सिजीका दुई स्मार्टफोन, फस्ट इम्प्रेशनः बजेट श्रेणीमा उत्कृट फाेन

Technology Khabar १२ कार्तिक २०७३, शुक्रबार

काठमाडौं ।

काठमाडौं, १२ कात्तिक । सीजी मोबाइल कम्पनीले नेपाली बजारमा सार्वजनिक गरेको दुई नयाँ स्मार्टफोनको बारेमा ब्लगर्सहरुलाई जानकारी प्रदान गरेको छ । कम्पनीले दुईनयाँ स्मार्टफोनहरु बजेट स्मार्टफोनको रुपमा ल्याएको हो ।

कम्पनीले इओन ब्लेज सिरिज अन्तर्गतका इओन ब्लेज सिक्स EON Blaze 6.0 र इओन ब्लेज प्रो EON Blaze Pro बजेट स्मार्टफोन बजारमा भित्र्याएको हो । यी दुबै स्मार्टफोनहरु निकै आकर्षक र ससक्त रहेका छन् ।

इओन ब्लेज सिक्स

कम्पनीले बजारमा ल्याएको इओन ब्लेज सिक्समा ६ इन्चको एचडी डिस्प्ले छ । फोनमा फोटो खिच्नकालागि एलईडि फ्ल्याशसहित १३ मेगा पिक्सेलको रियर र सेल्फीका लागि ५ मेगा पिक्सलको क्यामेरा जडान छ । यो स्मार्टफोन बजेट सिरिजको भएपनि यसको क्यामरा भने निकै ससक्त रहेको छ । यसको सेल्फी क्यामरा पनि अनुमान गरेभन्दा उत्कृष्ट रहेको पाईन्छ । तर जुम गरिएको फोटोको गुणस्तरमा भने केहि कमी रहेको देखिन्छ । eon-blaze-6_02

एन्ड्रोइड भर्सनको स्मार्टफोनमा २८ सय एमएएच पावरको ब्याट्री छ । १ जीबी र्याम छ भने १६ जीबी इन्टरनल स्टोरेज क्षमता छ, जसलाई बढाउन सकिने सुविधा छ यो स्मार्टफोनमा मिडियाटेकको १.३ गीगाहर्जको क्वाडकोर प्रोसेसर राखिएको छ । यो फोन सामान्य आधारभूत काम गर्न, इन्टरनेट चलाउन र सामान्य किसिमका गेम खेल्नका लागि पर्याप्त हुन्छ ।

। यसमा नन रिमूभेवल अर्थात झिक्न नमिल्ले २८०० एमएएच क्षमताको ब्याट्री राखिएको छ भने ड्यूल सिम सपोर्ट गर्दछ । यसको कम्पनी मूल्य ११ हजार १ सय ११ रुपैयाँ तोकिएको छ ।

पहिलो पटक हेर्दा यो फोन निकै आकर्षक देखिन्छ । यो फोन हेर्दा मिडरेन्जको फोन जस्तो छ भने यसको डिस्प्ले क्वालिटी पनि ठिकै किसिमको छ ।

इओन ब्लेज प्रो

यसैगरी अर्को स्मार्टफोन इओन ब्लेज प्रोमा भने ५.५ इन्चको डिस्प्ले छ । यो स्मार्टफोनमा १३ मेगा पिक्सलको रियर र ५ मेगा पिक्सलको फ्रन्ट क्यामेरा छ । यो फोनको क्यामरा क्वालिटी पनि आशा गरेअनुसारको भन्दा राम्रो छ । तर इनडोर फोटोमा भने यो पनि कमजोर रहेको छ ।
२,४०० एमएएच पावर ब्याट्री रहेको मोबाइल सेटमा १ जीबीको र्यामको साथमा ८ जीबीको इन्टरनल स्टोरेज क्षमता छ । यो स्मार्टफोनमा मिडियाटेकको १.३ गीगाहर्जको क्वाडकोर प्रोसेसर राखिएको छ । यो फोन सामान्य आधारभूत काम गर्न, इन्टरनेट चलाउन र सामान्य किसिमका गेम खेल्नका लागि पर्याप्त हुन्छ ।eon-blaze-pro_01

यो फोन पनि मार्शमाल्लो ६.० भर्सनमा आधारित रहेको छ भने कनेक्टिभिटीका लागि ब्लूटूथ, वाईफाईलगायतका सुविधा छन् । फोनमा ड्यूल सिम प्रयोग गर्न सकिन्छ ।

यो स्मार्टफोन नेपाली बजारमा ९ हजार ६ सय ९९ रुपैयाँमा बजारमा किन्न सकिने कम्पनीले जनाएको छ । सिजीका दुबै फोनहरुले ओटिजी सपोर्ट गर्दछ भने विभिन्न किसिमका सेन्सरहरु लागिएको छ ।eon-blaze-pro_02

सिजीका दुबै नयाँ फोनहरु सिजी डिजीटलबाट खरिद गर्न सकिन्छ ।

प्रकाशित: १२ कार्तिक २०७३, शुक्रबार

तपाइको प्रतिक्रिया