लेनोभोको फोरजी बजेट स्मार्टफोन आउनसक्ने, ५ इन्चको एचडी डिस्प्ले हुने

Technology Khabar १४ मंसिर २०७२, सोमबार

लेनोभोको फोरजी बजेट स्मार्टफोन आउनसक्ने, ५ इन्चको एचडी डिस्प्ले हुने

काठमाडौं ।

काठमाडौं, १४ मंसिर । केहि समय अघि मात्रै लेनोभो ले एक्स सिक्स स्मार्टफोन सार्वजनिक गरेको थियो भने अहिले कम्पनी नयाँ स्मार्टफोनमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ । लेनोभोले नयाँ बजेट स्मार्टफोन ल्याउने तरखर गरिरहेको जानकारी चीनिया सर्टिफिकेशन साइट टेनामा (TEENA) लीक भएको छ ।

लेनोभोले ल्याउन लागेको नयाँ फोनको मोडल हाल के३२सी३६ (K32c36) राखिएको छ । यो फोन लेनोभोको के सिरिजको हुनसक्ने अनुमान गरिएको छ । फोटोसहित टेनामा राखिएको जानकारीअनुसार यो स्मार्टफोनमा ५ इन्चको फूल एचडी १९२०X१०८० पिक्सेल रिजोल्यूशनसहितको डिस्प्ले हुनेछ ।Lenovo-K32c36-is-certified-by-TENAA-and-CCC1

नयाँ आउने स्मार्टफोनमा १.५ गीगाहर्जको अक्टाकोर प्रोसेसर हुनेछ भने यो एन्ड्रोयडको ललीपप ५.१ मा आधारित रहेर काम गर्नेछ । फोनमा २ जीबीको र्याम तथा १६ जीबीको आन्तरिक स्टोरेज हुनेछ भने यसलाई माइक्रो एसडी कार्डद्धारा ३२ जीबीसम्म बढाउन सकिनेछ ।

त्यसैगरी लीक भएको रिपोर्टअनुसार लेनोभोको के३२सी३६ स्मार्टफोनमा एलईडी फ्ल्याशसहितको १३ मेगापिक्सेलको रियर क्यामरा अथवा ८ मेगापिक्सेलको रियर क्यामरा हुनसक्नेछ भने फ्रन्ट क्यामरा ५ मेगापिक्सेलको हुनेछ । त्यसैगरी यसमा दुईवटा स्पीकर राखिएको छ । रिपोर्टअनुसार यो फोनको बडि मेटलको हुनेछ ।Lenovo-K32c36-is-certified-by-TENAA-and-CCC

यो स्मार्टफोनमा कनेक्टिभिटीका लागि फोरजी, ब्लूटूथ, माइक्रो यूएसबी, यूएसबी राखिनेछ । बजेट फोनको रुपमा आउनसक्ने यो स्मार्टफोन गोल्ड, सिल्भर, ब्ल्याक एण्ड ह्वाइट कलरमा बजारमा उपलब्ध हुनसक्नेछ ।

फोन ८.२ मिलिमीटर मोटाइको रहेको छ भने १४० ग्राम तौल रहेको छ ।

यो फोन यसअघि सुरक्षा जाँचका लागि अर्को सर्टिफिकेशन साइट थ्रीसीमा (3C) पनि लिस्ट गरिएको थियो । लेनोभोले यो स्मार्टफोन छिटै बजारमा सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

easy care

प्रकाशित: १४ मंसिर २०७२, सोमबार