सूचना प्रविधि

थप तीन लाख वेबसाइट बन्द गर्दैछौँ -सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौन सम्बन्धित थप तीन लाख वेबसाइट बन्द गरिने बताएका छन्। आइतबार बेथानचोक गाउँपालिका–२, गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन) एक्सचेन्जको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भने, ‘पच्चीस लाख अश्लील वेबसाइट बन्द गर्‍यौँ, क्रमैसँग अब यस्तै खालका थप तीन लाख वेबसाइट बन्द गर्दैछौँ ।’ इन्टरनेटको पहुँचसँगै अश्लील वेबसाइटले विकृत ...

Read More »

फेसबुकका ६८ लाख प्रयोगकर्ताको नीजि तस्विर बिना जानकारी प्रकाशित, तपाईँको पनि पर्यो कि ?

काठमाडौं । तपाई फेसबुकको नियमित यूजर हो भने तपाईँले अब आफ्नो एकाउन्ट सुरक्षामा गंभिर हुनुपर्ने भएको छ । हालै फेसबुकले यूजरको प्राइभेट फोटोहरु एक्सपोज भएको जानकारी सार्वजनिक गरेको छ । फेसबुकले हालै एपहरुमार्फत विश्वभरका ६.८ मिलियन अर्थात ६८ लाख यूजरहरुको नीजि फोटोहरु सार्वजनिक भएको जानकारी दिएको हो । यी एपहरुले यूजर्सको फोटो हेर्नका लागि सिमित एक्सेस मात्र पाएका थिए, तर ...

Read More »

यी हुन इन्टरनेटमा प्रयोग हुने खराब पासवर्डको सूची, तपाईँको पासवर्ड पनि यस्तै छ कि ?

काठमाडौं । पासवर्डको बारेमा अधिकांश मानिसहरु धेरै सचेत हुँदैनन् । अधिकांशले सजिलो र सम्झनसकिने किसिमको पासवर्ड प्रयोग गर्ने गर्दछन् । जसले गर्दा उनीहरुको व्यक्तिगत जानकारीहरु चोरी हुने वा ह्याक हुने संभावना रहन्छ । सन् २०१८ मा पनि विश्वभरका मानिसहरुले खराब र कमजोर पासवर्ड छानेको कयौं उदाहरणहरु यसअघि नै आईसकेका छन जसले गर्दा उनीहरुको आफ्नो जानकारीहरु ह्याक भएका छन् । यो ...

Read More »

टेलिकमले खरिद गरेको ब्याडविथको मूल्य एक सातामा घटाउँछुः सञ्चार तथा सुचना प्रविधि मन्त्री

काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले विदेशबाट नेपाल टेलिकमले खरिद गर्दै आएको इन्टरनेट ब्याण्डविथको मूल्य सात दिन भित्र घटाउने बताएका छन् । मन्त्रिपरिषदको सोमबारको बैठकले गरेका निर्णय सार्वजनिक गर्न बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सञ्चार तथा सुचना प्रविधि मन्त्री बाँस्कोटाले अहिलेको ब्याण्डविथको रकम महंगो भएको भन्दै अझ घटाउने बताएका हुन् । एक हप्तामा टेलिकमले अहिले तिर्दै ...

Read More »

इसेवा फोनपे र युनियन पे इन्टरनेशनलवीच क्युआर कोड भुक्तानी प्रणाली सञ्चालन सम्झौता

काठमाडौं । इसेवा फोनपे र युनियन पे इन्टरनेशनलवीच नेपालमा क्युआर कोडमार्फत मोवाइल भुक्तानी प्रणाली सञ्चालन गर्न सम्झौता भएको छ । यो सम्झौतापछि युनियन पेका नेपाली तथा विदेशी ग्राहकले मोवाइलबाट क्युआर कोड प्रयोग गरी नेपालका विभिन्न मर्चेन्टलाई भुक्तानी दिन सक्नेछन्। सम्झौतामा युनियन पे इन्टरनेशनल कम्पनी लिमिटेड (युपिआई)का प्रडक्ट डाइरेक्टर सुशान फिलिप गैडान तथा इसेवा फोनपेको प्यारेन्ट कम्पनी एफवान सफ्ट इन्टरनेशनल प्रालिका ...

Read More »

इ-कमर्स साइट टोकोपेडीयाले जुटायो एक अर्ब १० करोड डलर लगानी

काठमाडौं । इन्डोनेसियाको इ-कमर्स साइट टोकोपेडीयाले जापानको सफ्टबैंक र चीनको अलिबाबा समेतका लगानीकर्ताबाट एक अर्ब १० करोड अमेरिकी डलर लगानी जुटाएको बुधबार घोषणा गरेको छ । नयाँ लगानी भित्रिएसँगै टोकोपेडीयाले अनलाइन व्यापार र रकमको कारोबारलाई इन्डोनेसियामा अझ विस्तार गर्नेछ । कम्पनीले दक्षिणपूर्वी एसियाली देशहरुमा मौलाएको विद्युतीय कारोबारमा आफूलाई सर्वोत्कृष्ट बनाउने लक्ष्य लिएको जनाएको छ । एक्सपेडीया र चीनको टेन्सेन्ट समेतका ...

Read More »

फेसबुकको मुख्यालयमा बम भएको चेतावनीपछि खालि गराईयो, सबै कर्मचारी सुरक्षित

काठमाडौं । टेक कम्पनी फेसबुकको अमेरिकास्थित मुख्य कार्यालयमा बम भएको आशंकामा प्रहरीले फेसबुक अफिस खालि गराएको छ । अमेरिकाको सिलिकन भ्यालीमा रहेको हेडक्वार्टरमा मंगलबार बम बिस्फोट गराउने धम्की आएपछि त्यहाँको प्रहरीले तत्काल फेसबुकका कर्मचारीहरुलाई बाहिर निकालेको थियो । तर केहि घण्टाको छानबिनपछि प्रहरीले भवनहरुमा केहि शंकास्पद वस्तु नभएको भनेर त्यसलाई सुरक्षित भएको बताएको थियो । न्यूयोर्क प्रहरी डिपार्टमेन्टले फेसबुकको क्याम्पस ...

Read More »

ग्राहक ठगी आरोप लागेको दराजको फेरी १२.१२ क्याम्पेन, अनलाइन किनमेलको नयाँ युग भएको दाबी

काठमाडौं । केहि महिना अघि ११.११ नामक सेल मेला संचालन गरेर ग्राहकहरुलाई ठगी गरेको आरोप लागेको अनलाइन ईकमर्श साइट दराज डटकमले फेरी अनलाइन सेल मेला संचालन गर्ने भएको छ । दराज डटकमले डिसेम्बर १२ तारिख (अर्थात मंसिर २६ गते बुधवार) लाई केन्द्रमा राखेर राज १२.१२ क्याम्पेन संचालनमा ल्याएको छ । दराज १२.१२ अभियान अन्तर्गत यही डिसेम्बर १२ तारिखसम्म क्रेताहरुले चुनिएका ...

Read More »

कम्पनी रजिष्ट्रार कार्यालयमा ई-पेमेन्ट सेवा शुरु, घरबाटै अनलाइनमार्फत भुक्तानी गर्न सकिने

काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयले मंगलबारदेखि ई-पेमेन्ट सेवा शुरु गरेको छ । कार्यालयले आफ्ना सेवाहरुलाई पुर्ण अटोमेशनमा लैजाने प्रक्रियासहित आजैदेखि सो सेवा संचालनमा ल्याएको हो । अबदेखि सेवाग्राहीले कार्यालयमा तिनुपर्ने सबै प्रकारका शुल्क, दस्तुर र जरिवाना अनलाइन पेमेन्टमार्फत् तिर्ने व्यवस्था मिलाईएको हो । ई-पेमेन्ट सेवाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादवले कार्यालयले सुरु गरेको ई-पेमेन्ट सेवाले कर्मचारी ...

Read More »

वेभ सर्फरका संचालक सुरेन्द्र क्षेत्री पक्राउ, शेयर दिने नाममा ३२ करोडको ठगी आरोप

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वेभ सर्फरका संचालक मध्येका एक सुरेन्द्र क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई वेभ सर्फर कम्यूनिकेशन प्रालिको शेयर विवादमा प्रहरीले समातेको मिडिया रिपोर्टमा उल्लेख छ । काठमाडौं प्रहरी प्रवक्तालाई उल्लेख गर्दै आएको रिपोर्टअनुसार क्षेत्रीलाई महानगरिय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले तिनकुनेबाट नियन्त्रणमा लिएको हो । वेभ सर्फरका संचालक क्षेत्रीसहित उनका तीन दाजुभाई मिलेर ...

Read More »