एप्पल आईफोन सेभेन सीको उत्पादन जनवरी देखी

Technology Khabar १५ पुष २०७२, बुधबार

एप्पल आईफोन सेभेन सीको उत्पादन जनवरी देखी

काठमाडौं ।

काठमाण्डौं, १५ पुस । केहि दिनदेखि एप्पलले सानो स्क्रीन साइजको आईफोन पुन उत्पादन गर्ने जानकारी सार्वजनिक भएको थियो । एप्पलको ४ इन्च स्क्रीन भएको यो आईफोन आगामी सेप्टेम्बरमा सार्वजनिक हुने संभावना रहेको चर्चा आईरहेको छ ।

यसैबिचमा चाइना मोबाइल (China Mobvile) कम्पनीको रोडम्यापको तस्विर बाहिर सार्वजनिक भएसँगै यो फोन अप्रिलमा सार्वजनिक हुने दाबी हुँदै आएको छ । तर अझैपनि यसको सार्वजनिक हुने मिति यकिन हुन सकेको छैन् ।

सानो स्क्रीन साइजको आईफोन सेभेन सीको (iPhone 7c) औद्योगिक उत्पादन छिटै शुरु हुने रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्टअनुसार एप्पलले सानो परिमाणको परिक्षण उत्पादन गरिरहेको छ भने यसको वृहत तथा औद्योगिक उत्पादन यहि जनवरीमा शुरु हुने अपेक्षा गरिएको छ ।

यो सानो साइजको आईफोन यसअघिको आईफोन फाईभ सी (iPhone 5c) जस्तै किसिमको हुनेछ भने यो फोन तीन कलरमा उपलब्ध हुनेछ ।

त्यसैगरी रिपोर्टले यो स्मार्टफोनमा १,६४२ एमएएचको ब्याट्री हुने निश्चित गरेको छ । आईफोन सेभेन सी वा आईफोन सिक्स सी जे भनेपनि नाम अझै स्पष्ट नभएको फोनको मूल्य भने ४०० देखि ५०० अमेरिकी डलर कन्ट्याक्ट बिना हुनसक्ने संभावना रहेको छ ।

अर्कोतर्फ एप्पलको आईफोन सेभेनको बारेमा पनि विभिन्न चर्चा परिचर्चाहरु संचारमाध्यममा आईरहेका छन् । केहि अघि पनि एप्पलको आईफोन सेभेन वाटरप्रुफ हुने चर्चा आएको थियो र अहिले त्यो चर्चाले सुनिश्चितता पाएको छ ।एप्पलको नयाँ आउने दुबै साइजका

आईफोन सेभेन वाटरप्रुफ हुने चीनबाट आएको समाचारमा उल्लेख गरिएको छ । त्यस्तै यसमा ‘नयाँ कम्पाउण्ड मटेरियल्स’ (New Compound Materials) राखिने र त्यसको प्रयोग फोनको एन्टेनाहरु छोप्न प्रयोग गरिने तथा त्यसका लागि प्लाष्टिक स्ट्रिपको रुपमा प्रयोग गरिनेछ ।

आईफोन सेभेनको चेसिसमध्ये करिब ३०देखि ३५ प्रतिशत चेसिस क्याटर टेक्नोलोजिद्धारा बनाईन्छ, जुन अहिलेपनि एप्पलका लागि ठूलो वस्तु आपूर्तिकर्तामध्ये एक हो । आईफोन सेभेनको बारेमा नयाँ जानकारी पनि क्याटर टेक्नोलोजिको फ्यूचर सेल्स अनुसन्धान गर्ने संस्थाबाट जानकारी आएको हो । एजेन्सीहरु

Global Bank
easy care

प्रकाशित: १५ पुष २०७२, बुधबार

ताजा समाचार