सामसंग ग्यालेक्सी एस ८ को तस्विर बाहिर आयो, यस्तो छ फ्ल्यागशिप फोन

Technology Khabar १० फाल्गुन २०७३, मंगलवार

सामसंग ग्यालेक्सी एस ८ को तस्विर बाहिर आयो, यस्तो छ फ्ल्यागशिप फोन

काठमाडौं ।

काठमाडौं, १० फागुन । सामसंगले यहि मार्च २९ गते संभवत ग्यालेक्सी एस एट (Galaxy S8) सिरिजको स्मार्टफोन सार्वजनिक गर्दैछ । तर त्यसभन्दा अगाडि नै ग्यालेक्सी एस एटको तस्विर बाहिर आएको छ ।

चीनियाँ केस निर्माताले सार्वजनिक गरेको र चीनबाट आएको यो तस्विरमा सामसंगको नयाँ फ्ल्यागशिपको बारेमा जानकारी दिएको छ ।

यो डिभाइसको तस्विर हेर्दा यो फोन ड्यूल कभ्र्ड डिस्प्ले छ भने अगाडिको माथिल्लो भागमा अनेकौं सेन्सरहरु रहेका छन् । त्यसैगरी फ्रन्ट क्यामराका साथै आइरिस स्क्यानर पनि देखिन्छ ।

त्यसैगरी यसको तल्लो भागमा ३.५ एमएमको ज्याक, यूएसबी सि पोर्ट तथा स्पीकर रहेको छ ।

यसको सबैभन्दा महत्वपूर्ण भनेको यसको पावर डिस्प्ले हो यसमा यूएसक्स मेनु रहेको छ ।

यो फोनको सार्वजकि भएको तस्विरअनुसार यसमा अन स्क्रीन बटन पनि रहेको छ ।

सामसंगको ग्यालेक्सी एस एट स्मार्टफोन दुईवटा संस्करणमा आउनेछन यसमा पहिलो ५.७ इन्चको तथा एस एट प्लस (S8+) भर्सन ६.२ इन्चको स्क्रीनसहित हुनेछ । यो फोनमा स्न्यापड्रागन ८३५ राखिनेछ भने पछाडिको भागमा फिंगरप्रिन्ट स्क्यानर हुनेछ । त्यसैगरी यसमा बिक्स्बी एआई डेडिकेटेड बटन पनि राखिनेछ ।

माध्यम

easy care

प्रकाशित: १० फाल्गुन २०७३, मंगलवार