६ जीबी र्याम भएका स्मार्टफोन आउनसक्ने, सामसुंगद्धारा १२ जीबी र्यामको व्यवसायीक उत्पादन

Technology Khabar २३ भाद्र २०७२, बुधबार

६ जीबी र्याम भएका स्मार्टफोन आउनसक्ने, सामसुंगद्धारा १२ जीबी र्यामको व्यवसायीक उत्पादन

काठमाडौं ।

काठमाडौं, २३ भदौ । अहिले करिब करिब ४ जीबी र्याम भएका स्मार्टफोनहरु धमाधम सार्वजनिक भईरहेका छन् । यो आधारमा हेर्दा पनि आगामी दिनमा नयाँ ढंगले हेर्नुपर्ने समय आईसकेको छ । यसै विषयलाई ध्यानमा राखेर सामसुंग कम्पनीले थप क्षमताको र्याम उत्पादन गर्ने काम शुरु गरिसकेको छ ।

कोरियाली कम्पनी सामसुंगले अहिलेदेखि नै यो उद्योगको पहिलो १२ जीबीको मोबाइल डिआरएएम चीप (6GB Mobile DRAM Chip) को मास प्रोडक्सन अर्थात पर्याप्त मात्रामा व्यवसायीक उत्पादन शुरु गरिसकेको छ । कम्पनीले १२ जीबीको र्यामको उत्पादनलाई ६ जीबीको दुई वा ३ जीबीको चार प्याकेजमा ल्याउने तयारी गरेको हो । याे अाधारमा कम्पनीले ६ जीबीकाे र्याम उत्पादन शुरु गरेको हो ।

कम्पनीको ट्वान्टि नानोमिटर(20-nanometer) प्रविधिमा आधारित रहेको १२ जीबी उच्च क्षमताको मोबाइल र्यामले २० नानोमिटरमा नै आधारीत पछिल्लो ८ जीबीको एलपीपीडिडिआर४ (8GB LPPDDR4) र्यामभन्दा २० प्रतिशत कम उर्जा खपत गर्दछ । त्यसैगरी यो र्याम ४.२ जीबीपीएस (4.2Gbps) को हाराहारीमा रहेर ३० प्रतिशत अधिक छिटो संचालन हुन्छ ।

सामसुंगले नयाँ १२ जीबी मोबाइल डिआरएएम(12GB DRAM) मोडूल्स जुन ६ जीबीको प्याकेज जस्तै गरी ३ जीबीको एलपीडिडिआर फोर प्याकेजमा अटाउने बताएको छ, यो मोबाइल फोन निर्माताहरुका लागि निकै ठूलो समाचार हो । कम्पनीले आगामी दिनमा १२ जीबी/८जीबी/६ जीबी र ४ जीबीको उत्पादन लाइनअप तयार गर्ने बताएकोछ, जसले मेमोरी बजारमा सामसुंगको प्रिमियम हिस्सा बढाउन सहयोग गर्दछ ।

सामसुंगले मोबाइल मेमोरीको अनपेक्षित लाभका कारण, आगामी दिनमा स्मार्टफोन तथा ट्याबलेटबाट एप्लिकेसनहरुको विस्तार हुँदै अल्ट्रा स्लीम पर्सनल कम्प्यूटर्स, डिजिटल एप्लिकेसन्स् तथा अटोमोटिभ डिभाइसेजमा पनि विस्तार हुने अपेक्षा गरेको छ ।

Global Bank
easy care

प्रकाशित: २३ भाद्र २०७२, बुधबार

ताजा समाचार