सिमकार्ड आयात घट्यो: अघिल्लो आर्थिक वर्षको तुलनामा सवा नौ करोड बराबरको ४ लाख थानले कमी

Technology Khabar १९ श्रावण २०८२, सोमबार

सिमकार्ड आयात घट्यो: अघिल्लो आर्थिक वर्षको तुलनामा सवा नौ करोड बराबरको ४ लाख थानले कमी
सांकेतिक तस्विर

काठमाडौं ।

नेपालमा गत आर्थिक वर्ष २०८१८/२ मा सिमकार्डको आयात उल्लेख्य घटेको छ। उक्त अवधिमा नेपालमा १९ करोड १४ लाख ९९ हजार बराबरको ६४ लाख ३२ हजार ३३८ थान सिमकार्ड भित्रिएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को समग्र वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

गत आर्थिक वर्ष २०८१/८२ मा आएका उक्त मूल्य बराबरका ६४ लाख ३२ हजार ३३८ थान सिमकार्डअघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा सङ्ख्याका आधारमा झण्डै ६.३६ प्रतिशत हाराहारीले कम हो।

यस प्रकारका उपकरणको सङ्ख्या ६.३२ प्रतिशत वृद्धि भए पनि यसका लागि बाहिरिने रकम भने झण्डै ३२.५७ प्रतिशत हाराहारीले घटेको छ। सामान्यतया सङ्ख्या बढ्दा रकम बढ्ने र सङ्ख्या घट्दा रकम घट्ने प्रवृत्ति हुने भएकाले यसपटक पनि सोही अनुरुप भएको छ। तर सङ्ख्या र त्यसका लागि बाहिरिने रकमको वृद्धि अनुपात भने उस्तै छैन।

भित्रिएका सिमकार्डको सङ्ख्या अघिल्लो आर्थिक वर्ष अर्थात् २०८०/८१ मा ६८ लाख ४१ हजार ९१० रहेकोमा गत आर्थिक वर्षमा ४ लाख ९ हजार ५७२ घटेर समग्रमा ६४ लाख ३२ हजार ३३८ मा आइपुगेको छ।

तर सिमकार्डको मूल्य भने अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै एक तिहाई अर्थात् ३२.५७ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा सिमकार्डका लागि  २८ करोड ४० लाख २७ हजार रुपैयाँ बिदेशिएकोमा गत आर्थिक वर्षमा भने लगभग सवा ९ करोड कम अर्थात् १९ करोड १४ लाख ९९ हजार रुपैयाँ मात्र बाहिरिएकोछ।

नेपालमा अधिकांश इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामानहरु सबैभन्दा बढी चीनबाट आउने गर्छन्। दूरसञ्चारसम्बद्ध उपकरण तथा एक्सेसरीज पनि प्राय चिनियाँ नै रहेका छन्।

गत आर्थिक वर्षमा पनि चीनबाट नै सबैभन्दा धेरै सिमकार्डआयात भएको तथ्याङ्क छ। यसबाहेक विश्वका अन्य १६ देशबाट पनि उल्लेख्य मात्रामा सिमकार्डहरु आयात भएका छन्।

यस्तो छ तथ्याङ्क

क्रं स देश विवरण (थान) रकम (हजारमा)
अस्ट्रेलिया १०००१ १८५
बंगलादेश
बेल्जियम
कयानडा ५१०
चीन ६३०२९२० १८९१८६
डेनमार्क
फ्रानस
भारत १५३ ७४६
इजरायल २०
१० जापान ५०२ ७०
११ दक्षिण कोरिया २००० ३८
१२ मेक्सिको ९०००० ५९९
१३ पोल्याण्ड
१४ सर्बिया
१५ स्पेन
१६ बेलायत २५६०० ६२०
१७ अमेरिका ६१७ ३६
Sajilo Visa

प्रकाशित: १९ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार