ओबी वर्ल्डफोन ब्राण्ड नेपाल भित्रियो, डिजाइनका ध्यान दिईएका आकर्षक फोनहरु आउँदै

Technology Khabar ३२ जेष्ठ २०७३, मंगलवार

ओबी वर्ल्डफोन ब्राण्ड नेपाल भित्रियो, डिजाइनका ध्यान दिईएका आकर्षक फोनहरु आउँदै
ओबी वर्ल्डफोनका विभिन्न मोडलहरु डिस्प्लेमा। तस्विरः मोाबाइल्सखबर

काठमाडौं ।

काठमाण्डौं, ३२ जेठ । नेपाली बजारमा ओबी वर्ल्डफोन (Obi worldphone) ब्राण्डको स्मार्टफोनहरु आउने भएको छ । अमेरिकाको क्यालिफोर्नियामा अवस्थित ओवी वर्ल्डफोन ब्राण्डको स्मार्टफोन स्टार्क टेक कम्पनीले स्थानिय बजारमा भित्र्याउन लागेको हो ।

ज्योती समूहअन्तर्गतको स्टार्क टेक (Starck Tech) कम्पनीले ओबीका मोबाइल फोनहरु नेपालमा आयात तथा बिक्री शुरु गर्न लागेको हो । कम्पनीले यहि बिहिबार एक कार्यक्रमकाबिच नयाँ ब्राण्डको औपचारिक घोषणा गर्नेछ ।

Obi-worldphone-02_MobilesKh
ओबी वर्ल्डफोनका मार्केटिंग एण्ड इनोभेसन तर्फका भ्वाइस प्रेसिडेन्ट अंकुश चटर्जी ब्गलर्स मिटमा जानकारी दिँदै । तस्विरः मोाबाइल्सखबर

ओबी वल्र्डफोन ब्राण्डमा कम्पनीले पहिलो पटक नेपालमा विभिन्न मोडलका स्मार्टफोनहरु ल्याउने छ । कम्पनीले पहिलो चरणमा ओबीको एसजे १.५ (Obi SJ1.5)  तथा एसएफ वान (Obi SF1) मोडल नेपाली बजारमा बिक्री शुरु गर्नेछ । यी दुबै फोनहरु मिडरेन्जको स्मार्टफोनहरु हुन् ।

ओबी वल्र्डफोन नेपालमा भित्र्याउन लागेको स्टार्क टेकले मंगलवार ब्लगर्स मिट गरेको छ । ब्लगर्स मिटमा ओबी वल्र्डफोनका मार्केटिंग एण्ड इनोभेसन तर्फका भ्वाइस प्रेसिडेन्ट अंकुश चटर्जीले नेपालमा बढ्दो स्मार्टफोनको बजारलाई हेरेर ओबी फोन ल्याउन लागिएको जानकारी दिए । उनले भने, ‘नेपालमा प्रिमियम तह र बजेट फोनको बिचमा रहेर नयाँ डिजाइनको फोन ल्याएका हौं ।’

हाल कम्पनीले ओबी ब्राण्डका दुईवटा मोडलहरु मात्र सार्वजनिक गर्ने भएपनि आगामी दिनमा नयाँ मोडलका फोनहरु पनि ल्याउने जानकारी दिएको छ । ओबी वल्र्डफोनका भ्वाइस प्रेसिडेन्ट चटर्जीले आगामी दिनमा अन्य उत्पादनहरु पनि आउने बताए । ‘हामी केहि महिनामा नै नयाँ उत्पादन नेपाली बजारमा ल्याउनेछौं,’ उनले भने ।

उनले नेपालमा विभिन्न ब्राण्डको प्रतिस्पर्धाका बिचमा पनि नयाँ डिजाइन र लूक्स भएको फोन ल्याएको बताए । ‘हामी ओबी वल्र्डफोनलाई डिजाइनमा आधारित स्मार्टफोनका रुपमा चिनाउन चाहन्छौं ।’

कम्पनीले ओबी वल्र्डफोनका बिक्रीका साथै बिक्रीपछिको सेवा पनि शुरु गर्ने जानकारी दिएको छ । ‘ग्राहक हाम्रा लागि सबैभन्दा महत्वपूर्ण हुन त्यसैले आफ्टर सेल्समा ध्यान दिने छौं ।,’ भ्वाइस प्रेसिडेन्ट चटर्जीले भने ।

ओबी वर्ल्डफोनका मार्केटिंग एण्ड इनोभेसन तर्फका भ्वाइस प्रेसिडेन्ट अंकुश चटर्जी ब्गलर्स मिटमा जानकारी दिँदै । तस्विरः मोाबाइल्सखबर
ओबी वर्ल्डफोनका मार्केटिंग एण्ड इनोभेसन तर्फका भ्वाइस प्रेसिडेन्ट अंकुश चटर्जी ब्गलर्स मिटमा जानकारी दिँदै । तस्विरः मोाबाइल्सखबर

ओबी वल्र्डफोनको दक्षिण एशियाली मुलुकहरु मध्ये नेपाल दोस्रो बजार हो । यसअघि यो ब्राण्ड छिमेकी मुलुक भारतमा सार्वजनिक भईसकेको छ ।

हाल नेपाली बजारमा भित्र्याईएको ओबी एसजे १.५ को बजार मूल्य १४ हजार ७ सय ९९ रुपैंया तथा एसएफ वानको २ जीबी र्याम तथा १६ जीबी स्टोरेज संस्करणको मूल्य २१ हजार ४ सय ९९ रुपैंया तथा ३ जीबी र्याम तथा ३२ जीबी स्टोरेज भएको फोनको मूल्य २६ हजार १ सय ९९ रुपैंया तोकेको छ । कम्पनीले केहि महिनाभित्रै नयाँ स्मार्टफोन ओबी एमभी वान (Obi MV1) पनि नेपालमा सार्वजनिक गर्नेछ ।

ओबी वर्ल्डफोनको एसएफ वान मोडल । तस्विरः मोाबाइल्सखबर
ओबी वर्ल्डफोनको एसएफ वान मोडल । तस्विरः मोाबाइल्सखबर

यो ब्राण्डका फोनहरु आजदेखि नै बिक्री च्यानलमा गईसकेको कम्पनी स्रोतले जानकारी दियो । ‘नेपालभरीको स्टोरहरुमा आजबाट नै उपलब्ध गराउने तयारीमा छौं,’ स्रोतले भन्यो ।

उता भ्वाइस प्रेसिडेन्ट चटर्जीले नेपालमा अनलाइन सेल्सको लागि पेमेन्टको समस्या भएको हुँदा हाल अफलाइन अर्थात रिटेल स्टोरहरुबाट मात्र बिक्री गर्ने जानकारी दिए ।

ओबी वल्र्डफोनकाे बारेमा

ओबी वल्र्डफोन कम्पनी एप्पलका पूर्व कार्यकारी अधिकृत जोन स्कलीले स्थापना गरेका हुन् । यो सन् २०१४ मा स्थापना हुँदा ओबी मोबाइल्सको नाममा रहेको थियो, जसलाई सन् २०१५ मा कम्पनीले आफ्नो नाम परिवर्तन गरेर ओबी वल्र्डफोन राख्यो । यसले एन्ड्रोयडमा अपरेटिंग सिस्टममा आधारित न्यून लागत भएका स्मार्टफोन बढ्दो बजारलाई ध्यानमा राखेर ल्याउने लक्ष्य राखेको छ ।

यसले विश्व बजारमा सबैभन्दा पहिले स्मार्टफोन सन् २०१५ मा आफैंले डिजाइन गरेको स्मार्टफोनहरु सार्वजनिक गरेको थियो भने सन् २०१६ फेब्रुअरीमा एमभी वान स्मार्टफोन ल्याएको विभिन्न न्यूज पोर्टलहरुमा उल्लेख छ । यसअघि कम्पनीले यूएईको स्थानिय कम्पनीसँगको सहकार्यमा विभिन्न मोडलका फोनहरु बनाएको थियो ।

ओबी वल्र्डफोनले हाल यूएई, थाईल्याण्ड, लातम क्षेत्र, यूके, भियतनामलगायतका मुलुकमा ध्यान केन्द्रित गरिरहेको छ । त्यस्तै यो स्मार्टफोन छिमेकी मुलुक भारतमा पनि उपलब्ध रहेकोछ ।

Global Bank
easy care

प्रकाशित: ३२ जेष्ठ २०७३, मंगलवार

ताजा समाचार