Technology Khabar ५ माघ २०७२, मंगलवार
काठमाडौं ।
काठमाडौं, ५ माघ । हुवावेको नयाँ आउन लागेको फ्ल्यागशिप स्मार्टफोन पी नाईन (P9) विभिन्न चार संस्करणमा आउने बताईएको छ ।
हालै आएको नयाँ रिपोर्टका अनुसार हुवावेले पी ९ को एउटा उच्च गुणस्तरको स्मार्टफोन ल्याउने छ भने त्यसका साथै अन्य तीन संस्करण भने बजेट मैत्री हुने उल्लेख गरेको छ ।
कम्पनीको योजनासँग जानकार रहेका एक व्यक्तिका अनुसार हुवावेले पी नाईनको स्ट्याडण्र्ड स्मार्टफोनसँगै पी ९ लाइट (P9 Lite) , पी नाइन म्याक्स (P9 Max) तथा अर्को नाम नराखिएको उच्च मध्यम तहको पी नाइन कै जस्तो स्मार्टफोन आउने छ । यसअघि पनि हुवावेको पी नाइन म्याक्स अनतूतूमा (An Tu Tu) देखिईसकेको थियो ।
तर हुवावेको पी नाइनको बारेमा विस्तृत जानकारी नभएपनि विभिन्न तथ्यहरु भने सार्वजनिक भएको भेन्चुरबीट डटकमले उल्लेख गरेको छ ।
रिपोर्टकाअनुसार अहिलेसम्म नाम नराखिएको चौथो संस्करणको स्मार्टफोनमा अन्य संस्करणको भन्दा ठूलो डिस्प्ले हुनेछ भने अधिक क्षमताको र्याम राखिने छ । त्यसैगरी यसको आन्तरिक स्टोरेज पनि हुवावे पी नाइन स्ट्याडण्र्ड बराबरकै हुने बताईएको छ । यो स्मार्टफोन कम्पनीको ‘प्रिमियम’ सेगमेन्टमा आउनेछ ।
उक्त स्मार्टफोनमा दुईवटा सेन्सरका साथमा दुईवटा १२ मेगापिक्सेल क्षमता भएका रियर क्यामरा राखिएको छ । यसअघि पी नाइनमा पनि दुईवटा रियर क्यामरा हुने चर्चा आएको थियो । यो फोन दोस्रो जेनेरेशनको प्रविधिसहितको हुनेछ, जुन यसअघि पनि अनर सिक्स प्लसमा प्रयोग गरिएको थियो ।
रिपोर्टले हुवावेका पी नाइनका कुनैपनि संस्करण यो वर्षको मोबाइल वल्र्ड कंग्रेसमा सार्वजनिक नगरिने पनि खुलासा गरेको छ । यो फोनहरु त्यसको अर्को महिना मात्र ढिला गरी सार्वजनिक हुनेछ । रिपोर्टकाअनुसार हुवावेले एमडब्लूसी पछिका कयौं साताहरुमा यी फ्ल्यागशिप फोनहरुको घोषणा गर्नेछ ।
त्यसैगरी हुवावेले सन् २०१६ मा आउने अन्य स्मार्टफोनहरुमा भने क्यूएचडी (QHD) रिजोल्यूशन प्रयोग नगर्ने स्रोतले उल्लेख गरेको छ ।
रिपोर्टलाई आधार मान्ने हो भने यो वर्ष पी नाइन सहित हुवावेको नयाँ कुनैपनि उच्च तहका स्मार्टफोनहरु आउने छैनन् ।
हुवावेले यहि फेब्रुअरीमा हुने मोबाइल वल्र्ड कंग्रेसमा (MWC) अनुमान गरिएअनुसार सर्फेस बुक जस्तै डिभाइस लन्च गर्नेछ । सायद यसमा एन्ड्रोयड तथा विण्डोज १०मा आधारित ड्यूल बूट अप्सन भएको ट्याबलेट हुनसक्नेछ ।
प्रकाशित: ५ माघ २०७२, मंगलवार