सामसुंग ग्यालेक्सी एस सेभेनको पहिलो अनुभवः निकै आकर्षक र प्रयोग गर्न सहज

Technology Khabar १७ चैत्र २०७२, बुधबार

सामसुंग ग्यालेक्सी एस सेभेनको पहिलो अनुभवः निकै आकर्षक र प्रयोग गर्न सहज

काठमाडौं ।

काठमाडौं, १७ चैत । सामसुंगले आफ्नो फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस सेभेन (Galaxy S7) तथा एस सेभेन एज (S7 edge) स्पेनको बार्सिलोनामा मोबाइल वल्र्ड कंग्रेसको (MWC 2016) अवसरमा एक विशेष कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको थियो ।

सामसुंग ग्यालेक्सी एस सेभेन फोन नेपालमा पनि यहि मार्च ९ तारिखमा सार्वजनिक गरियो भने बजारमा यसको निकै राम्रो प्रतिकृया पाएको कम्पनीले जानकारी दिएको छ । हामीले पनि यो फोनको पहिलो अनुभव (First impression) तपाईहरु समक्ष बाँड्ने प्रयास गरेका छौं ।

यो फोन यसअघिको ग्यालेक्सी एस सिक्स (Galaxy S6) लाइनको भन्दा केहि मोटो भएपनि निकै ह्याण्डी रहेको छ । सामसुंगको नयाँ स्मार्टफोन ग्यालेक्सी एस सेभेनमा ५.१ इन्चको स्क्रीन रहेकोछ, जसमा सूपर एमोलेड डिस्प्ले प्रयोग गरीएको छ ।

फाईल फोटोः मोबाइल्स् खबर
फाईल फोटोः मोबाइल्स् खबर

त्यसैगरी सामसुंगले एस सेभेन लाइनका फोनलाई वाटर रेसिस्ट (Water Resist) तथा माइक्रो एसडी कार्ड सपोर्ट गर्ने बनाएको छ ।

ग्यालेक्सी एस सेभेनमा कम्पनीले ३,००० एमएएचको ब्याट्री राखेको छ ।

सामसुंगले एस सेभेन लाइनअपमा उच्च स्तरको क्यामरा प्रयोग गरेको छ । यसमा १२ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ, जसमा “ड्यूल पिक्सेल सेन्सर” प्रयोग गरिएको छ ।

यस्तै किसिमका विभिन्न अाकर्षक विशेषताहरुसहितको यो फोनकाे हाम्रो पहिलो अनुभव र यसको प्रभावको भिडियो –

सामसुंग ग्यालेक्सी एस सेभेनको बारेमा हाम्रो अनुभव र रिभ्यू तपाईँलाई कस्तो लाग्यो तलको कमेन्ट बक्समा प्रतिकृया दिनुहोस् ।

Global Bank
easy care

प्रकाशित: १७ चैत्र २०७२, बुधबार

ताजा समाचार