प्राविधिक शिक्षामा चितवनको बछौली उत्कृष्ट

Technology Khabar २२ असार २०८२, आईतवार

प्राविधिक शिक्षामा चितवनको बछौली उत्कृष्ट
Meta Ai को सहयोगमा तयार पारिएको

काठमाडौं ।

पूर्वी चितवनको सौराहास्थित बछौली माविमा सञ्चालित प्राविधिक शिक्षाले प्रदेशमै उत्कृष्ट नतिजा हासिल गरेको छ। प्राविधिक धारतर्फ होटेल म्यानेजमेन्टमा तोनबर्से डिप्लोमा, दुईबर्से अप्रेन्टिससिप (औद्योगिक प्रशिक्षार्थी) र १० महिने प्रोफेसनल कुक तालिम सञ्चालन गरिरहेको सो विद्यालय प्राविधिक शिक्षा कार्यान्वयनमा उत्कृष्ट भएको हो।

रत्ननगरका अन्य पाँच ओटा सामुदायिक विद्यालयमा सञ्चालित प्राविधिक शिक्षा विद्यार्थी अभावले बन्द हुने अवस्थामा पुगेका बेला बछौली माबिले भने प्राविधिक शिक्षामा उत्कृष्ट हुँदै बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट पुरस्कृत र सम्मान प्राप्त गरेको छ। हेटौंडामा आयोजित प्रदेशस्तरीय सिप विकास महोत्सवमा विद्यालयलाई सम्मान गरिएको हो।

मुख्यमन्त्री बहादुरसिंह लामा र सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी (श्रेष्ठ) ले बछौली
माविका अध्यक्ष राममणि खनाल र प्रधानाध्यापक शिवराम मरहठ्ठालाई सम्मानपत्र हस्तान्तरण गरेका थिए।

त्यसै गरी सिप महोत्सवका अवसरमा गरिएको प्रतियोगितात्मक कार्यक्रममा उक्त विद्यालयमा प्राविधिक शिक्षा आर्जन गरिरहेका बिपीका थापामगर प्रदेशमै प्रथम भएर पुरस्कृत भएकी छिन्।

दुईबर्से औद्योगिक प्रशिक्षार्थी परीक्षामा २५.४५ प्रतिशत अक्क प्राप्त गरी सोही विद्यालयका सरोज दनुवार नेपालमै उत्कृष्ट भएका छन्। थापामगर र दनुवारलाई पनि मुख्यमन्त्री लामा र मन्त्री खड्गीले सम्मान तथा पुरस्कार प्रदान गरे।

बछौली माविले २०७६ सालबाट प्राविधिक शिक्षाको होटेल म्यानेजमेन्ट सुरु गरेको हो। पर्यटन उद्योग तथा औद्योगिक क्षेत्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको होटेल म्यानेजमेन्टमा तीनबर्से डिप्लोमा, टुईबर्से अप्रेन्टिसिप (औद्योगिक प्रशिक्षार्थी) र १० महिने प्रोफेसनल कुक तालिम सञ्चालन भइरहेको प्रधानाध्यापक मरहठ्ठाले बताए।

आजको गोरखापत्रबाट

Sajilo Visa

प्रकाशित: २२ असार २०८२, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार