Technology Khabar ५ असार २०८२, बिहीबार
काठमाडौं ।
ल्याटिन अमेरिकी देशहरूको विविध संस्कृति र भाषिक सूक्ष्मताहरू बुझ्न प्रशिक्षित पहिलो लार्ज आर्टिफिसियल इन्टेलिजेन्स ल्याङ्गवेज (ठूलो कृत्रिम बुद्धिमत्ता भाषा) मोडेल एलएटीएएम–जीपीटी सेप्टेम्बरमा लन्च गर्नको लागि एक दर्जन ल्याटिन अमेरिकी देशहरूले सहकार्य गरिरहेको चिलीका अधिकारीहरूले मंगलबार बताएका छन्।
चिलीको राज्य–सञ्चालित नेशनल सेन्टर फर आर्टिफिसियल इन्टेलिजेन्स (सीईएनआईए) द्वारा संचालित यो खुला–स्रोत परियोजनाले ३० भन्दा बढी क्षेत्रीय संस्थाहरूसँगै ल्याटिन अमेरिकाभरि एआईको प्रयोग र पहुँचलाई उल्लेखनीय रूपमा बढाउने लक्ष्य राखेको छ।
चिलीका विज्ञान मन्त्री आइसेन एचेभेरीले स्थानीय संस्कृति र भाषालाई प्रतिबिम्बित गर्ने मोडेलको साथ स्कूल र अस्पतालहरूमा यसको प्रयोगको परिकल्पना गर्दै यो परियोजना “एआईको लागि लोकतान्त्रिक तत्व हुन सक्ने” बताएका छन्।
सन् २०२३ को जनवरीमा सुरु भएको, एलएटीएएम–जीपीटीले मुख्यतया अंग्रेजीमा प्रशिक्षित विश्वव्यापी एआई मोडेलहरूको अशुद्धता र पर्फमेन्स लिमिटेसन (प्रदर्शन सीमितताहरू) पार गर्ने उद्देश्य रहेको उल्लेख गरिएको छ।
च्याटजीपीटी जस्ता उपभोक्ता उत्पादनहरूको प्रत्यक्ष प्रतिस्पर्धी नभइ यो च्याटबट जस्ता एप्लिकेसनहरू विकास गर्ने मुख्य प्रविधि हुनेछ भनि अधिकारीहरूले बताएका छन्।
आदिवासी भाषाहरूको संरक्षण गर्नु यसको एउटा प्रमुख लक्ष्य भएको र इस्टर आइल्याण्डको मातृभाषा रापा नुईको लागि पहिले नै प्रारम्भिक अनुवादक विकसित भइसकेको उल्लेख गरिएको छ।
साथै परियोजनाले भर्चुअल पब्लिक सर्भिस अस्स्टिेण्ट (सार्वजनिक सेवा सहायकहरू) र व्यक्तिगत शिक्षा प्रणालीहरू जस्ता एप्लिकेसन (प्रयोग) हरूको लागि यसलाई अन्य आदिवासी भाषाहरूमा विस्तार गर्ने योजना बनाएको छ।
लामा ३ एआई प्रविधिमा आधारित रहेको यो मोडेल चिलीको तारापका विश्वविद्यालय र क्लाउड–आधारित प्रणालीहरूमा सुविधाहरू सहित कम्प्युटरहरूको क्षेत्रीय नेटवर्क प्रयोग गरेर प्रशिक्षित गरिएको छ।
त्यसैगरी यसलाई क्षेत्रीय विकास बैंक सीएएफ र अमेजन वेब सेवाहरूले यसलाई समर्थन गरेका छन्।
हाल समर्पित बजेटको अभाव हुँदा, सीईएनआईए प्रमुख अल्भारो सोटोले प्रणालीको क्षमताहरू प्रदर्शन गर्नाले थप कोष आकर्षित हुने आपेक्षा गरेको रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: ५ असार २०८२, बिहीबार