Technology Khabar १० असार २०८२, मंगलवार
काठमाडौं ।
निर्देशक डेनी बोइलले आफ्नो पोस्ट-अपोकालिप्टिक क्लासिक फिल्म “२८ इयर्स लेटर” क्याननको डिजिटल क्यामेराबाट खिचेका थिए, जसले उनलाई सुनसान लन्डनका डर लाग्दा दृश्यहरू सजिलै कैद गर्न सहयोग गर्यो र फिल्मका छिटो हिँड्ने जम्बीहरूलाई झन् डर लाग्दो बनायो।
तर दशौं वर्षपछि २८ इयर्स लेटर यो साता प्रदर्शनमा आएको सिक्वेलका लागि बोइलले नयाँ उपभोक्ता प्रविधिको प्रयोग गरे — आईफोन। बोइलले भने अनुसार, २० वटा अड्याउन सकिने एउटा विशेष रिग प्रयोग गरेर फिल्म निर्माण टोलीले “गरीब मानिसको बुलेट टाइम” बनायो, जसले हिंसात्मक एक्शन दृश्यहरू धेरै कोणबाट कैद गर्न सम्भव बनायो।
टेकक्रञ्चका अनुसार रिग प्रयोग नगरिएको अवस्थामा पनि बोइल (जसले स्टीव जब्सको जीवनीमा आधारित एक फिल्म पनि निर्देशन गरेका थिए) ले आईफोन नै फिल्मको “मुख्य क्यामेरा” भएको बताए। यद्यपि उनले अटो फोकसजस्ता सेटिङहरू बन्द गरेर र विशेष एक्सेसोरीहरू थपेर मात्र प्रयोग गरेका थिए।
“आईफोनबाट फिल्म खिच्दा धेरै उ पकरणहरू बोक्नु परेन,” बोइलले भने। उनले फिल्म खिचिएको नर्थम्बरियाका केही स्थानहरू “जुन हजार वर्षअघिको जस्तो देखिन्थ्यो” भनेर वर्णन गरे। आईफोनको प्रयोगले त्यस्ता ग्रामीण स्थानहरूमा छिटो र सजिलै पुग्न सकिने बनायो, जहाँ मानवीय हस्तक्षेप कम नै देखिन्थ्यो।
प्रकाशित: १० असार २०८२, मंगलवार