एप्पलको दुई नयाँ स्मार्टफोन र पहिलो स्मार्टवाच सार्वजनिक

Technology Khabar २५ भाद्र २०७१, बुधबार

एप्पलको दुई नयाँ स्मार्टफोन र पहिलो स्मार्टवाच सार्वजनिक

काठमाडौं ।

काठमाडौँ, २५ भदौ । एप्पलले दुई नयाँ स्मार्टफोन, आइफोन ६, आइफोन ६ प्लस र आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गरेको छ। ‘एप्पल वाच’ स्टीभ जब्सको निधनपछि सार्वजनिक गरिएको कम्पनीको पहिलो नयाँ प्रकारको उत्पादन हो । एप्पलका सिईओ टिम कुकले मंगलवार राती आफ्नो हेडक्वाटरमा आफ्ना उत्पादनहरु सार्वजनिक गरेका हुन् । नयाँ स्मार्ट घडीमा फिटनेश ट्र्याकर र अन्य कयौ प्रकारका ऐप्स चलाउन सकिनेछ । यो घडीको डिस्प्ले टचस्क्रीन हो ।

एप्पल वाचमा लगाइएको डायललाई घुमाउँदा घडीको स्क्रीनमा लेखन सानो वा ठुलो गर्न सकिन्छ । यसमा एप्पल भ्वाइस असिस्टेन्ट सीरीमा उपलव्ध छ । अर्थात यसबाट तपाईले कुरा पनि गर्न सक्नुहुनेछ ।

apple-watch2

एप्पल वाचको मूल्य ३४९ अमेरिकी डलर तोकिएको छ। कम्पनीका अनुसार आगामी वर्षको सुरुवातसम्म यो उत्पादन बजारमा पठाइनेछ । स्मार्ट घडी बजारमा यसअघि पनि आइसकेको छ। तर, जानकारहरुका अनुसार एप्पलको इतिहास ढिलो आउने र बजारको सन्तुलन परिवर्तन गर्ने रहेको छ।

ठुलो तर पातलो भयो आइफोन

1410298231000-EPA_USA_APPLE_LAUNCH

अर्को नयाँ उत्पादन सार्वजनिक गर्दै कम्पनीका सीइओ टिम कुकले भने–’अहिलेसम्म सबैभन्दा उन्नत आइफोन प्रस्तुत गर्दा हामीलाई खुसी लागेको छ।’

दुवै फोन अहिलेसम्मको आइफोन्सभन्दा आकारमा ठुलो तर पालतो छ । आइफोन ६ को स्क्रीनको साइज ४.७ इन्च छ । यही आइफोन ६ प्लसको स्क्रीन ५.५ इन्चको छ। जानकारहरुकाअनुसार ठुलो स्क्रीन गेमर्स र मल्टिमिडिया युजर्सलाई रिझाउनेछ । जसबाट विशेषगरी युजर्सलाई एन्ड्रोयडतर्फ जानबाट रोक्नकालागि गरिएको हो ।

दुवै फोनमा हाई–स्क्रीन रेजुल्युसशनका लागि ‘रेटिना एचडी’ प्रविधिको प्रयोग गरिएको छ। कम्पनीका अनुसार नयाँ आइफोन १९ सेप्टेम्बरबाट अन्तर्राष्ट्रिय बजारमा प्राप्त हुनेछ । अमेरिकामा यो कन्ट्याक्टमा १९९ देखि ४९९डलरसम्मको मूल्यमा पाइनेछ ।

एप्पलले एउटा नयाँ प्रकारको पेमेन्ट गेटवे ‘एप्पल पे’ पनि सार्वजनिक गरेको छ। कम्पनीका सीइओ टिम कुककाअनुसार उनी पसलमा किनबेचको तरिका परिवर्तन गर्न चाहन्छन् । यसपछि ग्राहकहरु पसलसम्म जानुपर्ने छैन ।

दुवै नयाँ आइफोन्समा ‘एप्पल पे’ उपलव्ध हुनेछ । यो एनएफचसी अर्थात नियर फिल्ड कम्युनिकेशन प्रविधिमा आधारित भएर काम गर्दछ । कम्पनीको दावीअनुसार यो सेवा निकै सुरक्षित हुनेछ । किनभने यसका लागि एप्पललाई तपाईको क्रेडिट कार्डको जानकारी सेभ गर्नु पर्दैन । साथै कुनै पसललाई भुक्तानीका लागि क्रेडिट कार्ड पनि दिनुपर्ने छैन ।140909195920_iwatch_tim_cook_624x351_getty

एन्ड्रोयड र एप्पल
रिसर्च कम्पनी आइडीसीका अनुसार एप्पलको अन्तर्राष्ट्रिय विक्री १३ प्रतिशतबाट झरेर ११.७ प्रतिशतमा पुगेको छ। यस विपरीत एन्ड्रोयडको शेयर बजार अप्रिलदेखि जुनको बिचमा ७६.६ प्रतिशतले बढेर ८४.७ प्रतिशतसम्म पुगेको छ। लेनोभो र ह्वावेजस्ता कम्पनीलाई यसबाट सबैभन्दा बढी फाइदा भएको छ। विविसीबाट

easy care

प्रकाशित: २५ भाद्र २०७१, बुधबार