दै महालेखा, माग्यो सेवा प्रदायकहरुसँग तथ्यांक

Social Media

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले दूरसंचार सेवा प्रदायकहरुको लेखाको विबरण मात्र नभई उनीहरुमार्फत खपत हुने डाटाहरुको समेत लेखापरीक्षण गर्ने भएको छ । हालै महालेखाले नेपाल दूरसंचार प्राधिकरणमातहतका दूरसंचार सेवा तथा इन्टरनेट सेवा प्रदायकहरुले नेपालमा प्रयोग गरिने सामाजिक संजालहरुको लागि उपयोग हुने डाटाको तथ्यांक माग गरेको छ । महालेखाले प्राधिकरणमार्फत दूरसंचार सेवा तथा इन्टरनेट सेवा प्रदायकहरुसँग फेसबुक, ट्विटर, वीच्याट, मेसेन्जर, लगायतमा ...

Read More »

इन्टरनेट सेवा प्रदायक भायानेट कारबाहीमा, दूरसंचार प्राधिकरणद्धारा ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले निर्देशन विपरितको कार्य गरेको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । भायानेटलाई प्राधिकरणको निर्देशन विपरित चिठ्ठामा आधारित उपहार कार्यक्रम संचालन गरेको विषयमा दोषि ठहर गर्दै ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो । प्राधिकरणको गत माघ १७ गते बसेको बोर्ड बैठकले भायानेट कम्यूनिकेशन प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना ...

Read More »

वर्ल्डलिंकलाई ५० हजार रुपैयाँ जरिवाना, दूरसंचार प्राधिकरणको निर्देशन विपरित कार्य गर्दा कारबाही

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । दूरसंचार प्राधिकरणको माघ १७ गते बसेको बोर्ड बैठकले वर्ल्डलिंक कम्यूनिकेशन प्रालि (हाल लिमिटेड)लाई निर्देशन विपरित चिठ्ठा उपहार कार्यक्रम संचालन गरेको भन्दै ५० हजार जरिवाना गरेर कारबाही गरेको हो । प्राधिकरणले यसअघि २०७० साल भदौ ३० गते दूरसंचार सेवा प्रदायक तथा इन्टरनेट सेवा प्रदायकहरुलाई ...

Read More »

सीजि कम्युनिकेशन र सरकारबिच जुहारी चल्दै गर्दा किन डिलिट गरे निर्वाण चाैधरीले आफ्नो ट्विट ?

काठमाडौं । पछिल्लो दिनमा सरकार र अर्बपति व्यवसायी बिनोद चौधरी(सीजि कम्युनिकेशन)का बिचमा जुहारी नै चलेको छ । सरकारले सी.जि. कम्युनिकेशन प्रालिलाई मोबाइल सेवाको लाइसेन्स नदिएको भन्दै आएका उद्योगी चौधरीले आफूले सस्तोमा र निशुल्क नै डाटा सेवा दिनसक्ने दाबी गर्दै आएका छन् । सीजि कम्युनिकेशन प्रालि, बाँकी बक्यौता नतिर्ने कम्पनीहरुलाई सरकारले दिएको ५ वर्षे किस्ता सुबिधा, नेपाल दूरसंचार प्राधिकरणले हालै खारेज ...

Read More »

डिसहोम फाइबरनेटको गैरकानूनी कार्य, इन्टरनेट सेवा प्रदायकको लाइसेन्स नै नलिई प्रबर्द्धन

काठमाडौं । नेपालको एकमात्र डिटिएच सेवा प्रदायक कम्पनी डिसहोमले अनुमति नै नलिई इन्टरनेट सेवाको प्रचार गरिरहेको पाईएको छ । डिस मिडिया नेटवर्क लिमिटेडअन्तरगत डिसहोमले इन्टरनेट सेवा प्रदायक कम्पनीको नाममा गैरकानूनी कार्य गरिरहेको भेटिएको हो । कम्पनीले हालै सार्वजनिकरुपमा नै डिस होमअन्तरगत फाइबरनेटको नाममा ग्राहकहरुका लागि इन्टरनेट सेवा उपलब्ध गराउने भन्दै अनधिकृत कार्य गरिरहेको भेटिएको हो । इन्टरनेट सेवा प्रदायक कम्पनी ...

Read More »

सेवा संचालन नगर्ने टेलिकम कम्पनीका प्रयोग नभएका फ्रिक्वेन्सी अक्सन गर्न लेखा समितिको निर्देशन

काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले बाँकी बक्यौता किस्ताबन्दीमा तिर्ने सुविधा पाएका टेलिकम कम्पनीहरुलाई निश्चित अवधि तोकेर सेवा संचालन गर्ने व्यवस्था गराउन नेपाल दूरसंचार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको छ । लेखा समितिको आज बसेको बैठकले नेपाल दूरसंचार प्राधिकरणसँग हालै गरिएको फ्रिक्वेन्सी अक्सनको बारेमा जानकारी लिँदै बाँकी बक्यौता रकम किस्तामा तिर्न सुविधा पाएका कम्पनीहरुको फ्रिक्वेन्सी पनि सेवा संचालन नभएमा ...

Read More »

चार किस्तामा बाँकी लाभकर तिर्ने एनसेलको योजना, ‘सेड्यूल एप्रुभ’ नभएको राजस्व सचिवको भनाई

काठमाडौं । पूँजीगत लाभकर तिर्ने विषयमा एनसेल प्रालिले चालु आर्थिक वर्ष किस्ताबन्दीमा रकम तिर्ने सुविधा माग गरेको छ । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको आजको बैठकमा अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर कुमार ढुंगानाले बाँकी पूँजीगत लाभकर तिर्न एनसेलले किस्ताबन्दीरुपमा कर दाखिला गर्नेगरि योजना पेश गरेको जानकारी दिए । एनसेलले आफूले तिर्नुपर्ने बाँकी पूँजीगत लाभकरमध्ये ४ अर्ब ५० करोड यसअघि नै ...

Read More »

दूरसंचार प्राधिकरणको पत्र बारे ठूला करदाता कार्यालयको जवाफ, एनसेलले लग्ला त फ्रिक्वेन्सी ?

Frequency_Ncell

अनुज राज । काठमाडौं । एनसेलले बुझाउनुपर्ने पूँजीगत लाभकर, किस्ताबन्दी पाए/नपाएको तथा कर चुक्ता भए/नभएको बारेमा ठूला करदाता कार्यालयले नेपाल दूरसंचार प्राधिकरणलाई पत्र पठाएर जानकारी दिएको छ । दूरसंचार प्राधिकरण स्रोतले ठूला करदाता कार्यालयबाट बिहिबार पत्र आएको दाबी गर्दै सो पत्रमा एनसेलले तिरेको पूँजीगत लाभकरको बारेमा उल्लेख गरेको तर के बेहोरा छ भन्ने बारेमा भने जानकारी नभएको बताएको छ । ...

Read More »

अप्टिकल फाइबर तान्न प्रयोग हुने बिजुलीको पोलको भाडा १० प्रतिशत मात्रै बढाउन समितिको सुझाब

अनुज राज । काठमाडौं । सरकारी समितिले दूरसंचार सेवा तथा इन्टरनेट सेवा प्रदायकहरुले विद्युतको पोल प्रयोग गरेबापत बापत तिर्ने भाडामा १० प्रतिशत मात्रै भाडा बढाउन सुझाव दिएको छ । विद्युत(बिजुली) पोलको भाडा ह्वात्तै वृद्धि भएपछि मन्त्रालयस्तरमा गठित सुझाव समितिले हाल १० प्रतिशत मात्रै भाडा बढाउन उपयुक्त हुने सुझाव दिएको हो । अप्टिकल फाइबर प्रयोग तथा सोको भाडा निर्धारण एर्व पूनरावलोकन ...

Read More »