Technology Khabar १० असार २०७३, शुक्रबार
काठमाडौं ।
काठमाडौं, १० असार । सामसुंगले हालै नयाँ नोटबुक सेभेन स्पीन (Notebook 7 Spin) घोषणा गरेको छ । यो नोटबुक विण्डोज १०मा आधारित फोल्डेबल ल्यापटप हो ।
सामसुंगले ल्याएको फोल्डेबल ल्यापटपलाई ट्याबलेटको रुपमा कन्भर्ट गरेर प्रयोग पनि गर्न सकिन्छ ।
कम्पनीले नोटबुक सेभेन स्पीनको दुईवटा साईजका संस्करणहरु घोषणा गरेको छ । जसमध्ये पहिलो १३.३ इन्चको स्क्रीन सहितको छ, जसको पिक्चर रिजोल्यूशन १०८० पिक्सेल रहेको छ भने अर्को १५.६ इन्चको रहेको छ, जसको पिक्चर रिजोल्यूशन पनि १०८० नै रहेको छ । दुबै भेरिएन्ट टचस्क्रीन डिप्लेसहितका हुन् ।
सानो स्क्रीन भएको नोटबुक सेभेन स्पीनमा इन्टेलको कोर आई फाईभ (Intel Core i5) प्रोसेसर राखिएको छ भने १५.६ इन्च स्क्रीन संस्करणमा इन्टेल कोर आई सेभेन (Intel Core i7) प्रोसेसरका साथमा एनभिडिए ९४० एमएक्स जीपीयू रहेको छ ।
दुवै ल्यापटपहरुमा यूएसबी टाईपसी पोर्ट, तीनवटा यूएसबी टाईप ए पोर्टहरुका साथमा इथरनेट पोर्ट राखिएको छ ।
सामसुंगको १३.३ इन्चको कन्भर्टिबल ल्यापटपमा ८ जीबीको र्याम छ भने अर्को १५.६ इन्चमा १२ जीबी अथवा १६ जीबीको र्याम राखिनेछ ।
माथिल्लो तहको ल्यापटपहरुमध्ये पहिलो संस्करणमा १२८ जीबीको कार्ड तथा अर्कोमा १ टेराबाईटको स्टोरेज राखिएको छ ।
दुबै ल्यापटपहरु फास्ट चार्जिंग प्रविधिसहित उपलब्ध हुनेछन्, जसले गर्दा प्रयोगकर्ताले २० मिनेटको चार्जमा करिब २ घण्टासम्म प्रयोग गर्न सक्नेछन् ।
नोटबुक सेभेन स्पीन अमेरिकामा वेस्ट वाई तथा सामसुंग डटकम मार्फत जून २६ देखि खरिद गर्न सकिनेछ । यसको शुरु मूल्य ७९९ अमेरिकी डलर तोकिएको छ ।
प्रकाशित: १० असार २०७३, शुक्रबार