काठमाडौं ।
केहि दिनदेखि बन्द रहेका नेपालका अधिकांश सरकारी वेबसाइट तथा केही बैङ्किङ र डिजिटल सेवा आजदेखि संचालनमा आएका छन्। वेबसाइट सञ्चालनमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा पीएचपीमा गम्भीर सुरक्षा कमजोरी भेटिएपछि सम्भावित साइबर आक्रमणबाट जोगाउन सरकारी निकायले आफ्ना वेब प्रणाली अस्थायी रूपमा बन्द गरिएका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी), राष्ट्रिय साइबर सुरक्षा केन्द्र तथा अन्य प्राविधिक निकायहरुले प्रभावित प्रणालीको सुरक्षा परीक्षण, आवश्यक सफ्टवेयर अद्यावधिक गरेसँगै पुनः सञ्चालनमा आएका हुन्।
पुराना प्रणालीमा सुरक्षा सुधार गर्नुपर्ने तथा प्राविधिक परीक्षण गरेपछि उक्त वेबसाइटहरु आजदेखि एकैपटक सञ्चालनमा आएका छन्।
एसडीओसीले पिएचपी२शेल (PHP2Shell) जोखिम (CVE-2026-109618 र CVE-2026-109619) का लागि सुरक्षा प्याचिङ, परीक्षण र प्रमाणीकरण गरिसकेपछि १,००० भन्दा बढी सरकारी वेबसाइटहरू र अनलाइन सेवाहरू पुनः सामान्य रूपमा सञ्चालनमा आएको जानकारी दिएको छ।
संस्थाले बाँकी सेवाहरूलाई पनि यथाशीघ्र सञ्चालनमा ल्याउन हामी निरन्तर काम गरिरहेको जनाएको छ।
जसअनुसार आजदेखि १,००० भन्दा बढी डोमेनहरू पुनःस्थापित भएका छन् र सामान्य रूपमा सञ्चालन भइरहेका छन्।
प्रकाशित: ९ कार्तिक २०८३, सोमबार