माइक्रोसफ्टको विण्डोज १० अन्तिम अपरेटिंग सिष्टम हुने

Technology Khabar २७ बैशाख २०७२, आईतवार

माइक्रोसफ्टको विण्डोज १० अन्तिम अपरेटिंग सिष्टम हुने

काठमाडौं ।

काठमाडौं, २७ वैशाख । माइक्रोसफ्टले विण्डोज १० लाई अन्तिम अपरेटिंग सिष्टम भएको घोषणा गरेको छ । माइक्रोसफ्टले विण्डोज १० लाई अन्तिम सिष्टम बताएपनि यसमा नयाँ अपडेट भने गरिरहनेछ तर अब पहिलेको जस्तो अपरेटिंग सिष्टमलाई नयाँ नाम भने दिईनेछैन् ।

माइक्रोसफ्टका कर्मचारी जेरी निक्सनले यो जानकारी दिँदै कम्पनीले विण्डोज १० प्लेटफर्ममा लगातार अपडेट पुश गरिरहनेछ । कम्पनीले यो अपरेटिंग सिष्टम प्रयोगकर्तालाई दुईवटा अपडेटको अप्शन दिने बताएको छ जसमा द्रूत अपडेट तथा बंडल्ड अपडेट नाम दिईएको छ ।

फाष्ट अपडेटको माध्यमबाट तत्काल अपडेट गर्न सकिनेछ भने बंडल्ड अपडेटको माध्यमबाट कम स्पीडमा निकै समय लगाएर अपडेट गर्न सकिनेछ ।

त्यसैगरी विण्डोज १० को एपलाई हरेक महिना आफैं अपडेट हुने गरि तयार गरिएको छ ।

पर्सनल कम्प्यूटरको लागि विण्डोज १० अपडेट यो वर्षको तेस्रो त्रैमासिकमा आउनेछ भने मोबाइलको लागि अपडेट गर्न यसपछि मात्र उपलब्ध हुनेछ । यो भर्सनलाई विण्डोज इन्साडर प्रोग्रामको माध्यमबाट डाउनलोड गर्न सकिनेछ । एजेन्सी

easy care

प्रकाशित: २७ बैशाख २०७२, आईतवार