नाडा अटोमोबाइल्सका प्रतिनिधिद्वारा यातायात व्यवस्था विभागका महानिर्देशकसँग छलफल

Technology Khabar १८ असार २०८२, बुधबार

नाडा अटोमोबाइल्सका प्रतिनिधिद्वारा यातायात व्यवस्था विभागका महानिर्देशकसँग छलफल

काठमाडौं ।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग भेट गरी अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको छ।

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले त्यस विभागले सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सन्दर्भमा गरिरहेको तयारीका सम्बन्धमा जिज्ञाशा राख्दै यस सम्बन्धमा सो विभागले गरिरहेको अध्ययन र तयारीको प्रशंसा गरे।

यसैक्रममा अध्यक्ष चौधरीले उक्त प्रस्तावित निर्देशिकामा भएका बुँदाहरु बारे नाडा र विभागबिच विस्तृत छलफल गरी अघि बढनु पर्ने धारणा राखे।

उक्त छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले उक्त प्रस्तावित निर्देशिकामा उल्लेखित केही बुँदाहरुको विषयमा थप छलफल गरिनु पर्ने आवश्यकता रहेको बताउँदै उल्लेखित बुँदाहरुका सम्बन्धमा सिलसिलेवर छलफल गरी सो निर्देशिकालाई यथार्थ र व्यावहारिक बनाउनु पर्ने आवश्यकता रहेको बताए।

यसैक्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सरकारले गलत कार्य गर्नेहरुलाई दण्डित गर्नु पर्ने र सही कार्य गर्नेहरुलाई पुरस्कृत गर्नु पर्ने धारणा राखे। यसैक्रममा महासचिव उप्रेतीले नेपालमै ब्याट्री उद्योगहरुको स्थापना भइसकेको जानकारी दिए।

सो भेटघाट तथा छलफलमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले सो प्रस्तावित निर्देशिका तयार पार्न सयुक्त राष्ट्र र युरोपेली युनियनले के कस्तो व्यवस्था गरेको छ भन्ने बारेमा समेत अध्ययन गरिएको बताए।

छलफलको अन्त्यमा महानिर्देशक पोखरेलले यस विषयमा नाडाजस्तो मुख्य सरोकारवालाहरूसँग थप छलफल गरेर नीतिगत स्पष्टता ल्याइने बताउँदै नेपालमा अहिलेसम्म सवारी साधन आयात सम्बन्धी कुनै स्पष्ट नियम नभएकोले त्यसलाई व्यवस्थित बनाउन निर्देशिकाको तयारी भइरहेको बताए। सोही क्रममा महानिर्देशक पोखरेलले यस विषयमा नाडासँग सहकार्य गरेर अघि बढ्ने बताए।

Sajilo Visa

प्रकाशित: १८ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार