विश्वभर २० करोड डिभाइसमा माईक्रोसफ्ट विण्डोज १० प्रयोग

Technology Khabar २१ पुष २०७२, मंगलवार

विश्वभर २० करोड डिभाइसमा माईक्रोसफ्ट विण्डोज १० प्रयोग

काठमाडौं ।

काठमाण्डौं, २१ पुस । माइक्रोसफ्टले विश्वभर २० करोड सक्रिय डिभाइसहरुमा विण्डोज १० (Windows 10) प्रयोग भएको जानकारी दिएको छ । यो विवरण वासिंगटन डिसीमा रहेको कम्पनी रेडमोण्डले गत अक्टोबरमा दिएको रिपोर्टको ११ करोड भन्दा बढि हो ।

पछिल्ला तीन महिनाहरुमा नयाँ विण्डोज १० मा डिभाइसहरु थप गरेको थियो भने ब्ल्याक फ्राई डे (Black Friday) पछि मात्र ४० प्रतिशतभन्दा डिभाइसहरु सक्रिय गरिएको थियो ।

माइक्रोम्याक्सले लेखेको एक ब्लग पोस्टमा भनेको छ, विण्डोज १० द्रूतरुपमा वृद्धि भईरहेको अपरेटिंग सिस्टम हो । यो विण्डोज सेभेनभन्दा १ सय ४० प्रतिशत तथा विण्डोज ८ भन्दा ४०० गुणा बढि हो ।

कम्पनीले अर्को विषय पनि खुलासा गरेको छ, कम्पनीका ७६ प्रतिशतभन्दा बढि इन्टरप्राइज कस्टमरहरुले अहिले सक्रियरुपमा विण्डोज १० प्रयोग गरिरहेका छन् । त्यसैगरी विश्वभर प्रयोग भईरहेका कम्पनीको अपरेटिंग सिस्टम चलाउने डिभाइसहरुमध्ये इन्टरप्राइज तथा एजुकेशन कस्टमरहरुले २२ लाख प्रयोग गरिरहेका छन् ।

त्यसैगरी कम्पनीले धेरै जानकारीहरु पनि सार्वजनिक गरेको छ ।

Global Bank
easy care

प्रकाशित: २१ पुष २०७२, मंगलवार

ताजा समाचार