
काठमाडौं ।
काठमाडौं, २४ असार । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावे टेक्नोलोजिले हालै विश्व बजारमा सार्वजनिक गरेको हुवावे पी ८ (Huawei P8) स्मार्टफोन नेपालमा आउने भएको छ । हुवावेको उक्त मोबाइल असार २५ गतेदेखि बजारमा उपलब्ध हुने भएको छ ।
यो स्मार्टफोनले विश्व बजारमा सार्वजनिक भएको केहि महिनाभित्र नै नेपाली बजारमा उपलब्ध हुने भएको हो ।
हुवावेको पी ८ स्मार्टफोन हुवावेको पी श्रृंखलाको उपज हो । यो स्मार्टफोनमा कम्पनीले पछिल्ला आधुनिक प्रविधिलाई समेटेको छ ।
हुवावेले पी सिरिजलाई फेशन फोनको रुपमा ल्याउन थालेको कम्पनीले केहि समय अघि ल्याएको पी सिक्समा मेटल फ्रेमको रुपमा प्रस्तुत गरेको थियो भने कम्पनीको फ्ल्यागशिप फोनको रुपमा पी सेभेनले बजारमा राम्रो रेस्पोन्स हासिल गरेको थियो ।
कम्पनीको नयाँ स्मार्टफोन पी ८ यहि अप्रिल महिनामा थाइल्याण्डमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको थियो । पी ८ को डिजाइन कडा कभर पृष्ठका पुस्तकहरु संग्रहित हुने पुस्तकालयहरुको पुस्तैनी परम्परागत शैलीबाट उत्प्रेरित रहेको कम्पनीको भनाई छ ।
हुवावेको पी ८ स्मार्टफोन हिसिलिकन किरिन ९३०/९३५ चीपसेट प्रयोग गरिएको छ भने २ गीगाहर्जको कोर्टेक्स ए ५३ क्वाड कोर तथा १.५ गीगाहर्जको कोर्टेक्स ए ५३ सीपीयू राखिएको छ ।
यो स्मार्टफोनमा दुईवटा एलईडी फ्ल्याशका साथमा १३ मेगापिक्सेलको अटोफोकश रियर क्यामरा छ भने ८ मेगापिक्सेलको फ्रन्ट फेशिंग क्यामरा राखिएको छ । यसको रियर क्यामराले एचडी भिडियो खिच्न सक्ने बताईएको छ ।
यो स्मार्टफोनमा ५.२ इन्चको आईपीएस नियो एलसीडि क्यापासीटिभ टचस्क्रीन रहेको छ जसमा १०८०X१९२० पिक्सेल रिजोल्यूशन रहेको छ ।
हुवावे पी ८ मा ३ जीबीको र्याम तथा १६ र ६४ जीबीको दुई अप्शनमा उपलब्ध रहेको छ । जसलाई माइक्रो एसडीको माध्यमबाट बढाएर १२८ जीबी पुर्याउन सकिन्छ ।
फोरजी सपोर्ट गर्ने यो स्मार्टफोनको पछाडिको भागमा पनि कोर्निंग गोरिल्ला ग्लास ३ द्धारा सुरक्षित गरिएको छ ।
दुईवटा नानो सिम लाग्ने हुवावेको पी ८ स्मार्टफोनको मूल्य नेपाली बजारमा ५९ हजार ९ सय ९९ रुपैंयामा उपलब्ध हुने कम्पनी स्रोतले जानकारी दिएकोछ ।
भोलि कम्पनीले एक कार्यक्रमका बिच हुवावेको पी ८ स्मार्टफोन सार्वजनिक गर्दैछ । यो स्मार्टफोन भोलिदेखि नै बजारमा उपलब्ध हुने कम्पनी स्रोतको भनाई छ ।
प्रकाशित: २४ असार २०७२, बिहीबार