Technology Khabar १९ असार २०७४, सोमबार
काठमाडौं ।
काठमाडौं, १९ असार । वान प्लसको नयाँ फ्ल्यागशिप स्मार्टफोन वानप्लस ५ (OnePlus 5) नेपालमा प्रि बुकिंगका लागि खुल्ला भएको छ ।
हालै विश्व बजारमा सार्वजनिक भएको यो स्मार्टफोन अनलाइन ई कमर्श साइट केमूमा प्रि बुकिंगका लागि उपलब्ध भएको छ ।
नेपालमा वान प्लसको आधिकारिक बितरक आइहब प्रालिले सोमबारदेखि केमू डटकम डट एनपीमा प्रि बुकिंग खुला गरेको हो । केमूमा आजदेखि शुरु भएको मोबाइल सप्ताहको अवसर पारेर वान प्लस ५ को प्रि बुकिंग शुरु गरेको हो ।
नेपाली बजारमा हाल ६ जीबी रर्याम भएको वान प्लस ५ स्मार्टफोन मात्र उपलब्ध हुनेछ ।
केमूमा वान प्लसको मूल्य ५९ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ भने यो स्मार्टफोन प्रि बुक गर्दा ४ हजार रुपैयाँ बराबरको केमू भौचर प्राप्त हुनेछ ।
यो स्मार्टफोन प्रि बुक गर्ने ग्राहकलाई यहि जूलाई १० तारिखमा फोन डेलिभरी गरिने उल्लेख छ ।
कम्पनीले प्रि बुकका लागि हाल ब्ल्याक कलर अप्सन मात्र राखेको छ ।
प्रकाशित: १९ असार २०७४, सोमबार