सामसुंगको ग्यालेक्सी जे ३ बजेट फोन आउँदै, ललीपपमा आधारित हुने

Technology Khabar १९ कार्तिक २०७२, बिहीबार

सामसुंगको ग्यालेक्सी जे ३ बजेट फोन आउँदै, ललीपपमा आधारित हुने

काठमाडौं ।

काठमाडौं, १९ कात्तिक । बजेट फोन सिरिजको रुपमा सामसुंगले जे सिरिजका दुईवटा स्मार्टफोन विश्व बजारमा सार्वजनिक गरिसकेको छ । विकाशसिल मुलुकहरुको बजारलाई ध्यानमा राखेर कम्पनीले जे सिरिजका स्मार्टफोनहरु ल्याएको हो ।

कम्पनीले केहि समय अघि भारतबाट नै दुई नयाँ बजेट स्मार्टफोन ग्यालेक्सी अन ५(On5) तथा ग्यालेक्सी अन ७(On7) सार्वजनिक गरेको छ । कम्पनीले फेरी जे सिरिजको नयाँ बजेट फोन जे थ्री छिटै सार्वजनिक गर्ने तयारी गरेको छ ।MobilesKhabar_2

सामसुंगको ग्यालेक्सी जे सिरिजको जे थ्री (Galaxy J3) स्मार्टफोन हालै जीएफएक्सबेन्चमा (GFXBench) देखिएको छ जुन चीनमा टेना (TEENA) र थ्री सीमा (3C) पनि देखिसकेको थियो ।

सामसुंगको ग्यालेक्सी जे टूको निरन्तरता नै जे थ्री आउन लागेको हो । जीएसएम एरेनाकाअनुसार टेनामा देखिएको जानकारीअनुसार जे थ्रीमा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ । यसमा ६४ बिटको स्न्यापड्रयागन ४१० प्रोसेसर राखिएको जीएफएक्सबेन्चमा उल्लेख छ ।MobilesKhabar_3

यो स्मार्टफोन ५ इन्चको एचडी ओएलईडी डिस्प्ले राखिएको छ भने यसमा १ जीबीको र्याम हुनेछ । त्यस्तै यसमा ८ जीबीको इन्टरनल स्टोरेज राखिएको छ जसलाई बढाउन सकिन्छ । यसमा ८ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।

जानकारीअनुसार यो फोनमा एन्ड्रोयको ललीपप ५.१.१ भर्सन राखिएको छ भने यो फोन १४० ग्राम तौल तथा ७.९ मिलिमीटर मोटाइको छ । सामसुंग जेथ्रीमा २६०० एमएएचको ब्याट्री क्षमता हुनेछ ।

सामसु‌ंग जे थ्री कम्पनीको पहिलो फोरजी स्मार्टफोन हो ।

easy care

प्रकाशित: १९ कार्तिक २०७२, बिहीबार