Technology Khabar २२ असार २०८२, आईतवार
काठमाडौं ।
आईफोन १७ प्रो म्याक्स यसको आफ्नो पूर्ववर्तीको ४,६८५ एमएएच सेल भन्दा ठूलो ब्याट्रीको साथ आउने भएको छ। चीनबाट बाहिरिएको नयाँ अफवाहका अनुसार, आईफोन १७ प्रो म्याक्स अन्ततः अब ५,००० एमएएच ब्याट्री क्षमतामा पुग्ने पहिलो आईफोन हुने भएको छ।
हालसम्मका लागि, धेरैजसो फ्ल्यागशिप (शीर्ष) एन्ड्रोइड फोनहरूको ब्याट्री क्षमता लगभग ५,००० एमएएच रहँेदै आएको छ। यद्यपि, चिनियाँ ब्रान्डहरूले क्ष्÷ऋ ब्याट्रीहरू प्रयोग गर्न थालेपछि, यसले थप ठूलो क्षमता सहितको ब्याट्री समावेश गर्ने अवसर मिलेको उल्लेख गरिएको छ। सामसङ र गुगलले भने अहिलेको लागि लगभग ५,००० एमएएच ब्याट्री क्षमता नै छनौट गरिरहेका छन्।
एप्पलको आईफोन प्रो म्याक्स लाइनभरि, प्रत्येक नयाँ पुस्ताले ब्याट्रीको आकारमा थोरै वृद्धि ल्याउने क्रम जारी नै छ। यद्यपी आईफोन १४ प्रो म्याक्समा भने वास्तवमा आईफोन १३ प्रो म्याक्सको भन्दा धेरै सानो सेल समावेश गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २२ असार २०८२, आईतवार