Tag Archives: इन्टरनेट सेवा

ब्रोडब्याण्डको पहुँच एक वर्षमा नै १३ प्रतिशतले बढ्यो, मोबाइल ब्रोडब्याण्ड धेरै प्रयोग

काठमाडौं । पछिल्लो १ वर्षमा नेपालमा ब्रोडब्याण्ड प्रयोगकर्ताहरुको संख्यामा १३ प्रतिशत भन्दा बढिको वृद्धि भएको छ । नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको माघ महिनाको एमआईएस रिपोर्टअनुसार गत आर्थिक वर्षको फागुन महिनाको तुलनामा चालु आर्थिक वर्षको माघ मसान्तसम्म १३ दशमलब १ प्रतिशतको ब्रोडब्याण्ड पहुँचमा वृद्धि हुन पुगेको छ । रिपोर्टमा गत वर्षको फागुन महिनामा ४५ दशमलब ६७ प्रतिशत ब्रोडब्याण्ड कनेक्सनको ...

Read More »

इन्टरनेट सेवामा नेपाल टेलिकम अगाडि, डाटाको गतिमा भने स्मार्ट अग्रस्थानमा

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरुको मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । हालै प्राधिकरणले भक्तपुर, पोखरा, बागलुङ र पृथ्वी राजमार्गको क्षेत्रमा गुणस्तर परीक्षण गरेको छ । प्राधिकरणले गर्ने सो परिक्षणलाई ड्राइभ टेस्टमार्फत गरेको थियो जसको प्रतिवेदन हालै सार्वजनिक गरेको छ । सो प्रतिवेदनअनुसार माघ पहिलो र दोस्रो साता नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको ...

Read More »

बुधबार बेलुकी नेपालभर इन्टरनेट किन रोकियो ? यस्तो छ कारण

काठमाडौं । नेपालको अधिकांश स्थानमा बुधवार बेलुका करिब ७ बजेपछि इन्टरेटमा समस्या देखियो, जसका कारण अधिकांश प्रयोगकर्ता समस्यामा परे । बुधवार बेलुका अचानक नेपालभर इन्टरनेटमा समस्या आउनुको कारणमा भारतमा आएको प्राविधिक समस्या कारक रहेको छ । सो समस्या भारतबाट नेपालमा ल्याईने इन्टरनेटको अप्टिकल फाइबरमा प्राविधिक समस्याका कारण भएको बताईएको छ । भारतबाट नेपालमा इन्टरनेट ल्याउने चेन्नईमा रहेको हबमा समस्या देखिँदा ...

Read More »

थप तीन लाख वेबसाइट बन्द गर्दैछौँ -सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौन सम्बन्धित थप तीन लाख वेबसाइट बन्द गरिने बताएका छन्। आइतबार बेथानचोक गाउँपालिका–२, गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन) एक्सचेन्जको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भने, ‘पच्चीस लाख अश्लील वेबसाइट बन्द गर्‍यौँ, क्रमैसँग अब यस्तै खालका थप तीन लाख वेबसाइट बन्द गर्दैछौँ ।’ इन्टरनेटको पहुँचसँगै अश्लील वेबसाइटले विकृत ...

Read More »

मोबाइल फोन लाग्ने समयको आधारमा सबै कम्पनी ‘फेल’, मोबाइल इन्टरनेट सेवामा भने स्मार्ट अगाडी

काठमाडौँ । मोबाइल सेवा प्रदायक कम्पनीहरुको मोबाइल फोन कल स्थापित हुन लाग्ने समयको आधारमा तीन वटै सेवा प्रदायकहरु असफल भएका छन् । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल सेवाको गुणस्तर परीक्षण रिपोर्टअनुसार नेपाल टेलिकम एनसेल र स्मार्ट टेलिकम तीन वटै कम्पनीहरुको फोन कल तोकेको स्तर भन्दा अधिक भएको देखिएको छ । प्राधिकरणको सो रिपोर्टअनुसार नेपाल टेलिकमको कल स्थापित हुन लाग्ने ...

Read More »

टेलिकम प्रबन्ध निर्देशक कामिनीले बुझाईन् स्पष्टिकरणको जवाफ, के छ जवाफको विवरण ?

काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले आइतवार स्पष्टिकरण पत्रको जवाफ पेश गरेकी छिन् । टेलिकम प्रबन्ध निर्देशक राजभण्डारीले शुक्रबार सरकारले सोधेको स्पष्टिकरणसहितको प्रश्नको जवाफ संचार तथा सूचना प्रविधि मन्त्रालयमार्फत बुझाएकी हुन् । उनले सरकारले सोधेको प्रश्नको जवाफसहित स्पष्टिकरणको पत्र बुझाएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए । ‘उहाँले आज मन्त्रालयमा स्पष्टिकरण पत्रको जवाफ बुझाउनुभएको छ, सो ...

Read More »

इन्टरनेट सेवामा बढेको मूल्य फिर्ता, ग्राहकसँग मर्मत शुल्क उठाउन पाउने सहमति

काठमाडौं । इन्टरनेट सेवामा बढेको मूल्यलाई समायोजन गरेर फिर्ता गर्ने सहमति भएको छ । सरकारले इन्टरनेटको लागतको बारेमा अध्ययन गर्नको लागि बनाएको कार्यदलमा बढेको मूल्य फिर्ता गर्ने सहमति भएको हो । सरकारले चालू आर्थिक वर्षदेखि इन्टरनेटमा पनि दूरसंचार सेवा शुल्क लगाएपछि इन्टरनेटमा १४.६५ प्रतिशतसम्मको शुल्क वृद्धि भएको थियो । सरकारले गठन गरेको इन्टरनेट सेवाको मूल्य समायोजन सिफारिश गर्न गठित समितिको ...

Read More »

यी हुन दूरसंचार सेवा शुल्क लाग्ने र शुल्क नलाग्ने सेवाहरु, तपाईँलाई थाहा छ ?

काठमाडौं । सरकारले साउन १ गतेदेखि इन्टरनेट सेवालगायत अन्य दूरसंचार सेवाहरुमा १३ प्रतिशत दूरसंचार सेवा शुल्क लगाएपछि नेपाली प्रयोगकर्ताहरुले महंगोमा दूरसंचार सेवा चलाउनुपरिरहेको छ । यसअघि दूरसंचार सेवा शुल्कभन्दा बाहिर राखिएको इन्टरनेटमा पनि सेवा शुल्क लगाएपछि यसले निकै चर्चा पाएको छ । अधिकांश प्रयोगकर्ताहरुले इन्टरनेट महंगो भएको गुनासो गरिरहेपछि अन्य दूरसंचार सेवाहरु पनि महंगिएको छ । तर नेपाली प्रयोगकर्ताहरुलाई कुन ...

Read More »

इन्टरनेटमा बढेको कर बारे संचार मन्त्रीसँग छलफल गर्दै व्यवसायीहरु, घट्ला त शुल्क ?

काठमाडौं । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसंचार सेवा शुल्क लगाएपछि साउन १ गतेदेखि नेपाली प्रयोगकर्ताहरुले महंगोमा इन्टरनेट सेवा चलाउनु परिरहेको छ । सरकारले बजेटमार्फत नै इन्टरनेट सेवामा पहिलो पटक दूरसंचार सेवा शुल्क लगाएपछि यसले प्रयोगकर्ताहरुले निकै विरोध गरिरहेका छन्। अहिलेका दूरसंचार सेवा शुल्क १३ प्रतिशत र त्यसमा लाग्ने १३ प्रतिशत भ्याटका कारण इन्टरनेट सेवा कम्तिमा १४.६९ प्रतिशतले  मूल्यवृद्धि भएको ...

Read More »

संचार मन्त्री बाँस्कोटाले भने-इन्टरनेट सेवा शुल्क बढाउने पक्षमा छैन

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफू इन्टरनेटको सेवा शुल्क बढाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले इन्टरनेट सेवा शुल्क बढाउने कि नबढाउने भन्ने विषयमा तत्काल निर्णय गर्न आफ्नो मन्त्रालय र सचिवलाई सचेत समेत गराएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘प्रवक्ता र सूचना अधिकारीहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले निजी ...

Read More »