पेय पदार्थ उत्पादक पेप्सीले स्मार्टफोन ल्याउने, ५.५ इन्च डिस्प्ले भएको ‘पेप्सी पी वान’

Technology Khabar २७ आश्विन २०७२, बुधबार

पेय पदार्थ उत्पादक पेप्सीले स्मार्टफोन ल्याउने, ५.५ इन्च डिस्प्ले भएको ‘पेप्सी पी वान’

काठमाडौं ।

काठमाडौं, २७ असोज । पछिल्ला दिनहरुमा स्मार्टफोनको बजार र उपयोगमा द्रूतरुपमा विकास र बिस्तार हुँदै आएको छ । यहि बजारलाई अवसरको रुपमा उपयोग गर्न पेप्सीले पछिल्ला दिनहरुमा ध्यान केन्द्रित गरिरहेको समाचार सार्वजनिक भएको छ ।

विश्वको सबैभन्दा ठूलो पेय पदार्थ उत्पादक कम्पनीमध्येको एक पेप्सीले स्मार्टफोन उत्पादन गर्ने भन्दा तपाईँलाई आश्चार्य लाग्न सक्दछ । तर यो कुरा सत्य हो । हल्का पेय पदार्थ उत्पादक कम्पनी पेप्सी कम्पनीले केहि महिनाभित्रै स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

समाचार एजेन्सी रोयटर्सकाअनुसार पेप्सी कम्पनी (PepsiCo Inc) ले चीनमा आगामी केहि महिनाभित्रै मोबाइल र एसेसरिजको श्रृंखलाहरु सार्वजनिक गर्नका लागि त्यसको लाईसेन्सींग पार्टनरसँग काम गरिरहेको छ ।

फुड एण्ड वेभरेज कम्पनीले जे भएता पनि मोबाइल उत्पादन व्यवसायमा जाने कुनै योजना भने नभएको कम्पनीका प्रवक्ताले जानकारी दिएकी छिन् ।
‘चीनमा मात्र उपलब्ध हुनेछ, यो प्रयास हालै विश्वव्यापीरुपमा पेप्सीका लत्ताकपडा तथा एसेसरिजहरुसहितको उत्पादनहरु जस्तै हो ।’ उनले भनिन् ।

पेप्सीको नयाँ फोनको नाम पेप्सी पी वान (Pepsi P 1) हुने टेकसाइट मोबीपीकरले पहिलो पटक जानकारी दिएको हो । यो उच्च तहको स्मार्टफोन भने नभएको बताईएको छ ।

पेप्सी पी वान स्मार्टफोनमा १.७ गीगाहर्जको मिडिया टेकको एमटी ६५९२ चीपसेट रहने छ भने यसमा २ जीबीको र्याम तथा १६ जीबीको थप गर्न सकिने इन्टरनल स्टोरेज राखिने छ । यो स्मार्टफोनमा ५.५ इन्चको १०८० पीक्सेलसहितको डिस्प्ले राखिएको छ ।

यो स्मार्टफोनमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । यसमा ३,००० को ब्याट्री हुने बताईएको छ । पेप्सी पी वान एन्ड्रोयडको ललीपप ५.१ भर्सनमा आधारित रहेको छ ।

चीनमा सार्वजनिक गरिने यो स्मार्टफोनको मूल्य करिब २०५ अमेरिकी डलर पर्ने अनुमान गरिएको छ ।

Global Bank
easy care

प्रकाशित: २७ आश्विन २०७२, बुधबार

ताजा समाचार