Technology Khabar १२ चैत्र २०७२, शुक्रबार
काठमाडौं ।
काठमाडौं, १० चैत । एप्पलले नयाँ आईफोन सार्वजनिक गरेको एक साता पनि भएको छैन् । बजेट आईफोनको रुपमा सार्वजनिक भएको आईफोन एसई मार्च ३१ तारिखदेखि मात्र विश्वका विभिन्न मुलुकहरुमा उपलब्ध हुनेछ ।
आईफोन एसईको विश्वभर प्रि-अर्डर भईरहेको बेला सुनले बेरिएको आईफोन एसई पनि किनन सकिने भएको छ । तर यो सुन जडित आईफोन एसई एप्पल स्टोरमा भने किन्नका लागि उपलब्ध छैन् ।
सुन जडित आईफोन एसई बेलायती कम्पनी गोल्डजेनीले ल्याउने भएको छ । गोल्डजेनीले आईफोन फाइभ एसको सक्सेसरको रुपमा आएको आईफोन एसईको गोल्ड र प्लानिटम भर्सन ल्याउन लागेको हो । 
गोल्डजेनीले २४ क्यारेट सुन जडित गरिएको नयाँ आईफोन र प्लाटिनम जडित आईफोन ल्याउने घोषणा गरेको छ । यसअन्तर्गत कम्पनीले २४ क्यारेट सुन, रोज गोल्ड तथा प्लाटिनम भर्सनको घोषणा गरेको हो ।
कम्पनीले यस संस्करणअन्तरगत सबैभन्दा सस्तो फोन १ हजार ५ सय ८२ पाउण्ड स्टर्लिंग अर्थात करिब २ लाख ३७ हजार नेपाली रुपैंयामा ल्याउन लागेको हो । यो मूल्यमा भ्याट भने समावेश गरिएको छैन् ।
कम्पनीले स्वारोभ्स्कीको डिजाइन यूक्त, सूपरस्टार यूक्त फोनहरु पनि ल्याउने भएको हो । कम्पनीले ल्याउने गोल्ड प्लेटेड आईफोन एसईमध्ये स्ट्याण्डर्ड फिनिस, ईलाईट विथ मेटालिक रियर, सूपरस्टार विथ वाफल फिनिस, स्वारोभ्स्की स्टायल बेजेल टप एण्ड बटन लोगो इलाइट विथ स्टोन्स एक्रस ब्याक, स्वारोभ्सकी स्टायल बेजेल एण्ड लोगो ईलाईट विथ एजिंग स्टोन्स स्वारोभ्स्की स्टायल बेजेल इलाइट, सूपरनोभा विथ वाफल फिनिस एण्ड स्टोन्सका साथै लिमिटेड एडिसन गल्फ स्टेट विथ स्पेशल लोगो रहेका छन् । यी सबै आईफोनको कभरहरु गोल्ड प्लेटेड छन भने यसमध्येको सूपरस्टार एडिसनमा भने १८ क्यारेटको २०० ग्राम सुन प्रयोग गरिएको छ ।
गोल्डजेनीले ल्याएको सूपरस्टार आईफोन एसईको मूल्य भने ३८ हजार पाउण्ड अर्थात ५ लाख ७० हजार रुपैंया मूल्य पर्नेछ । त्यस्तै सूपरस्टारको अर्को भर्सनको मूल्य कुनैपनि लक्जरियर कारभन्दा पनि महंगो मूल्यमा खरिद गर्न सकिनेछ । सूपरस्टारको आईस भर्सनमा ३६५ वटा ५.५ क्यारेटको हिरा जडित हुनेछ, जसको मूल्य ५४ हजार ४ सय पाउण्ड अर्थात ८ लाख १६ हजार नेपाली रुपैंया तोकिएको छ । 
सुन जडित आईफोन एसईको लिमिटेड एडिसन गल्फ मुलुकहरुका लागि भनेर ल्याईएको हो । यो एडिसनमा एप्पलको लोगोको ठिक मुनी विशेष लोगो बनाईएको छ ।
गोल्डजेनीले उपलब्ध गराउने गोल्ड प्लेटेड आईफोन एसईको कुनैपनि भर्सनमा ग्राहकले फ्यान्सी चेरी ओक जडित बक्समा यो फोन प्राप्त गर्नेछन् । यी सबै सिम फ्रि तथा अनलक्ड फोनहरु हुन् ।
कम्पनीले यी विशेष फोनहरुका लागि प्रि अर्डर ३१ तारिखसम्मका लागि गरेको छ ।
प्रकाशित: १२ चैत्र २०७२, शुक्रबार