आईफोन सेभेनको तीनवटा संस्करण*, अधिक क्षमताको ब्याट्री हुने

Technology Khabar ३० असार २०७३, बिहीबार

आईफोन सेभेनको तीनवटा संस्करण*, अधिक क्षमताको ब्याट्री हुने

काठमाडौं ।

काठमाडौं, ३० असार । एप्पलको नयाँ आईफोन सार्वजनिक हुने समय नजिक आउँदै गर्दा यसको बारेमा विभिन्न जानकारीहरु आउने क्रम शुरु भएको छ । हाल नयाँ आईफोन सेभेनको (iPhone 7) कलर अप्सनको बारेमा जानकारी आएको छ ।

एप्पलको आउँदै गरेको आईफोन सेभेन चार फरक फरक कलर अप्सनमा आउने भएको छ । यसअघि आईफोन सेभेन डार्क स्पेस ब्ल्याक कलर अप्सनमा आउने भनिएपनि हाल त्यो संभावना नभएको नयाँ रिपोर्टमा उल्लेख छ ।

हालै सार्वजनिक भएको एक तस्विरअनुसार एप्पलले डार्क स्पेस ब्ल्याक कलरबाहेक अन्य नियमित कलर अप्सनमा आईफोन ल्याउन लागेको हो । अर्थात आईफोन सेभेन पनि यसअघिको आईफोन सिक्स एस जस्तै कलर अप्सनहरु ः सिल्भर, स्पेस ग्रे, गोल्ड र रोज गोल्ड कलरमा उपलब्ध हुनेछ ।

नयाँ तस्विर हेर्दा आईफोन सेभेनको केस निकै स्मूथ, कभ्चर भएको देख्न सकिन्छ । त्यस्तै यसमा क्यामराका लागि छुट्याईएको स्थान केहि उठेको देखिन्छ यसले क्यामरालाई केहि बाहिर लिकाल्न खोजेको जस्तो देखिन्छ । यो क्यामरा होल यसअघिका आईफोनहरुभन्दा केहि ठूलो देखिन्छ अर्थात २५ प्रतिशत अधिक ठूलो भएको देखिन्छ । यसको अर्थ क्यामरामा आईफोनले सुधार गरिरहेको छ र यसको इमेज क्वालिटि र सेन्सर थप शक्तिशाली हुने अनुमान छ ।iphone7-large

आईफोन सेभेनको तीनवटा भर्सन

उता यसअघि सार्वजनिक भएको एक रिपोर्टअनुसार आईफोनको तीनवटा भर्सन सार्वजनिक हुनेछ । एप्पलले आईफोन सेभेन सेभेन प्लस तथा सेभेन प्रो ल्याउने तयारी गरेको छ ।

यसमध्ये आईफोन सेभेनमा ४.७ इन्चको डिस्प्ले हुनेछ भने आईफोन सेभेन प्लस तथा सेभेन प्रोमा ५.५ इन्चको ठूलो स्क्रीन राखिनेछ । तीन वटै आईफोनहरुमा थ्री डि टच हुनेछ ।

रिपोर्टअनुसार यो फोनको मूल्यहरुको बारेमा पनि जानकारी हासिल भएको छ । चीनको सामाजिक संजाल वेबोमा लीक भएको सूचनाअनुसार आईफोन सेभेनको ३२ जीबी संस्करणको मूल्य ५,२८८ यूआन हुनेछ भने ६४ जीबीको मूल्य ६,०८० यूआन तोकिनेछ, २५६ जीबी भएको आईफोन सेभेनको मूल्य भने ७,०८८ यूआन हुनेछ ।

आईफोन सेभेन प्लस ३२ जीबीको मूल्य ६,०८० यूआन, १२८ जीबीको मूल्य ६,८८५ यूआन र २५६ जीबीको मूल्य ७,८८० यूआन हुनसक्नेछ ।

एप्पलको आईफोन सेभेन सिरिज ए१० प्रोसेसरका साथमा आउनेछ । त्यस्तै आईफोन सेभेन २ जीबी र्यामसहित तथा सेभेन प्लस र सेभेन प्रो ४ जीबी र्याम सहिन आउनसक्नेछ ।iphone7

अधिक क्षमताको ब्याट्री

आईफोन सेभेनमा यसअघिको आईफोन सिक्स एसको भन्दा अधिक क्षमताको ब्याट्री हुने चर्चा चलेको छ । विभिन्न जानकारी लीक गर्ने अनलीक्सले सार्वजनिक गरेको जानकारीअनुसार आउन लागेको आईफोन सेभेन सिरिजमा यसअघिको भन्दा १४ प्रतिशत अधिक क्षमतको ब्याट्री हुनेछ ।

आईफोन सिक्स एसमा हाल १७१५ एमएएचको ब्याट्री क्षमता छ भने आईफोन सेभेनमा १,८१० एमएएचको ब्याट्री राखिएको छ । तर नयाँ आईफोनमा भने १९६० एमएएचको ब्याट्री क्षमता राखिने बताईएको छ । आउने आईफोन झनै पातलो हुने भनेपनि एप्पलले यसमा अधिक क्षमताको ब्याट्री राख्ने प्रयास गरेको हो । ठूलो साईजको आईफोन सेभेन सिरिजमा भने यसभन्दा अधिक क्षमताको ब्याट्री हुनेछ ।

पातलो आईफोन

यसैबिच एप्पलको आउन लागेको आईफोन सेभेनको मोटाई निकै कम हुने बताईएको छ । आईफोन सेभेन सिरिजको मोटाई ६ देखि ६.५ मिलिमिटरसम्मको मात्र हुने अनुमान छ । यदि यो सहि भएमा आईफोन सेभेन सिरिज हालसम्म कै सबैभन्दा पातलो आईफाने हुनेछ ।

तर पातलो बनाउन खोजिरहेको बेलामा अधिक क्षमताको ब्याट्री राख्ने र ३.५ मिलिमिटरको हेडफोन ज्याक रहने बताइएको छ । विभिन्न विरोधाभास जानकारीका बिच आगामी दिनमा आईफोनको नयाँ के जानकारी आउँछ हामी उल्लेख गर्ने नै छौं ।

तपाईँको विचारमा आईफोन सेभेन कस्तो होला ? कमेन्ट बक्समा लेख्नुहोला ।

एजेन्सीहरुको सहयोगमा

*सम्पादन गरिएको

easy care

प्रकाशित: ३० असार २०७३, बिहीबार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार