Technology Khabar २० असार २०८२, शुक्रबार
काठमाडौं ।
गुगलले बिहीबार आफ्नो नयाँ भिडियो जेनेरेशन मोडेल भीओ ३ विश्वभरका प्रयोगकर्तालाई उपलब्ध गराएको छ। गुगलका अनुसार यो सेवा हाल १५९ भन्दा बढी देशमा जेमिनी प्रयोगकर्ताका लागि सुरु गरिएको हो।
टेकक्रञ्चका अनुसार नयाँ मोडेलमार्फत भिडियो बनाउने यो सुविधा गुगलको एआई प्रो योजना खरिद गरेका सदस्यहरूलाई मात्र उपलब्ध हुनेछ। एक दिनमा अधिकतम तीनवटा भिडियो मात्र बनाउन सकिनेछ।
गुगलले यस वर्ष मे महिनामा सार्वजनिक गरेको भिओ ३ ले प्रयोगकर्ताहरूलाई टेक्स्ट प्रम्प्ट प्रयोग गरी अधिकतम ८ सेकेन्ड लामो भिडियो बनाउने सुविधा दिन्छ।
गुगलका जोश वुडवर्डका अनुसार कम्पनीले जेमिनीमा फोटोबाट भिडियो बनाउने सुविधा थप्ने तयारी पनि गरिरहेको छ।
प्रकाशित: २० असार २०८२, शुक्रबार