दूरसंचार

टेलिकम प्रबन्ध निर्देशक कामिनीले बुझाईन् स्पष्टिकरणको जवाफ, के छ जवाफको विवरण ?

काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले आइतवार स्पष्टिकरण पत्रको जवाफ पेश गरेकी छिन् । टेलिकम प्रबन्ध निर्देशक राजभण्डारीले शुक्रबार सरकारले सोधेको स्पष्टिकरणसहितको प्रश्नको जवाफ संचार तथा सूचना प्रविधि मन्त्रालयमार्फत बुझाएकी हुन् । उनले सरकारले सोधेको प्रश्नको जवाफसहित स्पष्टिकरणको पत्र बुझाएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए । ‘उहाँले आज मन्त्रालयमा स्पष्टिकरण पत्रको जवाफ बुझाउनुभएको छ, सो ...

Read More »

नेपाल टेलिकमको नाफा गत आवमा १५ अर्ब ६६ करोड रुपैयाँ, थप सेवा बिस्तारको काम गर्दै

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०७४।७५ मा १५ अरब ६६ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । टेलिकमकाअनुसार गत आर्थिक वर्षको अपरिष्कृत चौथो त्रैमासिक वित्तिय विवरण पश्चात् गत आर्थिक वर्षमा कम्पनीको कुल आय करिव ४५ अरब ५६ करोड ५८ लाख रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा सो आय २.१९ प्रतिशतले बृद्धि भएको छ । साथै सोही ...

Read More »

नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनीलाई अन्तिम मौका, सरकारले फेरी सोध्यो स्पष्टिकरण

अनुज राज । काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई सरकारले पुन स्पष्टिकरण सोधेको छ । सरकारले प्रबन्ध निर्देशक राजभण्डारीलाई पदबाट किन नहटाउने भनेर ३ दिने स्पष्टिकरण सोधेको हो। सरकारको तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्रालयले प्रबन्ध निर्देशक राजभण्डारीलाई स्पष्टिकरण पत्र पठाउँदै तपाईँलाई पदबाट किन नहटाउने भन्ने प्रश्न सोधेको हो। सरकारले यसअघि दिएको ११ बुँदे निर्देशनसहितको जिम्मेबारी सन्तोषजनक नभएपछि ...

Read More »

फिक्स्ड ब्रोडब्याण्ड प्रयोगकर्ताहरुको संख्या ‘डबल डिजिट’मा, मोबाइलको पहुँच १३० प्रतिशत

काठमाडौं । मुलुकमा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताहरुको प्रतिशत पहिलो पटक दोहोरो अंक(डबल डिजिट) मा कायम भएको छ । नेपालमा ब्रोडब्याण्ड प्रयोगकर्ताको संख्या कुल ५० प्रतिशतभन्दा बढि देखिएपनि तारमार्फत ब्रोडब्याण्ड प्रयोगकर्ताको संख्या पहिलो पटक १० प्रतिशत नाघेको हो । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको जेठ महिनाको तथ्यांकअनुसार फिक्स्ड ब्रोडब्याण्ड (वायर्ड)तर्फ प्रयोगकर्ताहरु १०.२३ प्रतिशत पुगेका छन् । त्यस्तै फिक्स्ड ब्रोडब्याण्ड (वायरलेस)तर्फ भने ...

Read More »

अप्टिकल फाइबर बिजुली पोलबाट तान्दा लाग्ने सेवा शुल्क बढ्यो, यस्तो छ नयाँ दर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अप्टिकल फाइबर तान्नका लागि प्रयोग गरिने बिजुलीको खम्बा (पोल) को सेवा शुल्कमा वृद्धि गरेको छ । यसअघि नै प्राधिकरणले सार्वजनिक सूचना नै जारी गरेर बिजुलीको पोल प्रयोग गरेबापत शुल्क तिर्न र नतिर्ने कम्पनीहरुको तार काटिने चेतावनी दिएको थियो । नयाँ बढेको शुल्कअनुसार अब बिजुलीको पोल प्रयोग गरेबापत इन्टरनेट सेवा प्रदायक कम्पनीहरु तथा केबल टेलिभिजन सेवा ...

Read More »

एनसेलले ल्यायो ‘फुच्चे प्याक’, पाँच रुपैयाँमा नै २५ एमबी डेटा चलाउन पाईने

काठमाडौं । एनसेलले डेटा सेवाअन्तर्गत आफ्ना ग्राहकका लागि ‘फुच्चे प्याक’ ल्याएको छ । ग्राहकले यो प्याक अन्तर्गत कर बाहेक मात्र ५ रुपैयाँ (कर सहित ६रुपैयाँ ३८ पैसा) मा २५ एमबी डेटा भोलुमको मजा लिन सक्नेछन् । फुच्चे डेटा प्याक आइतबारदेखि लागु हुनेछ । यस डेटा प्याक अन्तर्गतको २५ एमबी डेटा ग्राहकले एनसेलको कुनै पनि नेटवर्क टुजी, थ्रिजी तथा फोरजी मा ...

Read More »

टेलिकमले शुरु गर्यो ‘फाइबर टू दि होम’ र भ्वाइस टेलिफोन सेवा, यी स्थानमा मात्र उपलब्ध हुने

काठमाडौं । नेपाल टेलिकमले वितरण गरिरहेको एफटीटीएच (FTTH- Fiber To The Home) सेवा अन्तर्गत इन्टरनेट सेवाको साथै आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा पनि प्रदान गर्न शुरु गरेको छ । सेवाको आरम्भको अवसरमा साउन १० गतेदेखि ३ महिनाको लागि प्रमोसनल अफरको रुपमा कम्पनीको नेटवर्क भित्र भ्वाइस सेवा निःशुल्क गरिएको छ । आइपीमा आधारित प्रविधिअन्तर्गतको एफटीटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटा (High Speed ...

Read More »

नेपाल टेलिकमको मोबाइल टावर माग गर्दै गाउँपालिका अध्यक्ष

काठमाडौं । सञ्चार सुविधाबाट वञ्चित बारेकोट गाउँपालिकाको तीन ठाउँमा नेपाल टेलिकम मोबाइलको टावर माग गर्दै गाउँपालिका अध्यक्ष काठमाडौं पुगेका छन् । सञ्चारको भरपर्दो सुविधा नभएको बारेकोट गाउँपालिकाको काप्ती, सेरी र नायकबाडामा टावर निर्माणमा ध्यान दिन आग्रह गर्दै गाउँपालिकाका अध्यक्ष महेन्द्र शाह टेलिकमको केन्द्रीय कार्यालय पुगेका हुन् । केही वर्षयता सञ्चार अभावले सास्ती झेल्दै आएका सेवाग्राहीले टावर निर्माणपछि नमस्ते मोबाइल सेवाको ...

Read More »

टेलिकमका रिचार्ज कार्ड अब ‘नमस्ते रिचार्ज’ ब्राण्डमा आउने

काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेवाहरु रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज (Namaste Recharge) ब्रान्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ को ब्रान्डमा उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ । । कम्पनीले उपलब्ध गराउँदै आएको एनटी रिचार्ज (NT Recharge) कार्ड पनि बजारमा स्टक रहेसम्म प्रयोग गर्न सकिने बताईएको छ । कम्पनीले ५०।–, १००।–, २००।–, ...

Read More »

इन्टरनेट सेवामा बढेको मूल्य फिर्ता, ग्राहकसँग मर्मत शुल्क उठाउन पाउने सहमति

काठमाडौं । इन्टरनेट सेवामा बढेको मूल्यलाई समायोजन गरेर फिर्ता गर्ने सहमति भएको छ । सरकारले इन्टरनेटको लागतको बारेमा अध्ययन गर्नको लागि बनाएको कार्यदलमा बढेको मूल्य फिर्ता गर्ने सहमति भएको हो । सरकारले चालू आर्थिक वर्षदेखि इन्टरनेटमा पनि दूरसंचार सेवा शुल्क लगाएपछि इन्टरनेटमा १४.६५ प्रतिशतसम्मको शुल्क वृद्धि भएको थियो । सरकारले गठन गरेको इन्टरनेट सेवाको मूल्य समायोजन सिफारिश गर्न गठित समितिको ...

Read More »