सामसंगको पहिलो लाइभ तस्विर, निकै पातलो बेजेलसहितको डिस्प्ले

Technology Khabar २६ माघ २०७३, बुधबार

सामसंगको पहिलो लाइभ तस्विर, निकै पातलो बेजेलसहितको डिस्प्ले

काठमाडौं ।

काठमाडौं, २६ माघ । सामसंग ग्यालेक्सी एस ८ (Galaxy S8) स्मार्टफाेन आउँदो महिनामा रिलिज हुने तयारीमा छ । यो फोन सेटको बारेमा अझ पनि सम्पूर्ण जानकारी आईसकेको छैन् तर पनि यसको बारेमा केहि जानकारीहरु आउँदैछन् ।

सामसंग ग्यालेक्सी एस एटको नयाँ र पहिलो तस्विर सार्वजनिक भएको छ । ग्यालेक्सी एस ८ को तल्लो भागको फोटो वेबोमा सार्वजनिक भएको हो । यो तस्विरमा ड्यूल एज कभ्र्ड डिस्प्ले रहेको छ । यसमा ३.५ मिलिमीटरको हेडफोन ज्याक पनि रहेको छ भने यसमा यूएसबी टाइप सी पोर्ट पनि राखिएको देखिन्छ ।

नयाँ सार्वजनिक भएको फोटोमा दुईवटा एन्टेना राखिएको छ भने ‘स्पीकर ग्रीले’ पनि रहेको छ ।

यो तस्विर सार्वजनिक भएपनि यसको आधिकारीक पुष्टी भने भएको छैन् ।

सामसंग ग्यालेक्सी एस ८ को बारेमा थप जानकारी थाहा पाउन भने अझै कुुर्नुपर्ने देखिन्छ ।

माध्यम

easy care

प्रकाशित: २६ माघ २०७३, बुधबार