सूचना प्रविधि

सुबिसुको सेल्स आउटलेट सुविसु स्टेशन काठमाडौंको कलंकीमा

काठमाडौं । इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवाप्रदायक कम्पनी सुबिसु केवलनेट प्रालिले आफ्नो पाँचौं सेल्स आउटलेट सुविसु स्टेशन Subisu Station काठमाडौंको कलंकीमा सञ्चालन गरेको छ । कम्पनीका सञ्चालक सुरेन्द्र बहादुर श्रेष्ठले सो स्टेशनको उद्घाटन गरे । नयाँ स्टेशनबाट सुबिसुले कलंकी तथा यस क्षेत्र वरिपरिका ग्राहकहरुलाई सुबिसुको सेवासँग सम्बन्धित सम्पुर्ण जानकारीहरु प्रदान गर्ने, सो सेवाहरुको विक्रि तथा वितरण साथै सेवा पछिको आफ्टर ...

Read More »

सामाजिक संजाल फेसबुकमा नेपालीहरुले स्पेनिस ला लिगा निशुल्क हेर्न पाउने

काठमाडौं । अब नेपालीहरुले फेसबुकमा ला लिगाका सबै खेलहरु निशुल्क हेर्न पाउने भएका छन् । स्पेनिस टप फुटबल डिभिजन लिग ला लिगाले मंगलबार फेसबुकसँग डिल गरेको घोषणा गरेको छ । कम्पनीले फेसबुकसँग दक्षिण एशियाली मुलुकहरुमा प्रत्येक खेलहरु निशुल्क हेर्न पाउने सम्झौता गरेको छ । सम्झौतापछि ला लिगाका आगामी तीन सिजनका सबै खेलहरु सामाजिक संजालमा निशुल्क हेर्न पाईने भएको हो । ...

Read More »

सरकारी कार्यालयमा सामाजिक सञ्जाल प्रयोग अनिवार्य, भाइबरबाट पनि गुनासो र सूचना लिन शुरु

काठमाडौं । सरकारले भाइबरबाट पनि सरकारी काम कारबाहिको बारेमा गुनासो तथा सूचना लिन शुरु गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तरगतको हेलो सरकारले यसअघि सामाजिक संजाल फेसबुक र ट्वीटरमार्फत गुनासो लिने गरिरहेकोमा आइतवारदेखि भाइबरमार्फत पनि गुनासो तथा सूचनाहरु लिने भएको हो । हाल परिक्षणको रुपमा मात्र संचालन गरिएको सो भाइबर सेवामार्फत गुनासो वा सूचना लिनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको ...

Read More »

ईमेल सेवा स‌ंचालनको प्रकृया सरकारी निकायमा शुरु, कर्मचारीलाई दुई प्रकारको ईमेल दिईने

काठमाडौं । सरकारी अधिकारीहरुलाई ईमेल सेवा दिने प्रकृया शुरु गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्वमा सरकारले मन्त्रालयसहितका २५ सरकारी निकायहरुलाई ईमेल सेवा दिन शुरु गरेको हो । सरकारले ईमेल सेवा संचालनका लागि ‘सरकारी निकायहरुमा विद्युतीय पत्राचार(ईमेल) व्यवस्थापन सम्बन्धी निर्देशिका २०७५’ जारी गर्ने तयारी गरेको छ । सो निर्देशिकाको आधारमा नै सरकारी निकायहरुले आधिकारिक ईमेल सेवा संचालन गर्नुपर्ने ...

Read More »

मालपोतको सेवा अनलाइनमार्फत, जग्गा बेच्न घरबाट फारम भर्न सकिने

नुवाकोट । जिल्ला मालपोत कार्यालयले आईतवारदेखि अनलाइनमार्फत सेवा दिन शुरु गरेको छ। कार्यालयबाट हुने गरेका सबै किसिमको कामलाई छिटोछरितो र सहज रुपमा सञ्चालन गर्न अनलाइन सेवा थालिएको हो । सेवा आरम्भ गर्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक मुक्ति आचार्यले अनलाइनमार्फत सेवा प्रवाह गर्दा छिटोछरितोका साथै दोहोरो नपर्ने, जग्गा किनबेचको करमा एकरुपता हुने तथा कारोबारको सबै तथ्यांक प्रभावकारी हुने बताए ...

Read More »

वर्ल्डलिंकको ‘अफर जम्बो खर्च कम भो’ योजना, नेट टिभीका साथै निशुल्क सेट टप बक्स पाईने

काठमाडौं । वर्ल्डलिंकले आफ्ना ग्राहकका लागि नयाँ अफर प्रदान गर्ने क्रममा ‘अफर जम्बो खर्च कम भो’ नामक योजना ल्याएको छ। अफरअन्तर्गत ग्राहकले ६ महिनाको इन्टरनेट खरिद गर्दा ६ महिनाको नेट टिभीका साथै निशुल्क सेट टप बक्स पनि प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ। सोअफर अन्तर्गत २० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागि ८ हजार ४ सय रुपैयाँ, ३० एमबिपीएस अनलिमिटेड इन्टरनेटको ...

Read More »

फेसबुक पेज एडमिनले थप आधिकारिकता प्रमाणित गर्नुपर्ने, इन्टाग्राममा पनि लागू हुने

काठमाडौं । सामाजिक संजाल फेसबुकले अब पेज एडमिनका लागि थप आधिकारिकता प्रमाणित गर्नुपर्ने प्रकृया ल्याउने भएको छ । योगकर्ताहरुको डाटा क्याम्ब्रिज एनालिटिकालाई बेचेको आरोपमा फसेको फेसबुकले पेज एडमिनहरुले थप प्रमाण दिनुपर्ने नयाँ फीचर थप गर्न लागेको हो । हाल यो नयाँ फीचर अमेरिकी प्रयोगकर्ताहरुले अधिक फलो गर्ने फेसबुक पेजका लागि मात्र लागू हुनेछ । अमेरिकामा अघिल्लो राष्ट्रपति चुनावलाई प्रभावित पारेको ...

Read More »

बंगलादेशमा सरकारले बन्द गर्यो मोबाइल इन्टरनेट सेवा

ढाका । बंगलादेशमा सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ । बंगलादेशमा भइरहेको विद्यार्थीहरुको व्यापक प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि त्यसलाई निस्तेज पार्न आइतबारदेखि सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको अधिकारीहरुले जनाएका छन् । तिव्र गतिको एउटा सवारी साधनको ठक्करबाट आफ्ना दुई जना साथीको मृत्यु भएपछि सुरक्षित यातायातको माग गर्दै बङ्लादेशको राजधानी ढाकाका कतिपय ठाउँमा विद्यार्थीहरुले आन्दोलन चर्काइरहेका छन् । ...

Read More »

स्मार्टफोनको स्क्रीनमा औंला घुमाउने बित्तिकै पत्ता लाग्छ तपाईँको सबै जानकारी

काठमाडौं । हामीमध्ये कयौं मोबाइल फोन प्रयोगकर्ताहरुलाई यो थाहा छ कि आजभोली कयौं यस्ता नक्कली एप्सहरु बनेका छन जुन तपाईँको मोबाइलमा इन्स्टल भएपछि तर्पाइँको सबै जानकारी लीक हुनसक्छ । तर यो भन्दा पनि खतरनाक विषय बाहिर आएको छ, र अब एप नभएपनि तपाईँको स्मार्टफोनद्धारा तपाईँको सबै जानकारीहरु ‘लीक’ गर्न सकिन्छ । पछिल्लो साता सीएसआईआरओ डाटा६१ (CSIRO Data61) का केहि रिसर्चरले ...

Read More »

प्रधानमन्त्री ओलीले भने- देश विकसित र समृद्ध बनाउन सूचना प्रविधिको प्रयोग अपरिहार्य

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेकाले विश्व बजारमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको सदुपयोग अपरिहार्य भएको बताएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र फ्रोष्ट एण्ड सुलिभानद्वारा आयोजित “डिजिटल नेपाल कन्फरेन्स” को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार सुशासनमार्फत देशलाई विकसित र समृद्ध बनाउन सूचना प्रविधिको प्रयोग बढाउने प्रक्रियामा रहेको बताए। सरकारले विद्युतीय भुक्तानी शुरु गरिसकेको ...

Read More »