एप्पलको आइफोनमा ‘लाईभ इमेज फीचर’, स्टील फोटो पनि भिडियो जस्तै हेर्न सकिने

Technology Khabar ७ पुष २०७२, मंगलवार

काठमाडौं ।

काठमाडौं, ७ पुस । एप्पलले नयाँ आईफोनमा ‘लाईभ फोटो फीचर'(Live Photo) शुरु गरेको छ, जसको सहयोगबाट स्टील इमेजलाई भिडियो जस्तो बनाउन सकिनेछ । केहि समय अघि सार्वजनिक एप्पलको आईओएस नाइनमा (iOS 9) यो फीचर राखिएको थियो ।

एप्पलको यो फीचरलाई सहयोग गर्न फेसबुकले आईओएसका लागि आफ्नो एपमा सपोर्ट दिन शुरु गरेको छ । अब यो फीचरको सहयोगबाट आईओएसमा फेसबुक यूजरले लाइभ फोटो आफ्नो वालमा सेयर गर्न सक्नेछन् । सामाजिक संजाल फेसबुकको आइओएस एप आइट्यून्स एप स्टोरमा (iTunes App Store) हिजोदेखि नै उपलब्ध रहेको छ, जसमा लाइभ फोटो सपोर्ट गर्दछ ।MobilesKhabar_02

एप्पलको यो फीचर सिमित प्रयोगकर्ताहरु जसले आईफोन सिक्स एस (iPhone 6S) तथा सिक्स एस प्लसका (iPhone 6S Plus) प्रयोगकर्ताहरुलाई मात्र उपलब्ध गराएको छ । तर यो फीचर आइओएसका सबै प्रयोगकर्ताहरुका लागि सन् २०१६ देखि शुरु गरिनेछ ।

हालै माइक्रो ब्लगिंग साइट टम्लरले पनि एप्पलको यो फीचरलाई सर्पोट गर्न शुरु गरिसकेको छ ।

फेसबुक लाइभ फोटो अन्य फोटोहरु जस्तै सामान्य रुपमा सेयर गर्न सकिन्छ र यसको लागि कुनै विशेष अप्शन आवश्यक पर्दैन् ।

तर यो लाइभ फोटो फीचर प्रयोग गर्न प्रयोगकर्ताको आइफोनमा आइओएस ९ वा त्यो भन्दा नयाँ अपरेटिंग सिस्टम हुनु आवश्यक छ । यो फीचरबाट प्रयोगकर्ताले लाइभ फोटो हेर्न सकेपनि सेयर गरेको व्यक्तिको मोबाइलमा भने स्टील इमेज मात्र देखिनेछ ।

प्रकाशित: ७ पुष २०७२, मंगलवार

तपाइको प्रतिक्रिया