सामसुंगको ग्यालेक्सी एस सेभेन आउँदै, थ्रीडी टच लाइक फीचर हुनसक्ने

Technology Khabar २९ कार्तिक २०७२, आईतवार

सामसुंगको ग्यालेक्सी एस सेभेन आउँदै, थ्रीडी टच लाइक फीचर हुनसक्ने

काठमाडौं ।

काठमाडौं, २९ कात्तिक । कोरियन ग्याजेट निर्माता कम्पनी सामसुंगले आफ्नो आउन लागेको प्रिमियम स्मार्टफोन सामसुंग ग्यालेक्सी एस सेभेन (Samsung Galaxy S7) आगामी फेब्रुअरीमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीको आउने यो स्मार्टफोनको बारेमा बजारमा निकै चर्चा परिचर्चा शुरु भएको छ । सामसुंगले यो फोन सन् २०१६ फेब्रुअरी २१ तारिखमा सार्वजनिक गर्न लागेको हो । कम्पनीले आगामी वर्ष स्पेनको बार्सिलोनामा आयोजना हुने मोबाइल वल्र्ड कंग्रेस शुरु हुनुभन्दा अघिल्लो दिन नै यो स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको अनुमान गरिएको छ ।

तर ग्याजेट्सहरुको बारेमा समाचार लीक गर्ने इभलीक्स (@evleaks) ले सामसुंग ग्यालेक्सी एस सेभेन यसअघि नै अमेरिकामा एटी एण्ड टीमा यसअघि नै परिक्षण भईसकेको जानकारी दिएको छ । इभलीक्सका इभान ब्लासले ग्यालेक्सी एस सेभेन तथा ग्यालेक्सी एस सेभेन एजको एसएम जी९३०ए तथा एसएम जी ९३५ए मोडलको परिक्षण एटी एण्ड टी (AT&T) मोबाइल क्यारियरमा परिक्षण भईसकेको जानकारी चुहाएका छन् ।

सामसुंगको यो स्मार्टफोनको बारेमा अधिक जानकारी नभएपनि विभिन्न अनुमान र सुचनाहरु भने बाहिर आईरहेका छन् ।

यो स्मार्टफोनमा ५.७ इन्चको क्यूएचडी (QHD) क्वालिटीको डिस्प्ले हुनेछ जसको रिजोल्यूशन २५६०X१४४० पिक्सेल रहनेछ । main

खबरहरुकाअनुसार यो नयाँ फ्ल्याशिप फोन दुई वटा अलग प्रोसेसरहरुका साथमा आउनेछ । एउटामा साइनोज ८८९० चीपसेट प्रयोग गरिनेछ भने अर्कोमा स्न्यापड्रयागन ८२० चीपसेट प्रयोग हुने छ । केहि रिपोर्टअनुसार आधाजस्तो ग्यालेक्सी एस सेभेन स्मार्टफोनमा कम्पनीकै आफ्नै साइनोज ८८९० चीपसेट राखिनेछ भने बाँकी आधा फोनमा स्न्यापड्रयाडन ८२० चीपसेट हुनेछ ।

म्याग्नेसियमद्धारा बनाईने यो डिभाइसमा टाईप सी यूएसबी पोर्ट (Type C USB Port) हुनेछ भने थ्रीडी टच लाइक (3D Touch Like) फीचर हुनसक्नेछ ।

यो फोनमा ४ जीबीको र्याम तथा ६४ जीबीको इन्टरनल स्टोरेज रहने अनुमान छ भने यो फोनमार्फत मेमोरी कार्ड स्लट पनि राखिने अनुमान गरिएको छ ।samsung-galaxy s7

त्यस्तै फोनमा २० मेगापिक्सेलको रियर क्यामरा तथा ड्यूल सेन्सर सेटअपका साथमा ८ मेगापिक्सेल र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनसक्नेछ ।

कनेक्टिभिटीका लागि यसमा फोरजी एलटिई, वाईफाई ८२०, ब्लूटूथ ४.१ लगायतका अप्शन हुनेछन् । एजेन्सीको सहयोगमा

easy care

प्रकाशित: २९ कार्तिक २०७२, आईतवार

ताजा समाचार