Tag Archives: ओपो नेपाल

ओपोले सन् २०२० मा ४२० डलर भन्दा माथि मूल्यका सबै स्मार्टफोनमा ५जी सपोर्ट दिने

काठमाडौं । टेलिकम्यूनिकेसन उद्योगको क्षेत्रमा अहिले ५जीको विकास र बिस्तार प्रमुख केन्द्रमा रहँदै आएको छ । अहिले शुरुवाती चरणमा ५जी निकै महंगो र सर्वसाधारणको लागि पहुँचमा आईसकेको छैन् । तर पनि कम्पनीहरुले ५जी टेक्नोलोजीसँग आबद्ध भएर नयाँ उत्पादनहरु विकास गर्न लागि परेका छन् । हाल बजारमा ५जी स्मार्टफोनहरु किन्नुपर्यो भने न्यूनतम ८०० डलर भन्दा माथि मूल्य तिर्नुपर्ने हुन्छ । तरपनि ...

Read More »

ओपोले ए सिरिजमा दुई नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याउँदै, ४८ एमपी अल्ट्रा वाइड क्वाड क्यामेरा

काठमाडौं । ओपोले नेपालमा ए सिरिज २०२० अन्तर्गत नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने घोषणा गरेको छ । सार्वजनिकको तयारीमा रहेका लोकप्रिय ए सिरिज अन्तर्गतका उत्पादनहरुमा “ए९ २०२०”(A92020) र “ए५ २०२०”(A5 2020) रहेका छन् । मध्यमबर्गिय स्मार्टफोन बजार लक्षित ओपोका सार्वजनिकको तयारीमा रहेका उत्पादनले उत्कृष्ट फोटोग्राफी दिनुका साथै यसमा सुन्दर डिजाइन र लामो समय टिक्ने ब्याट्रीपनि उपलब्ध गरिएको छ । समग्रमा भन्नु ...

Read More »

ग्राहकसँग १२ हजार रुपैयाँ बढि नाफा लिईरहेको ओपो एफ११ प्रोको मूल्य घटायो कम्पनीले

काठमाडौं । ओपो नेपालले पहिलो पटक आफ्नो एफ सिरिज र आर सिरिजको फ्ल्यागशिप मोडलमा मूल्य घटाएको छ । कम्पनीले घटाएको बजार मूल्य अझै छिमेकी भारतको बजारमा भन्दा करिब ४ हजार रुपैयाँ बढि तोकिएको छ । खुला बोर्डरले गर्दा भारत र नेपालमा हुने मोबाइल फोनको मूल्य अन्तरले ग्रे मार्केट बढेको मोबाइल कम्पनीहरुले बताईरहँदा ओपो नेपालले भने अझै नेपाली बजारमा सबैभन्दा धेरै ...

Read More »

स्मार्टफोन निर्माता ओपोद्वारा ईन्टेल र एरिक्सनसंग पेटेन्ट डिल, ग्लोबल बिजनेसलाई बढावा पुग्ने भनाई

काठमाडौं । ओपोले ईन्टेलसंग सेल्यूलर मोबाइल कम्यूनिकेशन टेक्नोलोजी सम्बन्धित क्षेत्र अन्तर्गत ५८ वटा प्याटेन्ट हस्तान्तरण सम्झौतामा हस्ताक्षर गरेको छ । साथै, ओपोले एरिक्सनसंग ५ सय भन्दा बढीको संख्यामा अमेरिका, यूरोप, चीन र भारत लगायत देश तथा क्षेत्र समेटिनेगरी प्याटेन्ट अधिकारपनि खरिद गरेको छ । वैश्विक बजारमा आफ्नो ब्यवसाय बृद्धिका लागि अग्रसर ओपोलाई ईन्टेल र एरिक्सनसंगको कम्यूनिकेशन प्याटेन्ट्स सुरक्षण सम्झौता मार्फत ...

Read More »

ओपो एफ११ प्रोको भारत र नेपालबिचको मूल्यमा १२ हजार रुपैयाँ फरक, ओपो नेपालले ग्राहक ठग्दै

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड ओपोले पछिल्लो दिनहरुमा नेपाली बजारमा नेपाली उपभोक्ताहरुलाई मूर्ख बनाएर अधिक नाफा कमाईरहेको देखिन्छ । ओपोले आफ्नो एफ सिरिजको पछिल्लो स्मार्टफोन ओपो एफ ११ प्रो (Oppo F11 Pro) को मूल्य नेपाली बजारमा नघटाउँदा उपभोक्ताहरुलाई सिधै बढि मूल्य लिएर अधिक नाफा गरिरहेको देखिन्छ । छिमेकी मुलुक भारतमा पटक पटक ओपो एफ ११ प्रो स्मार्टफोनको मूल्य घटेपनि नेपाली ...

Read More »

ओपोद्वारा चीनमा आयोजित एमडब्ल्यूसी शाङघाइ २०१९मा अन्डर स्क्रिन क्यामेरा र मेशटक प्रदर्शित

चीन । ओपोले एमडब्ल्यूसी शाङघाइ २०१९ मार्फत वास्तविक पूर्ण स्क्रिन अनुभव प्रदान गर्ने क्षमता सहितको अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रदर्शित गरेको छ । साथै, ओपो उपकरणका विच एकआपसमा ३ किलोमिटर सम्मको रेञ्ज सम्म विना सेल्यूलर नेटवर्क, वाइफाइ वा ब्ल्यूटूथ– टेक्स्ट, भ्वाइस म्यासेज तथा रियलटाइम भ्वाइस कल्स गर्न सकिने प्रोप्राइटरी विकेन्द्रित सञ्चार प्रविधि मेशटक प्रविधिपनि पहिलो पटक प्रदर्शित गरिएको छ । ...

Read More »

ओपो प्रिमियम सेग्मेन्टमा तिब्र बृद्धिदर हात पार्ने स्मार्टफोन ब्राण्ड घोषित

काठमाडौं । गत महिना काउन्टरपाईण्ट रिसर्चले ओपोलाई वैश्विक स्तरमै सन् २०१८का लागि स्मार्टफोन ब्राण्डको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बृद्धिदर हात पार्न सफल कमपनी घोषित गरेको छ । आश्चर्यजनक ८६३ प्रतिशत वृद्धिका साथ कम्पनीले प्रिमियम श्रेणाीमा ६ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ । यस आश्चर्यजनक बृद्धिदरका लागि नयाँ बजारहरुमा प्रवेश, क्यारियर पार्टनर्ससंगको सहकार्य लगायत विभिन्न कारक तत्वहरु रहेतापनि प्रमुख कारणका ...

Read More »

ओपो मोबाइल रोल्याण्ड–गार्रोस र रोलेक्स प्यारिस मास्टर्सको प्रिमियम पार्टनर

काठमाडौं । ओपोले फ्रेञ्च टेनिस फेडरेसन (एफएफटी)संग सहकार्यका लागि सम्झौता गरेको छ । यस संगै ओपो अब तीन बर्ष (२०१९–२०२१)का लागि विश्व प्रसिद्ध रोल्याण्ड–गार्रोस र रोलेक्स प्यारिस मास्टर्सको प्रिमियम पार्टनर र आधिकारिक स्मार्टफोन बनेको छ । अग्रणी स्मार्ट उपकरण ब्राण्ड अब रोल्याण्ड गार्रोसको पहिलो चिनियाँ पार्टनर बनेको छ । इमिरेट्स, लेकोस्ट, पज्यो र रोलेक्सका साथमा प्रिमियम पार्टनरका रुपमा ओपो, स्मार्टफोन ...

Read More »

ओपोद्वारा रमजान अफर घोषणा, ए७ र एथ्रीएसको मूल्य घटायो, ५ हजार रुपैयाँसम्म सस्तो

काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा रमजानको अवसर पारी आफ्ना दूई लोकप्रिय मोडलमा मूल्य समायोजनको घोषणा गरेको छ । ओपोले ए७ (४+६४ जीबी) र एथ्रीएस (२+१६ जीबी) भ्यारियण्टलाई नयाँ आकर्षक अफर मूल्यमा उपलब्ध गराएको हो । रमजान अफर अन्तर्गत अब यी फोनहरु क्रमशः २७ हजार ९९० रुपैँया र १५ हजार ९९० रुपैयाँमा उपलब्ध हुनेछन् । यसअघि यी दुई स्मार्टफोनहरुको मूल्य ...

Read More »

ओपो एफ११ प्रो नेपालमा सार्वजनिक, बजार मूल्य ४७ हजार ९९० रुपैयाँ

काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले आफ्नो एफ सिरिज पोर्टफोलियो अन्तर्गत नेपालमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्ने क्षमता लगायत अन्य नवप्रबर्तनात्मक प्रविधि फोनमा समाहित गरिएका छन् । एफ११ प्रोमा उपभोक्तालाई सहज र उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने सोचका साथ ४८एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली, राईजिङ क्यामेरा, पानोरामिक स्क्रिनपनि उपलब्ध गरिएका छन् । एफ११ ...

Read More »