जियोनि ईलाइफ एस सेभेनको मूल्य कटौती, नयाँ वर्षमा रु.५ हजार मूल्य घट्यो

Technology Khabar १७ पुष २०७२, शुक्रबार

जियोनि ईलाइफ एस सेभेनको मूल्य कटौती, नयाँ वर्षमा रु.५ हजार मूल्य घट्यो

काठमाडौं ।

काठमाडौं, १७ पुस । जियोनिले ईलाइफ एस सेभेनको (Gionee Elife S7) मूल्यमा कटौती गरेको छ । कम्पनीले नेपाली बजारमा नयाँ वर्ष २०१६ को अवसरमा ईलाइफ एस सेभेन मोडलको मूल्यमा ५ हजार ३ सय रुपैंयाले कटौती गरेको हो ।

नेपाली बजारमा गत अप्रिल १२ तारिखमा भित्रिएको सन् २०१५ को जियोनिको फ्ल्यागशीप मोडेल जियोनि ईलाइफ एस सेभेन नेपाली बजारमा नयाँ वर्षको उपलक्ष्यमा २६ हजार ६ सय ९९ रुपै‌याँ को विशेष मूल्यमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । यसअघि यो फोनको मूल्य नेपाली बजारमा ३१ हजार ९ सय ९९ रुपै‌याँ रहेको थियो ।

जियोनि ईलाइफ एस सेभेनमा एविएशन ग्रेड एलोएले बनेको ५.५ मिलिमिटरको पातलो आकर्षक डिजाइन रहेको छ । यसमा ५.२ इन्चको १०८० पिक्सेलको फुल एचडि सुपर एमोलेड स्क्रीन रहेको छ । एस सेभेनमा १३ मेगपिक्सेलको रियर क्यामेरा र ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा छ ।

यो फोनमा १.७ गिगाहर्जको ६४ बिटको अक्टाऔकोर प्रोसेसर रहेको छ भने एन्ड्रोयड ५.० भर्सनमा आधारित अमिगो ३.०(Amigo 3.0) ओएस रहेको छ । यसमा २७५० एमएएचको ब्याट्री राखिएको छ भने यसमा भएको एक्स्ट्रिम पावर सेभिङ्ग मोडले अरु फोनभन्दा यो फोन प्रयोगको समय बढि रहेको छ । दुवैपट्टि कोर्निंग गोरिल्ला ग्लास ३ द्धारा सुरक्षित गरिएको यो फोन एल्मुनियम म्याग्नेसियम एलोएको युनिबडि डिजाइनले गर्दा बलियो रहेको कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी जियोनिले नेपाली ग्राहकहरुका लागि भनेर २०१६ मा केहि नयाँ मोडेलहरु चाँडै नै ल्याउने जानकारी दिएको छ ।

easy care

प्रकाशित: १७ पुष २०७२, शुक्रबार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार