जियोनीको नयाँ फोल्डिंग फोन आउँदै, ४ जीबी र्यामसहित दुईवटा एचडी डिस्प्ले

Technology Khabar २ चैत्र २०७२, मंगलवार

जियोनीको नयाँ फोल्डिंग फोन आउँदै, ४ जीबी र्यामसहित दुईवटा एचडी डिस्प्ले

काठमाडौं ।

काठमाडौं, २ चैत । जियोनीका नयाँ क्लामशेल फोन (Clamshell Phone) डब्लू९०९ जनवरीदेखि नै बजारमा आउने चर्चा रहेपनि यहि महिना चीनमा सार्वजनिक हुने भएको छ ।

जियोनीका क्लामशेल फोन जसलाई हामीले फोल्डिंग फोनको रुपमा चिन्दछौं, डब्लू९०९ (W909) जनवरी महिनामा नै वेन्चमार्क टेनामा (TEENA) देखिएको भएपनि कम्पनीले यहि मार्च २९ तारिखका लागि प्रेसलाई निम्तो पठाएको छ । जियोनीले यसको साथमा अर्को उच्चतहको फोन डब्लू ९०९एस (W909S) पनि सार्वजनिक गर्नेछ ।Gionee-W909-Launch_01

जियोनीको नयाँ फोनमा मिडिया टेकको हेलियो पी१० अर्थात एमटि ६७५५ चीपसेट प्रयोग गरिएको छ । यसमा ६४ बिटको चीपसेटमा मध्ये २ गीगाहर्जको अक्टा-कोर कोर्टेक्स ए५३ सीपीयू तथा माली टी ८६० जीपीयू प्रयोग गरिएको छ ।

जियोनी डब्लू९०९ मा ४ जीबीको र्याम छ भने ३२ जीबीको आन्तरिक स्टोरेज राखिएको छ जसलाई माइक्रो एसडीद्धारा १२८ जीबीसम्म बढाउन सकिन्छ ।gionee-w909-1

यो फोनको महत्वपूर्ण पक्ष भनेको यसमा रहेको फींगरप्रिन्ट सेन्सर हो । यो फोनमा ड्यूल डिस्प्ले (अर्थात फोल्डगर्दा बाहिर पनि हेर्न सकिन) एचडी रिजोल्यूशनसहितको हुने अपेक्षा गरिएको छ ।

जियोनीका नयाँ फोनमा ड्यूल सिम स्ट्याण्डबाई रहेको छ भने फोरजी एलटीई (4G LTE) कनेक्सन सपोर्ट गर्दछ ।

डब्लू९०९ फोनमा १६ मेगापिक्सेलको एलईडी फ्ल्याससहितको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

फोनको तौल २१० ग्रामको छ भने यसको मोटाई १६.४ मिलिमिटर हुनेछ ।Gionee W909_02

एन्ड्रोयडको ललीपप ५.१ भर्सनमा आधारित हुने यो फोनमा कम्पनीको आफ्नै अमिगो ३.१ यूआई राखिएको छ ।

यसअघि ३ जीबी र्याम भएको जियोनी डब्लू ९००एस (Gionee W900S) फोनको मूल्य चीनमा ३,५९९ यूआन तोकिएको छ भने नयाँ फोन डब्लू ९०९ को मूल्य ४,००० यूआन अर्थात ६१५ अमेरिकी डलर तोकिने अनुमान छ ।

जियोनीको यो फोन हाल चीन भन्दा बाहिरको बजारमा कहिले उपलब्ध हुन्छ भन्ने कुनै जानकारी छैन् ।

माध्यम

easy care

प्रकाशित: २ चैत्र २०७२, मंगलवार

ताजा समाचार