Technology Khabar १९ असार २०८२, बिहीबार
काठमाडौं ।
भोजपुरको रामप्रसादराई गाउँपालिकाले भोजपुर बहुमुखी क्याम्पसलाई तीनवटा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ। क्याम्पसमा प्रविधिमैत्री शिक्षणका लागि ६ लाख लागतमा तीन वटा स्मार्ट बोर्ड उपलब्ध गराइएको हो।
नेपालमा मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या वैशाख मसान्तसम्म २ करोड ६२ लाख ५२ हजार ४७६ पुगेको छ।
यो सङ्ख्या चालु आर्थिक वर्षको सो अवधिसम्म टुजी, थ्रीजी र फोरजी सेवा लिनेहरु मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ताको समग्र आँकडा हो।
हालै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८२ वैशाख मसान्तसम्मको तथ्यांक अनुसार मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रयोगकर्ताहरुको संख्या अघिल्लो महिना अर्थात् २०८१ चैतको तुलनामा २ लाख ६७ हजार १७४ ले बढेको हो। यो सङ्ख्या चैत मसान्तसम्म २ करोड ५९ लाख ८५ हजार ३०२ रहेको थियो।
२०८२ वैशाख महिनाको समग्र २ करोड ६२ लाख ५२ हजार ४७६ ग्राहकमध्ये नेपाल टेलिकमका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या १ करोड ४४ लाख ९७ हजार ३९२ रहेको छ।
यो सङ्ख्यामा टुजीका प्रयोगकर्ता शून्य छ भने थ्रीजीका ७ लाख ५६ हजार ३५६ तथा फोरजीका १ करोड ३७ लाख ४१ हजार ३६ समावेश छन्।
तथ्यांकअनुसार एनसेलका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता १ करोड, १७ लाख, ५४ हजार ७८४ रहेका छन्। यीमध्ये थ्रीजीका प्रयोगकर्ता १ लाख २० हजार ३९७ र फोरजी १ करोड १६ लाख ३४ हजार ३८७ रहेका छन्।
फोरजी: नेपाल टेलिकम र एनसेलले दुवैले गुमाए
२०८१ चैत महिनाको तुलनामा वैशाख मसान्त २०८२ सम्म नेपाल टेलिकमले र एनसेल दुवैले फोरजी सेवा लिने ग्राहक गुमाएका छन्।
फोरजीका हकमा १ महिनामा नेपाल टेलिकमले १७ हजार १९२ ग्राहक गुमाएको छ। यस्तै एनसेलले ६४ हजार ३५० ग्राहक गुमाएको प्रतिवेदनले देखाएको छ।
थ्रीजी: टेलिकमले थप्यो, एनसेलले गुमायो
२०८२ वैशाख महिनासम्ममा नेपाल टेलिकमले आफ्ना थ्रीजी प्रयोगकर्ताको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ७७ हजार १४ थपेको छ। हाल नेपाल टेलिकमका थ्रीजी प्रयोगकर्ता ७ लाख ५६ हजार ३५६ पुगेका छन्। यो आँकडा २०८१ चैत मसान्तसम्म ६ लाख ७९ हजार ३४२ रहेको थियो।
एनसेलले पनि ६ हजार ३७ ग्राहक गुमाउँदै समग्रमा आफ्ना थ्रीजी प्रयोगकर्ताको सङ्ख्या १ लाख २० हजार ३९७ मा झारेको छ। यो आँकडा २०८१ चैत मसान्तसम्म १ लाख २६ हजार ४३४ रहेको थियो।
क्याम्पसको शिक्षण सिकाइलाई प्रविधिमैत्रीसँगै सहज बनाउन स्मार्ट बोर्ड हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। विभिन्न आर्थिक वर्षमा गरी क्याम्पसको शैक्षिक विकासमा टेवा पुर्याउन रु २७ लाख बराबरको आर्थिक सहयोग गरेको अध्यक्ष राईले जानकारी दिए।
रामप्रसादराई गाउँपालिकाबाट विभिन्न आर्थिक वर्षमा गरी क्याम्पसमा अध्ययनरत २१७ जना विद्यार्थीको पठनपाठन शुल्कसमेत गाउँपालिकाले उपलब्ध गराएको जनाएको छ।-रासस
प्रकाशित: १९ असार २०८२, बिहीबार