एलजी ‘जी प्याड टू ८.३ एलटीई’ ट्याबको घोषणा, माइक्रोसफ्ट अफिस एप्स चलाउन सकिने एन्ड्रोयड ट्याब

Technology Khabar ८ पुष २०७२, बुधबार

काठमाडौं ।

काठमाण्डौं, ८ पुस । एलजीले ८ इन्च तथा १०.१ इन्च मोडलको ट्याबलेट सार्वजनिक गरेपछि अहिले ८.३ इन्च स्क्रीन साइजको नयाँ ट्याबलेट सार्वजनिक गरेको छ ।

कम्पनीले एलजी जी प्याड टू ८.३ एलटीई (LG G Pad II 8.3 LTE) ट्याबलेट सार्वजनिक गरेको हो । यो ट्यालबेटमा ८.३ इन्चको डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन १९२०X१२०० पिक्सेल रहेको छ ।

कम्पनीको यो ट्यालबेटमा १.५ गीगाहर्जको अक्टा-कोर क्वालकम स्न्यापड्रयागन ६१५ प्रोसेसर राखिएको छ । त्यसैगरी यसमा २ जीबीको र्याम तथा १६ जीबीको इन्टरनल स्टोरेज रहेको छ, जसलाई बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ ।MobilesKhabar_1

यो ट्याबमा अटोफोकस भएको ८ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।

एलजीको ट्याबलेट एन्ड्रोयडको ५.१.१ ललीपप भर्सनमा संचालन हुन्छ भने यसमा मार्शमाल्लो अपडेट गर्न सकिनेछ ।

ट्याबलेटमा कनेक्टिभीटिका लागि एलटीई, ब्लूटूथ ४.१ भर्सन, वाई-फाईलगायतका अप्शन रहेको छ भने यसमा २.० यूएसबी पोर्ट रहेको छ ।

यो ट्याबलेट ८.८ मिलिमीटर मोटाइ तथा ३६६ ग्राम तौल भएको छ भने यसमा ४८०० एमएएचको ब्याट्री राखिएको छ ।

एलजी जी प्याड टू ८.३ एलटीई ट्याबमा माइक्रोसफ्ट अफिस एप्स (Microsoft Office App) लगायतका केहि एप्स पहिले नै राखिएका हुनेछन् ।

यो ट्याबलेट हाल दक्षिण कोरियामा मात्र उपलब्ध हुनेछ भने स्थानिय कम्पनीहरुको सहकार्यमा एलजी यू प्लसले आजदेखि बिक्री शुरु गरेको छ । यो ट्याबको मूल्य कति हुने र यो अन्य देशहरुमा कहिलेदेखि उपलब्ध हुन्छ भन्ने कुनै जानकारी छैन् ।

प्रकाशित: ८ पुष २०७२, बुधबार

तपाइको प्रतिक्रिया