सामसंग ग्यालेक्सी जे ७ प्राइम तथा जे ५ प्राइम बजारमा आउँदै, मिड रेन्जका फोनमा फिंगरप्रिन्ट

Technology Khabar ११ आश्विन २०७३, मंगलवार

सामसंग ग्यालेक्सी जे ७ प्राइम तथा जे ५ प्राइम बजारमा आउँदै,  मिड रेन्जका फोनमा फिंगरप्रिन्ट

काठमाडौं ।

काठमाडौं, ११ असोज । सामसंगले जे सिरिजका नयाँ स्मार्टफोनहरु बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले दशैंको शुरुवातसँगै नेपाली बजारमा ग्यालेक्सी जे सेभेन प्राइम (Galaxy J7 Prime) तथा जे फाइभ प्राइम (J 5 Prime) स्मार्टफोन ल्याउने तयारी गरेको हो ।

सामसंगले मिड रेन्जका यी स्मार्टफोनहरु केहि समय अघि भृकुटिमण्डपमा आयोजना भएको क्यान कमटेकमा प्रदर्शनमा राखेको थियो । कम्पनीले यी दुबै स्मार्टफोनहरु कमटेकमा प्रदर्शन गरेपनि यो फोन अहिलेसम्म बजारमा औपचारिकरुपमा आएको छैन् ।

ग्यालेक्सी जे सेभेन प्राइम तथा जे फाइभ प्राइम भारतीय बजारमा पनि केहि दिन अघि मात्र सार्वजनिक भएका थिए, जुन फोन विश्व बजारमा यहि सेप्टेम्बरमा मात्र सार्वजनिक गरिएका हुन् ।

यी स्मार्टफोनले चाडवाडको अवसरमा सामसंगको स्मार्टफोन बजार बढाउन सहयोग पुर्याउने अनुमान गर्न सकिन्छ । मिड रेन्जका स्मार्टफोनमा फिंगरप्रिन्टका साथै यसको स्पेशिफिकेसनले यसलाई निकै आकर्षक फोनको रुपमा कम्पनीले ल्याउन लागेको छ । यी दुई नयाँ फोनहरुले सामसंगले पछिल्ला दिनहरुमा गुमाउँदै गएको नेपाली फोन बजार हिस्सामा आफ्नो वर्चश्व पुन कायम गर्ने अनुमान गर्न सकिन्छ ।

सामसंग ग्यालेक्सी जे ७ प्राइमको मूल्य करिब २८ हजार रुपैंया तथा जे ५ प्राइमको मूल्य करिब २५ हजार रुपैंया हाराहारी हुने अनुमान गरिएको छ । छिमेकी बजार भारतमा जे सेभेन प्राइमको मूल्य भारु १८,७९० छ भने जे फाइभ प्राइमको मूल्य भारु १४,७९० रहेको छ ।

ग्यालेक्सी जे ७ प्राइम

ग्यालेक्सी जे सेभेन प्राइममा ५.५ इन्चको फूलएचडी डिस्प्ले रहेको छ भने कोर्निंग गोरिल्ला ग्लास ४ द्धारा सुरक्षित पारिएको छ ।

यो स्मार्टफोनमा कम्पनीको आफ्नै एक्सनोज ७८७० अक्टा कोर १.६ गीगाहर्जमा चल्ने कोर्टेक्स ए ५३ प्रोसेसर राखिएको छ । फोनमा ३ जीबीको र्याम तथा १६ जीबीको आन्तरिक स्टोेरेज छ जसलाई बढाएर २५६ जीबीसम्म पुर्याउन सकिन्छ ।galaxy-j7-prime_02

यसमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ भने ३,३०० एमएएचको ब्याट्री रहेको छ ।

यो स्मार्टफोनको मूख्य विशेषता भनेको यसमा राखिएको फिंगरप्रिन्ट सेन्सर हो । यसअघि सामसंगले सस्ता र मिड रेन्जका स्मार्टफोनहरुमा फिंगरप्रिन्ट राखेको छैन् । फिंगरप्रिन्ट हालसम्म फ्ल्यागशिप मोडलहरुमा मात्र रहेको थियो ।

ग्यालेक्सी जे ५ प्राइमgalaxy-j5-prime_01

यो फोनमा ५ इन्चको एचडी डिस्प्ले राखिएको छ । यसमा १.४ गीगाहर्जको क्वाड कोर कोर्टेक्स ए ५३ प्रोसेसर राखिएको छ । फोनमा २ जीबीको र्याम तथा १६ जीबीको स्टोरेज छ जसलाई बढाएर २५६ जीबीसम्म पुर्याउन सकिन्छ ।

फोनमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । एन्ड्रोयडको ६.० मार्शमाल्लो भर्सनमा आधारित फोनमा २,४०० एमएएचको ब्याट्री राखिएको छ ।galaxy-j5-prime_02

उल्लेखित दुबै स्मार्टफोनहरु ड्यूल सिम, फोरजी सपोर्टलगायतका विशेषताहरु रहेका छन् ।

पछिल्लो दिनमा ग्यालेक्सी नोट सेभेनको कारण बजार हिस्सा गुमाउन पुगेको सामसंगलाई विकासोन्मुक मुलुकका बजारमा यी फोनहरुले थोरै भएपनि राहत दिने अनुमान गर्न सकिन्छ ।

easy care

प्रकाशित: ११ आश्विन २०७३, मंगलवार

ताजा समाचार