सामसंगको वायरलेस डिभाइस ‘गियर आइकनएक्स’, हर्ट रेट थाहा पाउन सकिने

Technology Khabar २ श्रावण २०७३, आईतवार

सामसंगको वायरलेस डिभाइस ‘गियर आइकनएक्स’, हर्ट रेट थाहा पाउन सकिने

काठमाडौं ।

काठमाडौं, २ साउन । सामसंगले पहिलो वायरलेस एक्टिभिटी ट्रयाकिंग ईयरबड विभिन्न मुलुकहरुमा सार्वजनिक गरेको छ । कम्पनीले सबैभन्दा पहिले यो डिभाइस दक्षिण कोरियामा सार्वजनिक गरेको हो ।

सामसंगले सार्वजनिक गरेको गियर आइकन एक्स (Gear IconX) अब कोरियासहित बेलायत, फ्रान्स, जर्मनी, रसिया, क्यानाडा र अस्ट्रेलियामा पनि उपलब्ध हुनेछ । कम्पनीले आगामी दिनहरुमा वायरलेस एक्टिभ ट्रयाकिंग ईयरबड्स (Wireless Active Tracking Earbuds) विश्वका अन्य मुलुकहरुमा पनि सार्वजनिक गर्ने जानकारी दिएको छ ।

गियर आइकन एक्स कम्पनीले सार्वजनिक गरेको नयाँ किसिमको वायरलेस फिटनेस डिभाइस हो । यसमा कानमा लगाउन सकिने हर्ट रेट मनिटर (Heart rate monitor) छ भने यसमा अलग्गै प्रयोग गर्न सकिने म्यूजिक प्लेयरको कार्य गर्न सक्दछ । यसमा ४ जीबीको आन्तरिक स्टोरेज राखिएको छ जसले १,००० वटा एमपी थ्री फर्म्याटको गितहरु स्टोर गर्न सक्दछ ।

गियर आइकनएक्सले विभिन्न फिटनेस डाटाहरु ट्रयाक गर्न र तत्काल पृष्ठपोषण गर्न सक्ने क्षमताको छ । यसले स्पीड, ड्यूरेसन, डिस्टान्स, हर्ट रेट र क्यालोरि खपतको अवस्था जुन एस हेल्थसँग सिन्क्रोनाइज भएर जानकारी दिन्छ ।

गियर आइकन एक्स ब्ल्याक, ह्वाइट र ब्लूक कलर अप्सनमा उपलब्ध हुनेछ । यो वेयरेबल डिभाइस कुनैपनि एन्ड्रोयड ४.१ भर्सनका साथमा १.५ जीबी र्याम भन्दा माथिको एन्ड्रोयड डिभाइसमा प्रयोग गर्न सकिन्छ । त्यस्तै यो डिभायस ब्लूटूथ ४.१ भर्सन प्रयोग गरिरहेको स्मार्टफोनमा कनेक्ट गर्न सकिन्छ ।

स्रोत माध्यम

easy care

प्रकाशित: २ श्रावण २०७३, आईतवार