सामाजिक सञ्जालमा गायिका चौहानलाई गालिगलौज गर्ने युवक पक्राऊ

Technology Khabar १९ असार २०८२, बिहीबार

सामाजिक सञ्जालमा गायिका चौहानलाई गालिगलौज गर्ने युवक पक्राऊ
सांकेतिक तस्विर

काठमाडौं ।

विभिन्न सामाजिक सञ्जालमा गायक–गायिकालाई गालिगलौज गर्दै र विविध लान्छना लगाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

यसप्रकारको लाञ्छना खेप्नेमध्ये एक गायिका एलिना चौहानले  साइबर ब्युरोमा गएर उजुरी हालेपछि चितवन स्थायी घर भएर हाःल ललितपुर बाँडेगाउँमा बस्दै आएका वर्ष ३३ का गुन्जन राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राऊ परेका राईले करिब ४०–५० वटा नक्कली फेसबुक आईडीहरू बनाएर ती सबै आईडीहरुमार्फत गायिका चौहानमाथि आपत्तिजनक र अपमानजनक टिप्पणी गर्दै आएका साइबर ब्यूरोले जनाएको छ। राईलाई पक्राऊ गरेपछि उनले प्रयोग गर्ने सबै नक्कली आईडीहरू प्रहरीले बन्द गरिसकेको छ।

आफूलाई लक्षित गरी लामो समयदेखि नराम्रा कमेन्ट आइरहेकाले बाध्य भएर उजुरी दिनुपरेको गायिका चौहानको भनाई छ। गायिका चौहानले यसअघि गायिका समीक्षा अधिकारीसँगै यस्ता अपमानजनक कमेन्ट गर्ने प्रयोगकर्ताका प्रोफाइलहरू सार्वजनिकसमेत गरेकी थिइन्।

Sajilo Visa

प्रकाशित: १९ असार २०८२, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार