सामसंग ग्यालेक्सी नोट सेभेनमा ड्यूल एज कर्ब्ड डिस्प्ले

Technology Khabar २८ असार २०७३, मंगलवार

सामसंग ग्यालेक्सी नोट सेभेनमा ड्यूल एज कर्ब्ड डिस्प्ले

काठमाडौं ।

काठमाडौं, २८ असार । सामसंगको नयाँ फ्ल्यागशिप नोट आउने समय नजिकहुँदै गर्दा यसको नयाँ तस्विर सार्वजनिक भएकोछ । सामसंग ग्यालेक्सी नोट सेभेनको (Samsung Galaxy Note 7) तस्विर पहिलो पटक सार्वजनिक भएको छ ।

ग्यालेक्सी नोट सेभेनको तस्वीर र यसअघि प्रेसमा सार्वजनिक भएको तस्विर एक आपसमा मेल खान्छ । यो आधारमा यो नोट सेभेनका पहिलो लाइभ इमेज हो भनेर भन्न सकिन्छ । त्यसैगरी यसका साथमा थप तस्विरहरु पनि अनलाइनमा लीक भएका छन् ।galaxy-note-7-leaked-3

ग्यालेक्सी नोट सेभेन ५.७ इन्चको ड्यूल एज कर्ब्ड डिस्प्लेसहित बजारमा आउनेछ । यो नोट ह्याण्डसेटमध्ये पहिलो एज भर्सनको फोन हुनेछ । यसको नयाँ मोडलको अगाडिको प्यानलको माथिल्लो भागमा आइरिस स्क्यानर हुने अनुमान छ ।

हाल सार्वजनिक भएका नोट सेभेनका फोटोहरु केबल प्रोटो टाइप फोनका मात्र हुनसक्नेछ । तर यसपछि नै फोन उत्पादन गरिन्छ । यो स्मार्टफोन यहि अगस्ट २ तारिखमा आधिकारिक रुपमा सार्वजनिक हुनेछ । यो फोनको वृहत उत्पादन भने यहि महिना शुरु हुने संभावना रहेको छ ।galaxy-note-7-leaked-1

यसमा क्यूएचडी एमोलेड टचस्क्रीन राखिने चर्चा छ भने सामसंगको आफ्नै चीपसेट एक्सनोज८८९३ अथवा हालै सार्वजनिक भएको क्वालकमको स्न्यापड्रयागन८२१ हुनेछ । यो स्मार्टफोन ४ जीबी वा ६ जीबी र्याम तथा एस सेभेन सिरिजमा भएको स्तरको क्यामराहरु हुनेछ ।

माध्यम १ माध्यम २

easy care

प्रकाशित: २८ असार २०७३, मंगलवार

ताजा समाचार