मारुति सुजुकीको पहिलो भारतीय ईभी प्लान्ट उद्घाटन, ‘ई-भिटारा’ इभी १०० भन्दा बढी देशमा निर्यात गरिने

  • Technology Khabar | ११ भाद्र २०८२, बुधबार
मारुति सुजुकीको पहिलो भारतीय ईभी प्लान्ट उद्घाटन, ‘ई-भिटारा’ इभी १०० भन्दा बढी देशमा निर्यात गरिने

काठमाडौं ।

भारतमा मारुति सुजुकीले आफ्नो पहिलो ईभी प्लान्टको उद्घाटन गरेको छ जसमा सुजुकीका इभीहरु उत्पादन गरिने छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको हंसलपुरमा कम्पनीको पहिलो इलेक्ट्रिक कार, ई-भिटारालाई झण्डा देखाए।

यो ब्याट्री इलेक्ट्रिक भेहिकल (बीइभी) पूर्ण रूपमा भारतमा बनेको छ र १०० भन्दा बढी देशहरूमा निर्यात गरिनेछ।

ग्लोबल सुजुकीका अध्यक्ष तोशिहिरो सुजुकीले ई-भिटाराको उद्घाटन समारोहमार्फत सुजुकीले आगामी पाँच देखि छ वर्षमा भारतमा ७०,००० करोड भारतीय रुपैयाँ लगानी गर्ने बताएका थिए।

यो लगानीको उद्देश्य देशमा उत्पादन बढाउनु, नयाँ मोडेलहरू लन्च गर्नु र कम्पनीको बजार हिस्सा कायम राख्नु भएको उल्लेख छ।

जापानी कम्पनीले भारतमा पहिले नै १ लाख करोड भारतीय रुपैयाँ लगानी गरिसकेको छ र यसले मूल्य शृङ्खलामा ११ लाख प्रत्यक्ष रोजगारी सिर्जना गरेको बताईएको छ।

कम्पनीले दिएको जानकारी अनुसार, यस प्लान्टमा बनेको ई-भिटाराको पहिलो ब्याच पिपाभाभ बन्दरगाहबाट युरोपेली क्षेत्रमा पठाइनेछ, जसमा संयुक्त अधिराज्य, जर्मनी, नर्वे, फ्रान्स, डेनमार्क, स्विट्जरल्याण्ड, नेदरल्याण्ड्स, स्वीडेन, हंगेरी, आइसल्याण्ड, इटाली, अस्ट्रिया र बेल्जियम समावेश छन्।

सुजुकीका अध्यक्षले भनेअनुसार गुजरातमा अवस्थित सो प्लान्ट चाँडै नै १० लाख युनिट क्षमताको साथ विश्वको सबैभन्दा ठूलो अटोमोबाइल उत्पादन केन्द्रहरू मध्ये एक बन्नेछ। कम्पनीले यस प्लान्टबाट आपूर्ति मार्फत भारत र विश्वव्यापी बजारका ग्राहकहरूलाई सेवा दिने लक्ष्य राखेको छ।

प्रकाशित: ११ भाद्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुरुपयोगपछि चिनियाँ एआई उपकरण बन्द

  • Technology Khabar
  • ११ भाद्र २०८२, बुधबार