Technology Khabar २० असार २०८२, शुक्रबार
काठमाडौं ।
बहुप्रत्याशित् नाडा अटो शो २०२५ का लागि स्टल एलोकेसन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी आउँदो भदौ ३ देखि ८ गते ( अगस्ट १४ – २४, २०२५) सम्म भृकुटी मण्डप, काठमाडौंमा आयोजना हुँदैछ। आयोजकका अनुसार २०५५ सालमा सुरु भएको नाडा अटो शो आजसम्म आइपुग्दा नेपाली अटो उद्योगको प्रमुख प्रदर्शनी बनेको छ जसले प्रविधि, नवप्रवर्द्धन एवं गतिशीलतामा महत्वपूर्ण योगदान दिँदै आएको छ।
सहभागी ब्रान्डहरू:
चार पाङग्रे: दीपल, अवतार, डोङफेङ नामी, सेरेस, टाटा, सुजुकी टेस्ला, आइअन, एक्सपेङ, रिडारा, स्काइ वेल, बीवाईडी, फोटोन, बीएडब्लू ब्रम्बी, जेवाई एयर, ब्लाभाल, एलएस अटो, जिनपेङ. (१८ स्टल)
दुई पाङग्रे : हिरो, रोयल एन्फिल्ड, जोन्सन, यामाहा (४ स्टल)
लाइट कमर्शियल भेहिकल : न्यु गोनाउ, डीएफएसके, डोङफेङ, कामा, फोटोन,सोकोन,सीजी केवाईसी / किङलङ, मोन्त्रा, स्काइवर्थ, काइनिउ, कावेई / नाभेको, सनलङ (१३स्टल)
अटो कम्पोनेन्टहरू : एसियन, गल्फ, डकम्स, एटीएस ईएलजीआई/ईएलजीआई,माफ्रा,म्याक्सशाइन, वेभेक्स/कुरुमा, मास्सिमो नेपाल, मिशेलिन, लिक्वि मोली,एसटीसी राइड /एनर्जी, सियट टायर, जेके/गुड टायर, स्पाइसर, भल्कन, आईटीआर/एटीएफ / यूएसबी / होबे सीवाईजी, केपीआई एण्ड कोहिनूर, मनाती, इलेक्ट्रिक भेहिकल चार्जर, टाटा ग्रीन, टोटल एनर्जिज,स्टड्स/एसएमके, माइक्रोबिज, होराइजन एफसीटी,माक, पीएलओ आदिको व्यापक आदिको व्यापक उपस्थिति (४० भन्दा बढी स्टल)
यस संस्करणका विशेष आकर्षणहरु:
• मेड इन नेपाल पभिलियन
• भिन्टेज कार पभिलियन
• अटो डायलग ( नीति र प्रवृत्ति सम्बन्धी संवाद )
• इटेरी क्याफे
साथै एक विशेष प्रदर्शन छिट्टै सार्वजनिक गरिने आयोजकले उल्लेख गरेको छ। यस संस्करणको टाइटल स्पोन्सर एमएडब्लू ग्रुप अफ कम्पनीज रहनेछ, जसले एक नविन र गैर-प्रतिस्पर्धी उत्पादनमार्फत शोमा सहभागी हुनेछ।
नाडा अटो शो २०२५ अटोमोबाइल उद्योगप्रतिको जनचासो हुनुकासाथै, अत्याधुनिक प्रविधि तथा नेपालमा गरिएका इनोभेसनहरूको भव्योत्सव हुने विश्वास आयोजकको रहेको छ।
प्रकाशित: २० असार २०८२, शुक्रबार