Tag Archives: नेपाल टेलिकम

नेपाल टेलिकम र सडक विभागबीच सहकार्य, सडक निर्माणसँगै टेलिकमको अप्टिकल फाइबर राखिने

काठमाडौं । नेपाल टेलिकम र नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागबीच सडक र दूरसञ्चार पूर्वाधार निर्माणको क्रममा सहकार्य गरी अगाडि बढ्ने समझदारी भएको छ । यस सम्बन्धी समझदारी पत्रमा एक कार्यक्रमका बीच पुस २१ गते सडक विभागका महानिर्देशक केशव कुमार शर्मा र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरे । सडक विभागले द्रुत गतिमा देशभर सडक ...

Read More »

मुगु जिल्लामा चारदिनदेखि टेलिफोन र इन्टरनेट अवरुद्ध, हिमपातले रेडियो लिङ्कमा समस्या

काठमाडौं । नेपाल टेलिकमका सबै सञ्जालले काम गर्न छाडेपछि मुगु जिल्ला चारदिनदेखि सञ्चारविहीन भएको छ । जुम्लाको डाँफे लेकमा अवस्थित टेलिकमको टावरको रेडियो लिङ्कमा हिमपातले समस्या ल्याएपछि सो टावरबाट मुगु जिल्लामा सञ्चालित जिएसएम, एसटिडी सञ्जालले काम गर्न छाडेका छन् । यसैगरी एडिएसएल इन्टरनेट सेवा पनि जिल्लाभर अवरुद्ध भएको छ । गत बिहीबारदेखि शुक्रबारसम्म सो लेकमा निरन्तर हिमपात परेको जनाइएको छ ...

Read More »

कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर नेटवर्क बनाउन सम्झौता, २ वर्ष भित्र पुरा गरिने

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरण र नेपाल दूरसंचार कम्पनी(नेपाल टेलिकम) बिच कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशखण्ड अन्तरगत अप्टिकल फाइबर नेटवर्क बिस्तारका लागि सम्झौता भएको छ । सूचना महामार्ग निर्माण अन्तरगत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्ला सदरमुकाम र नगरपालिका जोड्ने गरी अप्टिकल फाइबर ब्याकबोन नेटवर्क निर्माण गर्ने लक्ष्य राखिएको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल तथा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम ...

Read More »

यस्ता मोबाइल सेट मात्र चल्छन नेपाल टेलिकमको फोरजी सेवामा, ६४ जिल्लामा फोरजी सेवा पुग्यो

काठमाडौं । नेपाल टेलिकमले हाल १८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २०) ब्यान्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराइरहेको छ । ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व भएका सहरी क्षेत्रका घरभित्र फोरजी सेवामार्फत डाटा तथा गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउनका लागि ८०० तथा १८०० मेगाहर्ज फ्रिक्वेन्सी दुवै प्रयोग हुन्छ । हाल प्रयोगमा रहेका अधिकांश मोबाइल सेटहरु १८०० ...

Read More »

नेपाल टेलिकमद्धारा नयाँ सिमकार्डमा हुने सुविधा परिवर्तन, पुस १६ देखि यस्तो सुविधाहरु पाईने

काठमाडौं । नेपाल टेलिकमले आफ्नो प्रिपेड मोबाइल सिममा उपलब्ध हुने विभिन्न अफरहरुलाई परिवर्तन गरेको छ । कम्पनीले अंग्रेजी नयाँ वर्ष २०२० को जनवरी १ तारिख अर्थात पुस १६ गतेदेखि लागू हुने गरेर नयाँ नियम र सुविधासहितको जीएसएम र सिडिएमए प्रिपेड सिम कार्ड उपलब्ध गराउने भएको हो । नेपाल दूरसंचार कम्पनीले यसअघि ५० रुपैयाँ ब्यालेन्स उपलब्ध हुने यसअघिको व्यवस्थालाई परिवर्तन गर्दै ...

Read More »

नेपाल टेलिकमले ४५ प्रतिशत लाभांश बाँड्ने, पूर्वाधारमा लगानी गर्न प्रबन्धपत्र संसोधन गर्दै

काठमाडौं । नेपाल टेलिकमले आफ्नो वार्षिक साधारण सभा यहि पुष २९ गते गर्ने भएको छ । कम्पनीले सार्वजनिक सूचना प्रकाशित गर्दै सो बारेमा जानकारी दिएको हो । पुस २९ गते हुने वार्षिक १२ औं साधारण सभाबाट कम्पनीले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ४५ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले यो वर्ष दिने लाभांश गत वर्षको भन्दा कम ...

Read More »

ठमेलमा इन्टरनेटको तार काटिँदा मोबाइल टावरहरुमा पनि समस्या, टेलिकम कम्पनीहरु मर्मतमा

काठमाडौं । हालै ठमेलमा इन्टरनेट तथा केबुल टिभीको तार काटिँदा नेपाल टेलिकम र एनसेलको मोबाइल सेवा समेत प्रभावित भएको छ । यसअघि इन्टरनेट तथा केबुल टिभीको मात्र सेवा अवरुद्ध भएको बताईँदै आएपनि नेपाल टेलिकम र एनसेलका टावरहरुमा पनि समस्या देखिएको हो । टेलिकम कम्पनीका बिटिएसमा जोडिएका अप्टिकल फाइबर पनि काटिदिँदा मोबाइल टावरमा समस्या आएको हो । नेपाल टेलिकमको ७ वटा ...

Read More »

नेपाल टेलिकमको फाइबर प्रविधि धवलागिरीका चार जिल्लामा, फोन र इन्टरनेट सेवा एकैसाथ शुरु

काठमाडौं । नेपाल टेलिकमले फाइबर प्रविधिबाट धवलागिरीका चार जिल्लामा एकसाथ फोन र इन्टरनेट सेवा शुरुआत गरेको छ । पहिलोपटक टेलिकमले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा बुधबारदेखि सेवा थालनी गरेको हो । यसअघि बागलुङ सदरमुकाममा मात्र फाइबर प्रविधिको इन्टरनेट सेवा उपलब्ध रहेको थियो । नेपाल टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले म्याग्दीको गलेश्वरमा बुधबार सो सेवाको शुभारम्भ गर्दै इन्टरनेट ...

Read More »

नेपाल टेलिकमका रिचार्ज कार्डमा ६ वटा नम्बर मात्रै देखियो ? अब यसरी वेबसाइटबाटै रिचार्ज गर्नुस्

काठमाडौं । नेपाल टेलिकमका रिचार्ज कार्डमा अधिकांश नम्बर मेटिएर कमसेकम ६ वटा नम्बर मात्र देखिएका छन् भने पनि रिचार्ज गर्न सकिने भएको छ । यसका लागि ग्राहकले पहिलो चरणमा कम्पनीको वेबसाइटबाट आफैंले रिचार्ज गर्न सक्नेछन् । कार्डको पिन नम्बर प्रष्ट नभएमा वा कोरिएमा ग्राहकले नम्बर बिग्रिएको रिचार्ज कार्डको सिरियल नम्बर, रिचार्ज कार्डमा देखिने पिन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर ...

Read More »

नेपाल टेलिकम पोखरा प्रिमियर लिगको सह–प्रायोजक, खेलाडीलाई डाटा र भ्वाइस प्याक उपहार दिने

काठमाडौं । नेपाल टेलिकम पोखरामा मंसिर २८ गतेदेखि प्रारम्भ हुने पोखरा प्रिमियर लिग (पीपीएल) को सह–प्रायोजक बनेको छ । आगामी पुस १२ गतेसम्म चल्ने पीपीएलका १५ वटा लिग, एक–एकवटा क्वालिफायर र फाइनल गरी कूल १७ खेलमा सहभागी खेलाडीहरुलाई कम्पनीले विभिन्न सम्मान र गिफ्ट प्याकेज उपलब्ध गराउने छ । लिगका प्रत्येक खेलका उत्कृष्ट खेलाडीहरुलाई कम्पनीले ‘नेपाल टेलिकम म्यान अफ द म्याच’ ...

Read More »