नेपाली बजारमा नयाँ प्रिमियम इभी एमजी आईएम ६ सार्वजनिक

Technology Khabar १६ श्रावण २०८२, शुक्रबार

काठमाडौं ।

नेपाली बजारमा नयाँ प्रिमियम इभी ब्राण्ड आईएम ६ सार्वजनिक भएको छ। काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा एमजी आईएम ६ सार्वजनिक गरिएको हो।

एमजी ब्रान्डको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले आईएम ६ नेपालमा ल्याएको हो। लक्जरियस, इन्नोभेटिभ र लामो रेन्ज क्षमताले आईएम ६ लाई एमजीको इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटी श्रृंखलाको प्रमुख मोडेल बनाएको छ।

कार्यक्रममा पारामाउन्ट मोटर्सका सुनीलबहादुर क्षेत्रीले यो गाडीले नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ आयाम स्थापित गर्ने बताए।

आईएम ६ को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

आईएम ६ मा ७५ किलोवाट आवरको एलएफपी ब्याट्री राखिएको छ। जसले एकपटक चार्ज गर्दा ४५० किलोमिटरसम्मको रेन्ज दिने जनाइएको छ।

गाडीमा १७५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ। यसैगरी गाडीमा ४५० एनएम टर्क रहेको छ।

गाडीमा अत्याधुनिक एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम रहेको छ। यसैगरी ३६० डिग्री क्यामरासमेत जडान गरिएको छ।

पाँच सिट क्षमता रहेको आईएम ६ मा अत्याधुनिक ब्याट्री सुरक्षा प्रणाली छ, जसले थर्मल समस्याबाट गाडीलाई जोगाउँछ।

गाडीमा रेइनी नाइट मोड र अन टच आईएड जस्ता स्मार्ट फिचरहरू रहेका छन्।

गाडी विभिन्न ६ कलरमा उपलब्ध छ भने आईएम ६ मा डिजिटल चेसिस रहेको बताईएको छ। आईएम ६ इभी अर्को सातादेखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पोमा प्रदर्शन गरिने कम्पनीले जनाएको छ।

प्रकाशित: १६ श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार